Charali jhapa

Charali jhapa देश बिदेशको ताजा खबर साथै चारआलीका गत? ताजा खबर पड्ण का लागि

-महत्वपूर्ण कागजात सहित झोला हराएको सूचना। हिजो मिति २०८१ जेठ ३१ गते दिउँसो २ बजे तिर मेचीनगर नगरपालिका वडा नम्बर १३ स्थ...
14/06/2024

-महत्वपूर्ण कागजात सहित झोला हराएको सूचना।

हिजो मिति २०८१ जेठ ३१ गते दिउँसो २ बजे तिर मेचीनगर नगरपालिका वडा नम्बर १३ स्थित चाराली आइतबारे बजार छेउबाट मन्दिरा शेर्मा खेजम को nepal bank limited को check sunrise bank check सहित नागरिकता सेयर सर्टिफिकेट र हेल्थ इन्सुरेन्स कार्ड र केही रकम भएको कालो रङको झोला हराएको हुनाले भेट्नुहुने महानुभावहरूले तलको सम्पर्क नम्बरमा अथवा नजिकैको प्रहरी चौकीमा बुझाइदिनुहुन अनुरोध गर्दछौं ।

सम्पर्क
नाम : मन्दिरा शेरमा खेजम
मोबाइल नम्बर: 9817931518
ठेगाना : चारआली झापा

सुचना                             सुचना                        सुचना आज दिउँसो को 12 :40 -12:50 मिनेट मा चन्द्रगढी जाने ...
12/05/2022

सुचना सुचना सुचना

आज दिउँसो को 12 :40 -12:50 मिनेट मा चन्द्रगढी जाने क्रममा त्रिदेव क्याम्पस अगाडि रहेको पेट्रोल पम बाट चरआलि बिचमा प्रस नागरिकता साथै बाइकको बिलबुक ATM अन्य महत्वपूर्ण कागजात र केही रकम हराएको हुनाले भेट्नु हुने माहानुभाब ले सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। 🙏🏻🙏🏻🙏🏻9814017544 ,9862687008, 9801455995

10/07/2021

सुचना सुचना सुचना

धुलाबारी निवासी प्रतीक खवास ले चारआलि झापालाई दिनुभएको सुचना अनुसार

हिजो साझ झापा बिर्तामोड देखि धुलाबारी सम्म को यात्राको क्रममा अनुप चापागाई को पर्स हराएको ले उक्त पर्स मा अतिआश्वयक कागजात सहित सवारि चालक अनुमती पत्र ( लाईसेन्स ) बिलबुक सहित नागरिकता पनि रहेकोले भेट्नुहुने महानुभाव ले अनुप चापागाईलाई तल दिएको सम्पर्क नम्बर मा सम्पर्क गरि बुझाएर सहयोग गरिदिनु हुन सादर अनुरोध गर्दछौ ।

सम्पर्क
अनुप चापागाईं
धुलाबारी झापा
९८२७३३९५

सुचना  सुचना सुचना घरायसी प्रयोजनका झापाको चारआलि चोक बाट इलामरोड लाईनमा  श्रीमान श्रीमती बस्न एउटा कोठा भाडामा  चाहिएको...
26/06/2021

सुचना सुचना सुचना

घरायसी प्रयोजनका झापाको चारआलि चोक बाट इलामरोड लाईनमा श्रीमान श्रीमती बस्न एउटा कोठा भाडामा चाहिएकोले इच्छुक घरधनी ले तल उल्लेखित व्याक्तिलाई सम्पर्क गरि सल्लाह गर्न सक्नुहुने छ ।

सम्पर्क
नाम : प्रतीक खवास
ठेगाना : धुलाबारी झापा
कोठामा बस्ने ब्याक्ती : प्रतीक खवास र परिवार ( दुई जना )
सम्पर्क न 9813997744

