Nepali Share Market नेपाली सेयर बजार

Nepali Share Market नेपाली सेयर बजार सेयर बजारमा नयाँ तथा पुराना लगानीकर्?
(1)

आईपीओबाटै सर्वसाधारण हुँदैछन् मालामाल : तीन कम्पनीले निष्कासन गदैछन् प्राथमिक शेयर !बजारमा कुन कम्पनीको आईपीओ आउँदैछ् ?य...
01/02/2021

आईपीओबाटै सर्वसाधारण हुँदैछन् मालामाल : तीन कम्पनीले निष्कासन गदैछन् प्राथमिक शेयर !

बजारमा कुन कम्पनीको आईपीओ आउँदैछ् ?

यतिबेला आम लगानीकर्ता अब कुन कम्पनीले आईपीओ निष्कासन गदैछ भन्दै पर्खिरहेका छन् । यही समयमा नेपाल धितोपत्र बोर्डले तीन कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको छ ।
-महिला लघुवित्त
-ग्रीन लाइफ कम्पनी
-सिंगटी हाइड्रो कम्पनी
बोर्डले महिला लघुवित्त वित्तीय संस्थालाई भर्खरै मात्र आईपीओ नियकासनको लागि अनुमति दिएको हो । त्यस्तै, सिंगटी हाइड्रो कम्पनीलाई पुष २१ गते र ग्रीन लाइफ कम्पनीलाई माघ २ गते आईपीओ निष्कासनको लागि अनुमति दिएको हो ।

कहिले निष्कासन गदैछन् यी दुई कम्पनीले आईपीओ ?
महिला लघुवित्तले भर्खरै आईपीओ निष्कासनको अनुमति पाएको हाे । लघुवित्तले चाडै नै आव्हापत्र जारी गदै आईपीओ निष्कासनको मिति तय गर्ने भएको छ । आईपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेट बैंकिङका अनुसार चाडै नै निष्कासन मिति तय गर्ने काम भइरहेको छ ।चाडै नै आईपीओ निष्कासन गर्ने तयारीमा रहेको क्यापिटलले जनाएको छ । लघुविततले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।
ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले यही माघ २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता तथा स्थानिय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने कुल शेयरमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो शेयर खरिदका लागि माघ २७ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा फागुन ७ गतेसम्म म्याद थप गरिनेछ ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ।
सिंगटी हाइड्रो पावरले यतिबेलो पहिलो चरणमा आयोजना प्रभावित स्थानियको लागि आईपीओ खुल्ला गरेको छ । कम्पनीले निष्कासन गरेको उक्त आईपीओ बिक्री पश्चात कम्पनीले दोस्रोचरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

नयाँ आइपिओ आउँदै छ ! पैसा तयारी गर्नुस है त !
19/01/2021

नयाँ आइपिओ आउँदै छ ! पैसा तयारी गर्नुस है त !

17/01/2021

सेयर बजारमा युवा लगानीकर्ताले गर्ने ५ प्रमुख गल्ती, अब सुधार्ने कसरी ?

कुनै पनि नयाँ सीप र ज्ञान युवा अवस्थामै सिक्न सक्नेले भविष्यप्रतिको नयाँ सम्भावनालाई पनि संकेत गरिरहेको हुन्छ । अन्य क्षेत्रमा जस्तै सेयर बजारमा गरिने लगानीमा पनि पर्याप्त मात्रामा सीप चाहिन्छ । विख्यात लगानीकर्ता वारेन बफेटले ११ वर्षको उमेरदेखि नै सेयर बजारमा लगानी सुरु गरेका थिए । सुरुमा उनले पनि केही गल्तीहरु नगरेका होइनन् ।

नयाँ कुरा सिक्न खोज्दा गल्ती हुनु स्वाभाविक नै हो । तर पैसासँग सम्बन्धित विषय हुने भएकाले सिकाईमा बारम्बार गल्ती गर्याे भने परिणाम निकै हानिकारक हुन सक्छ । युवा अवस्थाबाटै लगानी सुरु गर्दा जोखिम भए पनि भविष्यमा सुधार गर्ने पर्याप्त समय हुन्छ ।



