B2 Business System

B2 Business System Service list
1.Company New Registration
2. TAX
3. VAT
4. Accounting
5. Auditing
6. Company Update
7. Agreement
8. Contract
9. Legal Service

बिशेष छुट बम्पर छुट सम्बन्धमा ✍️आयो है समयमै फाइदा उठाउनु होला 🤗
21/01/2025

बिशेष छुट बम्पर छुट सम्बन्धमा ✍️
आयो है समयमै फाइदा उठाउनु होला 🤗

व्यवसाय गर्ने करदाता हरुले कतै भुल्नु त भएन? कि छुटेको छ ? सचेत रहनु है ! वार्षिक रु ७५०० भन्दा बढि कर दायित्व हुने वा ह...
07/01/2025

व्यवसाय गर्ने करदाता हरुले कतै भुल्नु त भएन? कि छुटेको छ ? सचेत रहनु है !
वार्षिक रु ७५०० भन्दा बढि कर दायित्व हुने वा हुन सक्ने फर्म, व्यवसाय, प्रतिष्ठान, कम्पनिले यहि पौष_मसान्त भित्र अनुमानित आयकर विवरण(Estimited Tax Return) र किस्ताबन्दी कर बुझाउनु पर्छ है !

नबुझाउदा के हुन्छ त्यो पनि जान्नु है 🤔

➡️ अनुमानित आयकर नबुझाएमा वा कम बुझाएमा बार्सिक १५% ब्याज लाग्छ ।
➡️यसका साथै अनुमानित आयविवरण नबुझायमा रु ५००० वा आय विवरणमा उल्लिखित निर्धारण योग्य आय रकमको ०.०१% ले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम जरिवाना लाग्छ ।
त्यसैले समयमै कर तिरै यस्ता जरिवानाबाट बचौ । ✍️✍️

मोबाइल हरायो वा चोरी भएमा के गर्ने भन्ने बिषयको लागि तलको विवरण हर्नु हाेला ।
02/01/2025

मोबाइल हरायो वा चोरी भएमा के गर्ने भन्ने बिषयको लागि तलको विवरण हर्नु हाेला ।

सबैमा जानकारीको लागि म्याद थप पौष मसान्त सम्म
10/12/2024

सबैमा जानकारीको लागि म्याद थप पौष मसान्त सम्म

व्यवसाय गर्नेहरु मा निहित 👍️
07/12/2024

व्यवसाय गर्नेहरु मा निहित 👍️

04/12/2024
Update
29/07/2021

Update

बिगतमा वार्षिक विवरणहरु भर्न छुटेका कम्पनीहरुलाई बिशेष अवसर

बिगतमा वार्षिक विवरणहरु भर्न छुटेका कम्पनीहरुलाई बिशेष अवसर
28/07/2021

बिगतमा वार्षिक विवरणहरु भर्न छुटेका कम्पनीहरुलाई बिशेष अवसर

21/07/2021

के तपाइले आर्थिक बजेटले प्रदान गरेको कर सहुलियतको उपयोग गर्नु भयो त ? छैन भने अब हामीलाई सम्झनुहोस् |||
⭕️हाम्रा सेवाहरु :-
☑️- नयाँ कम्पनी दर्ता
☑️- कम्पनी अध्यावधिक (नवीकरण)
☑️- कम्पनीको नाम, ठेगाना परिवर्तन, शेयरधनी परिवर्तन तथा शेयर खरिद बिक्री
☑️- कम्पनीको शुरुको शेयर लगत /शुरु अवस्थाको जानकारी
☑️- कम्पनी खारेजी (दर्ता खारेजी /लिक्वीडेसन खारेजी)
☑️- स्थायी लेखा नम्बर (आयकर तथा भ्याट) दर्ता, कर चुक्ता
☑️- Financial Report तयार पार्ने
☑️- मासिक Vat Return Update
☑️- Exim Code, Trademark, Patent, Copyright Registration
☑️- Bank Loan को लागि Projection, Provisional Statement
☑️- Business Plan Feasibility रिपोर्ट
☑️- साना तथा घरेलु उद्योग दर्ता, वडा कार्यालय दर्ता
☑️- कन्स्ट्रक्सन कम्पनीको इजाजत, ट्राभल्स एन्ड टुर्स तथा ट्रेकिङ,
☑️- कम्पनी रजिस्ट्रार कार्यालय तथा कर कार्यालय सम्बन्धि सम्पुर्ण कार्य |
☑️- Monthly Accountant Services
☑️- Monthly Business Consulting Service
☑️- Accounting Software Training And Support
📞Contact Us to register your Business
B2 Business System Pvt. Ltd.
Contact Us:☎️ 01-5907477,
Direct Call: 📱9849640234, 9843244144
Location:🛕 Gongabu, Kathmandu (Nearest of Laxmi Bank)

२०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५...
16/06/2021

२०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।

01/06/2021

सरकारले के के मा दियो त कर छुट ?