देश बिदेशको ताजा खबर साथै चारआलीका गत�

जग्गा धनीपुर्जा हराएको बारे सुचना आज बिहान ११:३० तिर  झापाको चारआली त्रीदेव कलेजको अगाडी भिम बहादुर गनगाई नाम गरेको व्या...
23/11/2020

जग्गा धनीपुर्जा हराएको बारे सुचना

आज बिहान ११:३० तिर झापाको चारआली त्रीदेव कलेजको अगाडी भिम बहादुर गनगाई नाम गरेको व्याक्तिको जग्गा धनीपुर्जा झरेको र स्थानीय का अनुसार उक्त धनीपुर्जा एक जना महिलाले भेट्नुभएको खबर प्राप्त भएकोले कृपया उक्त धनीपुर्जा सम्बन्धित व्याक्तिको संपर्क न 9813834697 मा सम्पर्क गरि बुझाइदिनु हुन अनुरोध गर्दछौ

18/08/2020

गाउछ गित नेपालि , नेपालि हामि रहुला कहा नेपाल नरहे
हार्दिक श्रदासुमन रास्ट्र कवी माधब प्र घिमिरे

श्री कृष्ण जन्म अस्टमी को हार्दिक मङ्गमय शुभकामना व्याक्त गर्न चाहान्छौ । चारआलि झापा परिवार
11/08/2020

श्री कृष्ण जन्म अस्टमी को हार्दिक मङ्गमय शुभकामना व्याक्त गर्न चाहान्छौ ।

चारआलि झापा परिवार

चारआली झापा रक्षा बन्धन तथा जनै पुर्णिमा को हार्दिक मंगलमय शुभकामना व्याक्त गर्दछ  l
02/08/2020

चारआली झापा रक्षा बन्धन तथा जनै पुर्णिमा को हार्दिक मंगलमय शुभकामना व्याक्त गर्दछ l

17/07/2020

आउनुहोस सहभागी बन्हुहोस मानोरंजन लिनुहोस र पुरस्कार जित्नुहोस गजल मन फेसबुक पेज प्रस्तुत गर्दछ लुडो खेल प्रतियोगिता २०७७ 🎲🎲

अनलाइन कक्षा – रोल नं. १२ : बत्ती गयो सर !------------------------------------------------उज्यालो अनलाइन बाट साभार लकडाउ...
03/05/2020

अनलाइन कक्षा – रोल नं. १२ : बत्ती गयो सर !
------------------------------------------------
उज्यालो अनलाइन बाट साभार

लकडाउनको महिना दिनसम्म सबैलाई ढुक्कै भयो । न हिँड्नुपर्यो, न काम गर्नुपर्यो, न पढ्नु पर्यो, न पढाउनै पर्यो । शिक्षक, विद्यार्थी, अभिभावक सबैलाई आनन्द ।

तर कति दिन यसरी बस्नु ? मोबाइलमा भएका गेम खेलेर, सिनेमा हेरेर, टिकटक बनाएर, च्याटमा भुलेर, सुतेर, उँघेर, उट्पट्याङ गरेर सबैथोक सिध्याइयो । अब त यसो पढेजस्तो, पढाएजस्तो पनि गर्नुपर्यो । त्यसपछि सुरु भयो अनलाइन कक्षाको ताउरमाउर ।

बल्लतल्ल मोबाइलमा जुम चलाउन जानेका शिक्षकले अभिभावकलाई फोन गरे: ‘ल अब मोबाइलबाटै पढाई हुन्छ, जुम डाउनलोड गर्नुपर्यो ।’
घरमा धुम्धुम्ती बस्नुपरेको बेला फेरि कहाँबाट आयो यो जुम ? शिक्षकले भनेको मान्नैपर्ने होला । नत्र छोराछोरीको पढाई बिग्रिएला भन्ने डर । त्यसमाथि छोराछोरी पनि कराउँदैछन्: ‘अरुले अनलाइन कक्षा लिन थालिसके रे, खै हाम्रो स्कुल मात्रै के हो के ?’