सेयर बजारका लगानीकर्ताले पनि बारम्बार गल्ती गरिरहेका हुन्छन् । भर्खर बजारमा प्रवेश गर्ने युवा लगानीकर्ताले अझै बढी गल्ती गर्ने सम्भावना हुन्छ । किन भने व्यावहारिक ज्ञान कम हुन सक्छ । यसैक्रममा आज हामी युवा लगानीकर्ताहरुले गर्ने त्यस्तै ५ साधारण गल्तीहरुका बारेमा यहाँ सामान्य चर्चा गर्दैछौं ।



१) विलम्ब वा स्थगित गर्ने बानी



सेयर बजारमा विलम्ब गर्ने बानी निकै हानिकारक हुने गर्दछ । लगानी सम्बन्धी निर्णय लिन ढिलाई गर्ने, स्थगित गर्ने वा अन्तिम समयमा मात्र टुंगो लगाउने बानीले ठूलै हानिकारक हुने गर्दछ । दीर्घकालमा सेयर बजारले राम्रो प्रतिफल दिने सम्भावना हुन्छ । त्यस्तै, वर्षौसम्म बजार ओरालो लाग्ने पनि हुनसक्छ । ]

दुवै अवस्थामा प्रतिफल लिनलाई भने छिटै लगानी सुरु गर्नु र लगानीलाई सानोसानो गरी भए पनि महिनैपिच्छे बढाउँदै लैजान सक्नुपर्छ । सेयर बजारमा कम्पाउण्डिङ रिर्टन शब्दको प्रयोग पनि गरिन्छ । यो निकै महत्वपूर्ण र्टम हो । आफ्नो लगानीलाई जतिसक्दो छिटो र उच्च मुनाफा कमाउने माध्यमका रुपमा विकास गर्नका लागि लगानीमा कत्ति पनि विलम्ब गर्नु हुँदैन ।



२) लगानी गर्नुको सट्टा अनुमान मात्र लगाउने



युवा लगानीकर्ता उमेरका कारण जहिले पनि नाफामा हुन्छन् । किन भने भविष्यमा लगानी गर्नका लागि उनीहरुसँग पर्याप्त समय हुन्छ । सोही आधारमा साधन पनि हुन सक्छ । अनि, युवा अवस्थामा जोखिम लिन सक्ने क्षमता पनि अधिक हुन्छ । बढी जोखिम लिंदा प्रतिफल पनि अधिक प्राप्त गर्न सक्ने सम्भावना रहन्छ । साथै, उनीहरुसँग समय पनि प्रसस्त हुने भएकाले एकदुई पटक घाटा भइहाले भविष्यमा त्यो गल्तीबाट सिकेर सही मार्गमा आउन पर्याप्त समय रहन्छ । तर यही तर्कलाई आधार मानेर ठूलो प्रतिफल हत्याउन जुवाको रुपमा चल्न भने हुँदैन ।



जुवाको दाउमा अनुमान लगाए जस्तो नगरी, युवा लगानीकर्ताले जोखिम धेरै भएका तर दीर्घकालमा उल्लेख्य प्रतिफल दिनसक्ने कम्पनीमा लगानी गर्न आवश्यक हुन्छ । धेरै जोखिम वापत अधिक प्रतिफल पाउन सकिने कम्पनीहरुमा कम बजार पुँजीकरण भएका कम्पनीहरुलाई लिन सकिन्छ । यस्ता कम्पनीहरु साना र स्थापित बन्ने चरणमा हुन्छन् ।

तर दीर्घकालमा सेयरको भ्याल्यू बढ्दै नाम चलेको वा ब्रान्डेड कम्पनी वा स्थापित सेयरका रुपमा रहने सम्भावना अधिक रहन्छ । युवा लगानीकर्ताहरुले यस्तै किसिमका कम्पनीहरुमा लगानी विविधीकरण गर्नुपर्ने हुन्छ । तर सधैं अनुमानकै भरमा धेरै गरेर लगानी गर्दा भने युवा लगानीकर्तालाई बजार नै छोडेर भाग्नुपर्ने स्थिति आउन सक्छ । रिक्स लिने समयमा बजारबाट भाग्नु पिडादायी अवस्था हुन हुन्छ । यसर्थ, यसतर्फ ख्याल गर्नपर्छ ।