-आर्थिक वर्ष २०७७/७८ को आयमा वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत छुट दिने नीति लिएका छन्। वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि एक करोड रुपैयाँसम्मको कारोबार भएका करदाताले अव आयकरमा ५० प्रतिशत छुट पाउने भएका छन् ।

-कम्पनी ऐन, २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अनुसार आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नविकरण नगरेका कम्पनी तथा फर्मले २०७८ साल असोज मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा हुने भएको छ ।
-कोभिड-१९ बाट अत्याधिक प्रभावित होटल, ट्राभल, ट्रेकिङ्ग, यातायात तथा हवाई सेवा, चलचित्र उद्योग र सञ्चार गृहको करयोग्य आयमा एक प्रतिशत मात्र आयकर लाग्ने भएको छ । ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पुर्याइएको छ।
-आयकर ऐन, २०५८, मूल्य अभिवृद्धि कर ऐन, २०५२ र अन्त:शुल्क ऐन, २०५८ बमोजिम २०७७ साल असार मसान्तभित्र भएको कर निर्धारण उपर चित्त नबुझाई आन्तरिक राजस्व विभाग वा राजस्व न्यायाधिकरण वा अदालतमा विचाराधीन मुद्दामध्ये झुट्टा तथा नक्कली विजक बाहेकका मुद्दा सम्बन्धित करदाताले फिर्ता लिई निर्धारित कर र सोमा लागेको व्याजको ५० प्रतिशत रकम २०७८ मंसीर मसान्तसम्म बुझाएमा बाँकी व्याज, शुल्क, थप दस्तुर र जरिवाना मिनाहा हुने भएको छ
-आयकर ऐन, २०५८, मूल्य अभिवृद्धि कर ऐन, २०५२ र अन्त:शुल्क ऐन, २०५८ बमोजिम बक्यौता रहेको २०७६ असार मसान्तसम्मको कर रकम र त्यसमा लागेको व्याज २०७८ पुस मसान्तभित्र दाखिला गरेमा शुल्क, जरिवाना तथा थप दस्तुर मिनाहा हुने भएको छ ।
-आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले स्थापना गरेको कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गरेको रकम त्यो वर्षको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाइने भएको छ।
-आर्थिक वर्ष २०७७/७८ मा व्यावसायिक सामाजिक जिम्मेवारी बहन गर्ने प्रयोजनका लागि छुट्याइएको रकममध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको विशिष्टीकृत अस्पताल निर्माण वा तोकिएको स्वास्थ्य संस्थालाई उपलब्ध गराएको कोभिड-१९ को उपचारसँग सम्बन्धित स्वास्थ्य उपकरण तथा सामग्रीमा भएको खर्च आयकर गणना प्रयोजनका लागि कट्टी गर्न दिने व्यवस्था पनि गरिएको छ।
-निवृत्तभरण वापतको करयोग्य आय गणना गर्दा थप २५ प्रतिशत रकम छुट हुने भएको छ।
-करदाताको करयोग्य कारोबारमा प्रयोग भएको डिजेल र एलपी ग्याँसको खरिदमा तिरेको मूल्य अभिवृद्धि कर कट्टी गर्न पाउने व्यवस्था गरिएको छ।
-ढुवानी सेवा, ढुवानी साधनको भाडा, कार्गो सेवा, ई-लाइव्रेरी सेवा, निक्षेप सुरक्षण शुल्क, ट्रेकिङ्ग तथा टुर प्याकेज, साइलो तथा साइलो प्रयोगको सेवा शुल्क र उत्पत्तिको प्रमाण-पत्र जारी गर्दा लाग्ने शुल्कमा मूल्य अभिवृद्धि कर छुट दिइएको छ।
-वण्डेड वेयरहाउसको सुविधा अन्तर्गत निर्यातमूलक उद्योगले बैंक ग्यारेन्टीमा आयात गरेको कच्चा पदार्थबाट उत्पादित वस्तु समयमै निर्यात गर्न नसकेका उद्योगको लागि निर्यात गरी बैंक ग्यारेन्टी फुकुवा गर्ने म्याद २०७८ चैत मसान्तसम्म बढाइएको छ।
-अक्सिजन ग्याँस, लिक्विड अक्सिजन, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका अन्य जीवनदायक सामग्री र औषधी आयात, उत्पादन तथा विक्री वितरणमा लाग्ने भन्सार महसूल, मूल्य अभिवृद्धि कर र अन्त:शुल्क २०७८ पुस मसान्तसम्म छुट दिइएको छ।
-विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन विद्युतीयसवारी साधनको आयातमा अन्तःशुल्क पुरै खारेज गरी भन्सार महसुल समेत उल्लेख्य मात्रामा घटाइएको अर्थमन्त्रीले बताएका छन्।
-इन्डक्सन चुल्होको भन्सार महसुल दर घटाएर एक प्रतिशत कायम गरिएको छ भने रेफ्रिजेरेटर, ग्राइन्डर, राइसकुकर, पङ्खा लगायतका विद्युतीय उपकरणको अन्तःशुल्क खारेज गरी भन्सार महसुल घटाइएको छ।
-शिशु स्वास्थ्य र पोषणलाई बढावा दिन बच्चाले खाने दुधको भन्सार महसुल ५० प्रतिशत घटाइएको छ।
-साना करदातालाई लाग्दै आएको करको दर यथावत राखी पूर्वानुमानित आय विवरण बुझाउने कारोवारको सीमा २० लाखबाट २० लाख रुपैयाँ पुर्याइएको छ।
-कारोबारमा आधारित कर बुझाउने करदाताको कारोबारको सीमा ५० लाखबाट एक करोड पुर्याइएको छ।
-सामुहिक लगानी कोषको आयमा कर नलाग्ने व्यवस्था गरिएको छ।
-डेविट कार्ड, क्रेडिट कार्ड, क्यूआरकोड, स्क्यानटुपे लगायत अन्य विद्युतीय माध्यमबाट भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशतले हुने रकम उपभोक्ताले तत्काल फिर्ता पाउने व्यवस्था कार्यान्वयन गरिने भएको छ।

Source: Finance Mantra

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when B2 Business System posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share