‘ल ल तिमीहरुका स्कुलले पनि अनलाइनमा पढाउने रे, खै जुम हो कि धुम के हो डाउनलोड गर्नुपर्छ रे ।’ अनि बाआमा र छोराछोरी मोबाइलमा जुम खोज्न थाले । आमाको मोबाइलमा मिलेन । गेम खेल्न र च्याट मात्रै हुने छोराछोरीको मोबाइलमा पनि जुम जमेन ।

बल्लतल्ल बाबुको मोबाइलमा मिल्यो । जुम त डाउनलोड भयो, तर कुरा कसरी गर्ने ? सात दिन लगाएर जुम चलाउन सिकेका शिक्षकले युजर नेम र पासवर्ड राखेर कुरा गर्ने तरिका सिकाए । शिक्षकलाई सिक्न सात दिन लाग्यो, विद्यार्थी र अभिभावकलाई अर्को सात दिन लाग्यो । त्यसपछि सुरु भयो अनलाइन कक्षा ।

‘ल अब आजदेखि अनलाइन कक्षा सुरु भयो । सबै विद्यार्थीहरु मोबाइलमा बस’ सरमिसले उताबाट भने । अस्तिताकासम्म मोबाइल नखेलाउ भन्ने सरमिस र बाउआमा नै अब मोबाइल चलाउ भन्न थाले । रमाइलै भयो । सरमिसले १० बजे पढाई हुने भनेका थिए ।

मोबाइलबाट सबैलाई खोज्न अनि यसको, उसको, त्यसको सबैको मोबाइलमा अनुहार देखिन र आवाज जोडिने बेलासम्म पर्खंदा १२ बज्यो । त्यसपछि सुरु भयो अनलाइन कक्षा ।

उताबाट सर कराए: रोल नं. १

कोही बोल्दैनन् । यसकोमा बच्चा रोएको, उसकोमा बाउआमा झगडा गरेको, त्यसकोमा कुकुर कराएको आवाज मात्रै सुनिन्छ । सरको उत्तर कसैले दिंदैन ।
‘हैन को हो रोल नं. १, किन नबोलेको ?’ श्रीमतीलाई चुप लाग्न भन्दै उताबाट सर कराए ।

‘सर भर्ना नै भएको छैन, कसको रोल नं. कति हो, को बोल्ने ?’ यताबाट विद्यार्थी गलल्ल हाँसे ।

‘ए हो त, ल त्यसो भए पुरानै कक्षाको रोल नं. अनुसार भन्ने है त’ शिक्षकले फेरि भट्याए । रोल नं. १: सुनिएन सर ।

रोल नं. २ : झ्यारझ्यार आयो सर ।

रोल नं. ३ : भन्नै आएन सर । .........।
रोल नं. १२ : बत्ती गयो सर ।..........

हाजिर नै सक्न नभ्याउँदै नेट र बिजुली गयल भयो । तर पनि विद्यार्थीलाई रमाइलो भयो । दुई महिनादेखि देख्न नपाएका साथी, केटासाथी, केटीसाथी देख्न पाइयो । सर र मिसलाई पनि गजब नै भयो । विद्यार्थीको हाजिर गर्न नसके पनि अनलाइनमा पढाइयो भनेर गजक्क पर्न पाइयो ।

साना केटाकेटीका बाआमालाई चाहिँ झण्झट मात्रै । उताबाट सरमिसले नै जुम चलाउन जान्दैनन्, यताबाट आफूले झन् कसरी जान्नु । बल्लबल्ल जोडियो, अलिअलि सरमिसको अनुहार देखियो । सरमिसको त बल्लतल्ल अनुहार देखियो । तर सबै केटाकेटीको देखिएन । छोरो रुन्छ : ममी मेरो फोटो खै ? छोरी भन्छे : नाईं साथीको पनि फोटो हेर्ने । अनि सरमिस देख्नेबित्तिकै विद्यार्थीले गुड मर्निङ भन्न परिहाल्यो ।