३) लेभरेजको ज्यादा प्रयोग



सामान्य अर्थमा भन्दा लेभरेज भनेको यस्तो लगानी रणनीति हो जसमा लगानीको सम्भावित प्रतिफल बढाउनका लागि उधारो वा सापटी रकम अथवा पुँजीको प्रयोग गरिन्छ । लेभरेजको फाइदा पनि छ र खतरा पनि । लगानीकर्ताले आफ्नो पोर्टफोलियोमा लेभरेज प्रयोग गर्ने उचित समय भनेको युवा अवस्था नै हो । यसअघि भने जस्तै, युवा लगानीकर्तालाई नोक्सान भर्पाई गर्नका लागि समय पर्याप्त हुने गर्दछ ।

तर, लेभरेजले राम्रो पोर्टफोलियोलाई समेत बर्बाद गर्ने सम्भावना भने उत्तिकै रहन्छ ।

त्यसैले, अत्याधिक लेभरेजको प्रयोग गर्नु पनि हानिकारक हुनसक्छ । आफ्नो समग्र पोर्टफोलियोको थोरै हिस्सामा मात्र लेभरेज राख्दा जोखिम कम हुनुका साथै प्रतिफल पनि पाउन सकिन्छ । उदाहरणका लागि, यदि कुनै एक युवा लगानीकर्ताको पोर्टफोलियोमा १ लाख रुपैयाँ छ भने उसले आफ्नो पोर्टफोलियोको १०% हिस्सामा २ः१ अनुपातमा लेभरेज राख्नु उचित हुन्छ । यसले केही मात्रामा जोखिम त बढाउला, तर समग्र पोर्टफोलियोलाई भने धेरै असर गर्दैन ।



४) पर्याप्त प्रश्न नगर्ने



प्रश्न नगर्नु युवा लगानीकर्ताले गर्ने अर्को प्रमुख गल्ती हो । यदि कुनै सेयरको भाउ धेरै घट्यो भने बाउन्स ब्याक हुने अपेक्षा पनि युवा लागानीकर्तामा होला । तर भाउ बाउन्स ब्याक हुन पनि सक्छ र नहुन पनि त सक्छ । यसको कुनै ग्यारेन्टी छैन । सेयर भाउ जुनसुकै बेला पनि तलमाथि हुन सक्छ । तर यस्तो अवस्थामा उत्पन्न हुनुपर्ने मुख्य प्रश्न : ‘किन’ ? लाई भने अधिकांश युवा लगानीकर्ताले कमै मात्र प्रयोग गर्ने गरेको पाइन्छ ।

अर्थात, किन यस्तो भइरहेको छ ? अब के हुन्छ अनि यसको समाधान के हो ? जस्ता प्रमुख प्रश्नको उत्तर खोज्न सक्नुपर्छ । सेयरको भाउ किन घट्यो वा बढ्यो भन्ने प्रश्नबाट मात्र सही लगानी रणनीति तय गर्न सकिन्छ । नभए सेयर लगानी पनि जुवा सरह बन्न जन्छ । यदि, कुनै कम्पनीको सेयर आफूले सोचेको भन्दा आधा भाउमा कारोबार भइरहेको छ भने त्यसमा पनि कुनै न कुनै कारण हुन्छ । र, त्यो कारण पत्ता लगाउने लगानीकर्ता स्वयंको दायित्व हो ।


आफैं सिकेर लगानी गर्न पर्याप्त समय नभएका युवा लगानीकर्ताले वित्तीय सल्लाह दिन सक्ने व्यक्ति वा कम्पनीको सहयोग लिएर लगानी गर्न सक्दछन् । यस्तै, उचित अनुसन्धान गर्न नचाहने युवा लगानीकर्ताले कम जोखिम भएका कम्पनी तथा फन्डहरुमा लगानी गरी पोर्टफोलियो व्यवस्थापन सक्दछन् । जो युवा लगानीकर्तासँग सिक्ने इच्छा र क्षमता दुवै छ, उनीहरुले आफंै प्रश्न र अनुसन्धान गरी आफैं लगानी गर्न सक्दछन् ।


