22/09/2026
🐝 मौरीलाई आवश्यक पोषणयुक्त आहार व्यवस्थापन
वर्षायाममा लगातार पानी पर्ने, चिसो तथा फूल फुल्ने स्रोत कम हुने समयमा मौरीले बाहिरबाट पर्याप्त मह र पराग संकलन गर्न नपाउन सक्छ। यस्तो अवस्थामा मौरी परिवार कमजोर हुन नदिन घारभित्र मौरीको खाद्य अवस्था नियमित रूपमा जाँच गर्नुपर्छ।
घारमा पर्याप्त मह र परागको सञ्चिति छैन भने मौरीको अवस्था हेरी पूरक आहार दिन सकिन्छ। विशेषगरी कमजोर परिवार, नयाँ संकलन गरिएको मौरीको झुण्ड तथा विकासको चरणमा रहेका परिवारलाई उचित आहार व्यवस्थापनले रानी मौरीले अण्डा पार्ने क्रम र मौरी परिवारको विकासमा सहयोग पुर्याउन सक्छ।
🥣