गुड मर्निङ भन्न नपाउँदै सरको अनुहार हरायो, मिसको बोली बिलायो । यता आफ्नो मोबाइल ह्याङ भयो, उता अर्कोको लाइन गयो । बरु यो भन्दा फेसबुकको च्याट र टिकटक नै ठिक । केटाकेटीलाई पनि गेम नै ठिक । बेकारको झण्झट मात्रै ।

यो त शहरबजार, त्यसमा पनि सबैको हातमा मोबाइल भएका र नेट चलाउन जान्नेहरुको कुरा । गाउँमा त के को अनलाइन पढाई ? मोबाइल छ, टावर छैन । फेसबुक छ, इन्टरनेट छैन । तर डाँडा छ, रुख छ । केही नभए घरको आँगन र भकारोको थुप्रो छ । सरहरु रुखको हाँगा र डाँडामा चढून् । मिसहरु भकारोको थुप्रोमा बसून् । अनि विद्यार्थीले आँगनको डिलबाट हेरुन् ।

रोल नं. १ : हजुर मिस ।
रोल नं. २ : भकारोको डिल त भत्किन लाग्यो मिस ।
चुप लाग, रोल नं. ३ : मकै बुढ्यो मिस, आमाले गोड्न आउनु भन्नुभएको छ ।

गाउँको अनलाइन पढाई पनि बिथोलियो ।

लकडाउनभन्दा पहिले मान्छेले फेसबुक च्याटमा मात्रै भुल्न जानेका थिए । लकडाउनपछि जुममा झुम्न खप्पिस भए । जुममै सल्लाह, जुममै भाषण, जुममै बैठक, हुँदाहुँदै अब जुममै कक्षा । बल्लतल्ल मन्त्रीले जुममा बैठक गर्न जाने, त्यसपछि शिक्षकले सिके, अनि पालो आयो विद्यार्थीको । तर पारा चाहिँ यस्तो ।

जेठमा पनि स्कुल खुल्ने छाँट नदेखेपछि सबैभन्दा धेरै निजी स्कुलका सञ्चालक आत्तिए । स्कुल नै नखुलेपछि भर्ना कसरी गर्ने ? भर्ना नै नभएपछि पैसा कहाँबाट कमाउने ? त्यसपछि उनीहरुले जुक्ति निकाले, स्कुल नखुलेर के भयो त, जुमबाटै पढाएझैं गर्ने, अनि पछि अभिभावकबाट लौ पढाएको पैसा लेउ भन्ने ।

तर विद्यार्थीको हाजिर पनि गर्न नसकिने अनलाइन कक्षाले सरमिसका खातामा पैसाको हाजिर लाग्ला या नलाग्ला ? त्यो त कोरोना सकिएपछि कमरेड वामदेव गौतम प्रधानमन्त्री बन्नुभयो भने मात्रै थाहा पाइएला !
------------------------------------------------------------------------
उज्यालो अनलाईन को पेज : https://ujyaaloonline.com/story/36478/2020/5/2/satire-milan-timilsina-saturday-online-education?fbclid=IwAR1tOaEXiZ5unXyoBT98z0ELcrAcds5QHuLLu8Q90BfWBD8KkFHhjEspBR0 मा गैर पढ्न सक्नु हुन्छ

लकडाउनको महिना दिनसम्म सबैलाई ढुक्कै भयो । न हिँड्नुपर्यो, न काम गर्नुपर्यो, न पढ्नु पर्यो, न पढाउनै पर्यो । शिक्ष.....

झापामा कोरोना संक्रमित भेटियो ll---------------------------------------------झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि...
24/04/2020

झापामा कोरोना संक्रमित भेटियो ll

---------------------------------------------

झापाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा दमकका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । उनी अस्पतालको आइसोलेशनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रतिष्ठानमा आज गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमित मध्ये १० घर डिस्चार्ज भएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

Address

Charalli
Jhapa District
925700

Website

Alerts

Be the first to know and let us send you an email when Charali jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share