Mithaas Masala

Mithaas Masala चिकेन अचार नेपाली स्वादमा 🇳🇵अर्डर गर्नका लागि WhatsApp नं.9701909170 मा मेसेज गर्नुहोस् ,साथै TikTok मा मेसेज गरेर वा सिधै कल गरेर पनि अर्डर गर्न सक्नुहुन्छ!

04/09/2026
भदौ १४ गते दिउँसो २ बजे ७८ वर्षीय धनपति भण्डारी सिनामङ्गलबाट सिंहदरबार आउनुभएछ। दक्षिण गेटमा पुगेपछि उहाँले प्रहरीलाई सो...
01/09/2026

भदौ १४ गते दिउँसो २ बजे ७८ वर्षीय धनपति भण्डारी सिनामङ्गलबाट सिंहदरबार आउनुभएछ। दक्षिण गेटमा पुगेपछि उहाँले प्रहरीलाई सोध्नुभएछ, "प्रधानमन्त्री राहत कोषमा पैसा दिन आएको, मलाई पैसा बुझाउने ठाउँमा पठाइदिनूस्।"
गेटमा रहेका नेपाल प्रहरीका साथीहरूले प्रधानमन्त्री कार्यालयमा फोन गर्नुभएछ । फोन घुम्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवालयमा रोशन तामाङजीकहाँ पुग्यो। रोशनजीले संक्षिप्त भूमिका बाँध्दै मलाई सोध्नुभयो, "पैसा त अर्थमन्त्रीज्यूले लिने हो नि, होइन र ?" मैले भनेँ, "हो।"
"उसै भए म अर्थ मन्त्रालयमा बुबालाई पठाउँछु," रोशनजीले भन्नुभयो। त्यसपछि दक्षिण गेटकै प्रहरी साथीले धनपति बुबालाई अर्थ मन्त्रालय लिएर आउनुभयो। उहाँलाई अर्थमन्त्रीज्यूको बैठक कोठामा बसाइयो। राहत रकम लिनमै व्यस्त र भीडभाडयुक्त मन्त्रालयमा अलि बेरको पर्खाइपछि धनपति बुबाको पालो आयो। उहाँलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यकक्षमा लगियो। उहाँलाई देखेर उहाँलाई धन्यवाद भन्न अर्थमन्त्री धनपति बुबा बसेकै ठाउँमा आउनुभयो।
अर्थमन्त्रीले सोध्नुभयो, "यत्रो रकम, यो उमेरमा तपाईं व्यक्तिगत रूपमै सहयोग गर्न चाहनुहुन्छ?"
धनपति बुबाले भन्नुभयो, "हो।"
जीवनको लामो समय नोकरीका लागि भारतमा बिताउनुभएका धनपति बुबा छोराछोरी पढेर हुर्किएपछि आफ्नो थातथलो बुटवल फर्कनुभएको रहेछ। छोराछोरीले प्रगति गरेर काठमाडौँमा राम्रो प्रबन्ध गरेपछि बुटवलबाट काठमाडौँ सरेर सिनामङ्गल बस्दै आउनुभएको कुरा बुबाले बताउनुभयो। जब मुलुकमा ठूलो सङ्कट आइपर्छ, उहाँ आफ्नो व्यक्तिगत खाताको चेक काटेर खुरुखुरु सिंहदरबार आउनुहुँदो रहेछ।
बुझ्दै जाँदा थाहा भयो, यसपटकसहित उहाँले सरकारलाई गरेको यो तेस्रो सहयोग हो। उहाँको सहयोग रकममा अनौठो सङ्ख्या छ— ७,७७,७७७ अर्थात् रु. ७ लाख ७७ हजार ७ सय ७७ रुपियाँ। यो संयोगको राज केहो हामीले सोध्न भ्यानाैँ ।
७८ वर्षीय वयोवृद्ध बुबाले थमाउनुभएको चेक समातेर अर्थमन्त्रीले यो रकम गलत ठाउँमा नजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले थप प्रस्ट्याउँदै भन्नुभयो, "यो रकम रसुवाका बाढीपीडितको हितमा खर्च हुने गरी सिधै जिल्लाका पालिकाहरुमा जान्छ। धेरै-धेरै धन्यवाद बुबा! अब यो चेक सिधै 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा जम्मा हुन्छ।"
जवाफमा धनपति बुबाले भन्नुभयो, "हजुरलाई दिएपछि म ढुक्क भएँ, त्यही भएर त खोज्दै-खोज्दै आएको।"

-साभार

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Mithaas Masala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share