यी ३ वटै तरिका लगानीका लागि प्रभावकारी नै हुन्छन् । तर पहिलो तरिकाबाट लगानी गर्दा अरुमा धेरै भर पर्नु पर्दछ, दोस्रोमा केही हदसम्म आफू स्वयंमा भने तेस्रो तरिका सबै आफैं गर्छु भन्ने भावनामा आधारित हुन्छ । यी ३ विधिमध्ये आफूलाई ठीक लाग्ने विधि अपनाउन सकिन्छ ।



५) लगानी नगर्नु



युवाहरुले लगानी नगर्नु नै सबैभन्दा ठूलो गल्ती हो । लगानीका लागि समयसीमा लामो हुँदा जोखिम मोलेर पनि प्रसस्त प्रतिफल कमाउन सकिन्छ । त्यसैले, थोरैथोरै भए पनि जतिसक्दो छिटो लगानी सुरु गर्नु महत्वपूर्ण मानिन्छ । वारेन बफेटले निकै सानो उमेरबाट लगानी सुरु गरेकै कारण अर्बपति बनेका हुन् भनेर ग्यारेन्टी गर्न नसकिए पनि अर्बपति बन्नमा भने पक्कै पनि त्यसको निकै महत्वपूर्ण योगदान छ ।


युवा उमेरमा पैसासँगको अनुभव कम हुन्छ । त्यसैले, पैसा हात पर्यो कि खर्च गर्न मन लागिहाल्ने सम्भावना हुन्छ । यस्तो बेला भविष्यका लागि बचत पनि गर्नुपर्दछ भन्ने चिन्ता हुँदैन । जसको नतिजा उमेर ढल्किंदै जाँदा पैसाको अभावमा बाँच्नुपर्ने हुन्छ । त्यसैले, खर्चमा बढी जोड दिनुको सट्टा केही हिस्सा लगानीका लागि पनि छुट्याउन आवश्यक हुन्छ । धेरै पैसाको इच्छा राख्ने युवाहरुका लागी लगानी गर्ने बानी पनि महत्वपूर्ण बाटो हुनसक्छ ।



अन्त्यमा


युवा लगानीकर्ताले आफ्नो उमेरको सदुपयोग गर्दै जोखिम लिन सक्ने क्षमता पनि बढाउँदै जानुपर्छ । युवा अवस्थामै आधारभूत विषयवस्तुको अध्ययन र अनुसन्धान गरी लगानी गरेमा भविष्यमा पोर्टफोलियोको आकार पनि ठूलो बनाउन सकिन्छ । सेयरमा दाउ लगाउनुको सट्टा राम्रा कम्पनीहरुको छनोट गरी दीर्घकालीन मुनाफालाई ध्यान दिनुपर्छ । आफू कस्तो किसिमको लगानीकर्ता बन्ने भन्ने छनोट पनि महत्वपूर्ण हुन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको जतिसक्दो छिटो लगानी सुरु गरी तत्काल र दीर्घकालका लागि प्रसस्त सम्पति जम्मा गर्नु नै हो ।

सर्वसाधारणलाई निष्काशन स् ८ करोड कित्ता ९० Þ२ % कर्मचारी १,६०,००० र ५% सामुहिक लगानी कोष लाई ४,०००,००० र वाकि रहेको ७,५८...
14/01/2021

सर्वसाधारणलाई निष्काशन स् ८ करोड कित्ता ९० Þ२ % कर्मचारी १,६०,००० र ५% सामुहिक लगानी कोष लाई ४,०००,००० र वाकि रहेको ७,५८,४०,००० सर्वसाधारणलाई)

चन्द्रागिरि हिल्सले गर्यो सम्पुर्ण आवेदकलाई सम्मान, आईपीओ भर्ने सबैलाई केबलकार यात्रामा २५% छुट
14/01/2021

चन्द्रागिरि हिल्सले गर्यो सम्पुर्ण आवेदकलाई सम्मान, आईपीओ भर्ने सबैलाई केबलकार यात्रामा २५% छुट

Address

Putalisadak
Kathmandu

Opening Hours

Monday 11:00 - 17:00
Tuesday 11:00 - 15:00
Wednesday 11:00 - 15:00
Thursday 11:00 - 15:00
Sunday 11:00 - 15:00

Telephone

+9779813069079

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Share Market नेपाली सेयर बजार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Share Market नेपाली सेयर बजार:

Share