Pahunch Legal Concern-PLC

Pahunch Legal Concern-PLC Law Firm

13/01/2023

"धन जमानी र जेथा वा अचल जमानी सम्बन्धी सर्वोच्च अदालतबाट प्रतिपादित भएको नजिर"
ने.का.प. २०६८, अङ्क ७, निर्णय नं.८६५६

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री भरतराज उप्रेती
संवत् २०६३ सालको WO– ११८५
आदेश मितिः २०६७।११।१७।३

मुद्दा : उत्प्रेषणमिश्रित परमादेश ।

निवेदकः बारा जिल्ला मझरीया गा.वि.स. वडा नं. १ बस्ने वासुदेव राउत अहिर समेत
बिरुद्ध
विपक्षीः बारा जिल्ला मझरीया गा.वि.स. वडा नं. १ बस्ने धुपिया अहिरनी समेत

१. धन जमानी स्वीकार गरी पुनरावेदन गर्न दिने कानूनी व्यवस्थाबमोजिम धनको सट्टा जेथा जमानी अस्वीकार गर्नुपर्ने हुन्छ वा हुँदैन भन्ने सम्बन्धमा कसैले त्यस्तो अचल जग्गा जमिनलाई जमानीस्वरुप राखेर कुनै व्यवहार गर्दछ भने त्यसलाई धनजमानीभन्दा कम महत्वको वा तल्लोस्तरको जमानी हो भनी भन्नु पर्ने अवस्था नरहने ।

२. धनजमानी र जेथा जमानी भन्ने दुई फरक शब्दावली प्रयोग भएको भए पनि यो प्रकृतिको जमानी पछाडि रहेको विषयवस्तु भनेको कुनै पनि व्यक्तिको धनसम्पत्ति नै हुन्छ चाहे त्यो चल होस् वा अचल । चल सम्पत्ति जमानी राखेमा यो धनजमानी भै माथिल्लो स्तरको जमानी हुने र अचल वा जेथा जमानी राखेमा त्यो तल्लो स्तरको जमानी हुने अवस्था समेत नदेखिने ।

३. धन जमानी होस् वा जेथा जमानी जेसुकै प्रकारको जमानी दिएपनि अदालतले हेर्ने भनेको उक्त जमानीबाट अदालतले भरी पाउने वा पक्षलाई भराई दिने अङ्क खाम्न सक्छ वा सक्दैन भन्ने मात्र हो । जेथा जमानी दिन ल्याएको अवस्थामा उक्त जेथा के कति मूल्य पर्ने हो, सो जेथाले तिर्नुपर्ने विगो वा लागेको जरीवाना असूलउपर हुन्छ वा हुँदैन भन्ने तथ्यमा आवश्यक विवेचना गरी यदि सो जेथाले तिर्नुपर्ने विगो र लागेको जरीवानाको अङ्क खाम्न नसक्ने भएमा अस्वीकार गर्न सक्ने ।

४. धनजमानी शब्द मात्र ऐनमा परेको जेथा जमानीको शब्द नपरेको भनी अत्यन्त संकीर्ण व्याख्या गरी निवेदकहरूले दिएको जेथा जमानी अस्वीकार गरी पुनरावेदन दर्ता गर्न इन्कार गर्ने गरेको निर्णय न्यायोचित नदेखिने ।

07/01/2023

मानसिक अस्वस्थताको दाबी (Defense of insanity) सम्बन्धमा स.अ. बाट प्रतिपादित नजिरः

पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ५ घर भई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका-३ बस्ने हाल कारागार कार्यालय, डिल्लीबजारमा कैदमा रहेका पारस भनिने अभिषेक कोइराला

विपक्षी / वादी : कपिलमणि रेग्मीको जाहेरीले नेपाल सरकार

मुद्दा: कर्तव्य ज्यान, नि.नं. १०६१४

१. आफूले गरेको काम थाहा नपाउने मानसिक अस्वस्थतामा रहेको दाबी गर्नेले सोको पुष्टि आफैँले गर्नुपर्ने हुन्छ र सो हुनसकेमा मात्र मानसिक अस्वस्थताको दाबी (defense of insanity) स्वीकार्य हुने ।

२. मानसिक रोगको विशेषज्ञबाट वैज्ञानिक विधि प्रक्रियाको आधारमा घटना घटेको समयमा प्रतिवादी आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मानसिक रूपमा अस्वस्थ रहेको पुष्टि गरेको हुनुपर्दछ । डाक्टरको त्यस्तो रायलाई घटना घटाउनु अघिपछि र घटना घटाएको समयको प्रतिवादीको व्यवहार गतिविधिले समेत थप पुष्टि गरेमा मात्र कानूनन: defense of insanity लाई स्वीकार्य मान्नुपर्ने ।

३. मानसिक रोगी भए पनि अभियुक्त / प्रतिवादी होसमा रहेको वा भएको घटनाको बारेमा बताउन सक्ने वा होसपूर्वक बयान दिनसक्ने वा आफूले घटाएको घटना गलत भनेर बुझ्न सक्ने अवस्थामा रहेको वा घटना घटाई त्यसको परिणाम थाहा पाई सोबाट बच्ने होसपूर्वकको प्रयास गरेको स्थितिमा यस्तो अवस्थालाई कानूनको प्रयोजनका लागि मानसिक अस्वस्थता नमानिने र अपराधबाट उन्मुक्ति दिन नसकिने ।

23/10/2022

नेपालीहरुको महान पर्व शुभ दिपावलीको अवसरमा सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिको लागि यस पहुँच लिगल कन्सर्न हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।।

17/10/2022

-----------------------------------------------
कम्पनी दर्ता अब मात्र रु ४४९९ मा !!!!!!!!!!!!!!
-----------------------------------------------
40% Discount मा आजै कम्पनि दर्ता गराउनुहोस,
हाम्रो सेवाहरु : -
--------------------------------------------------------
✅व्यावसाय दर्ता (Business Registration): कम्पनी, पान, बाणिज्य, घरेलु, वडा, अन्य
✅वार्षिक अधावधिक (Annual Compliance)
✅लेखा सम्बन्धी सेवा (Accounting Service): Monthly Accounts
✅कर सम्बन्धी सेवा (Taxation service): VAT विवरण, e-TDS, आय विवरण,D1,D2,D3 आय विवरण भर्ने, कर दाखिला गरी कर चुक्ता लिइदिने
✅ऋण / कर्जा परामर्श (Loan Assistance and Project report)
✅व्यवसाय नवीकरण (Business Renewals)
✅Trademark /Patent/ Copyright & Exim Code दर्ता तथा नविकरण

For more information
Contact us at
9841140883

Visit our office at tinkune for all kinds of legal services
16/10/2022

Visit our office at tinkune for all kinds of legal services

Address

Kathmandu
44600

Telephone

+9779841140883

Website

Alerts

Be the first to know and let us send you an email when Pahunch Legal Concern-PLC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pahunch Legal Concern-PLC:

Share