Hisab Kitab Consulting Hub

Hisab Kitab Consulting Hub For better service.

23/07/2026
करदाता उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ सार्वजनिकअर्थ मन्त्रालयले 'करदाता उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३...
21/07/2026

करदाता उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ सार्वजनिक
अर्थ मन्त्रालयले 'करदाता उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३' सार्वजनिक गरेको छ।
अब व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल (बीजक) लिने उपभोक्ताले नगद उपहार कार्यक्रममा सहभागी हुन सक्नेछन्। �

मुख्य व्यवस्था:
🎁 दैनिक नगद उपहार: रु. १,३३,०००
🎉 प्रत्येक १५ दिनमा बम्पर उपहार: रु. १०,००,०००
✅ व्यक्तिगत प्रयोजनका लागि लिएको बिल मात्र मान्य।
❌ व्यवसायिक खरिद, सरकारी निकायका बिल, टेलिफोन, विद्युत्, सवारी तथा हवाई टिकटका बिल भने कार्यक्रममा समावेश हुने छैनन्। �

३% समता शुल्क (श्रावण २०८३ देखि लागू) सम्बन्धी कानुनी दृष्टिकोणसमता शुल्क श्रावण २०८३ देखि लागू भए पनि, यसको लागू हुने आ...
13/07/2026

३% समता शुल्क (श्रावण २०८३ देखि लागू) सम्बन्धी कानुनी दृष्टिकोण

समता शुल्क श्रावण २०८३ देखि लागू भए पनि, यसको लागू हुने आधार Time of Supply (आपूर्तिको समय)हो, भुक्तानी प्राप्त भएको समय मात्र होइन।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ६(२)अनुसार, सेवाको Time of Supply देहायमध्ये जुन पहिले हुन्छ, त्यही समयमानिन्छः

1)सेवा प्रदान (Service Rendered) भएको समय,
2)बिजक (Invoice) जारी भएको समय, वा
3)सेवाको प्रतिफल (Payment) प्राप्त भएको समय।

अर्थात्, यी 1,2,3 मध्ये जुन घटना पहिले हुन्छ, त्यही नै Time of Supply हो।

त्यसैले, यदि शैक्षिक सेवा विद्यार्थीलाई श्रावण २०८३ भन्दा अगाडि नै प्रदान गरिएको हो भने, उक्त सेवाको Time of Supply पनि श्रावण २०८३ अघि नै भएको मानिन्छ। यस्तो अवस्थामा विद्यार्थीले शुल्क श्रावण २०८३ पछि तिरेको मात्र आधारमा ३% समता शुल्क थप गरी असुल गर्न मिल्दैन।करको दायित्व सेवा प्रदान भएको समय (Time of Supply) का आधारमा निर्धारण हुन्छ, भुक्तानी भएको समयका आधारमा होइन।

Application format for Tax clearance
12/07/2026

Application format for Tax clearance

30/06/2026

निर्माण व्यवसायीका लागि राहत: भुक्तानीमा ३०% VAT कट्टी व्यवस्था खारेज, मूल्य अभिवृद्धि कर नियमावलीको नियम ६ग. र अनुसूची ९ खारेज भएको छ ।

निर्माण व्यवसायीहरूले लामो समयदेखि भोग्दै आएको ठेक्कापट्टा तथा निर्माण कार्यको भुक्तानीमा हुने ३०% VAT स्रोत कट्टी (Withholding VAT) सम्बन्धी व्यवस्था अब औपचारिक रूपमा खारेज गरिएको छ।

भएको परिवर्तन

✔ आयोजनाहरू वा सरकारी निकायहरूले भुक्तानी गर्दा VAT रकमबाट ३०% कट्टी गर्न पाउने छैनन्।
✔ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले आफ्नो बिलमा उल्लेख भएको पूरा १३% VAT रकम भुक्तानीकै समयमा प्राप्त गर्नेछन्।

कम्पनी दर्ता हुनासाथ प्यान (PAN) नम्बर र प्रमाणपत्र पाइनेकम्पनी रजिष्ट्रारको कार्यालय (OCR) को CAMIS प्रणाली र आन्तरिक र...
30/06/2026

कम्पनी दर्ता हुनासाथ प्यान (PAN) नम्बर र प्रमाणपत्र पाइने
कम्पनी रजिष्ट्रारको कार्यालय (OCR) को CAMIS प्रणाली र आन्तरिक राजस्व विभाग (IRD) बीच विद्युतीय प्रणाली अन्तरआबद्धता (System Integration) पूर्ण रूपमा कार्यान्वयनमा आएको छ।
२०८३ वैशाख ३१ को समझदारी अनुसार असार १५ देखि यो प्रणाली लाइभ भएको हो। अब नयाँ दर्ता हुने कम्पनीहरूले स्थायी लेखा नम्बर (PAN) र प्रमाणपत्र छुट्टै कर कार्यालय नगई सिधै CAMIS प्रणालीबाटै डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन्।

26/06/2026

ट्राफिक नियम मिचेमा अब यति धेरै जरिवाना हुने (सवारी तथा यातायात व्यवस्था विधेयकमा प्रस्ताव गरिएको)

✅ लाइसेन्स नलिई गाडी चलाएमा : Rs.15,000
✅ सवारी चलाउँदा फोन प्रयोग गरेमा : Rs.10,000
✅ ट्राफिक संकेत पालना नगरेमा : Rs. 5,000
✅ ओभर स्पिडमा दुईपांग्रे चलाएमा : Rs. 25,000
✅ लेन अनुशासन पालना नगरी सवारी चलाएमा : Rs. 10,000
✅ मझौला तथा ठूला गाडी ओभर स्पिडमा चलाएमा : Rs. 50,000
✅ अवस्था ठिक नभएको सवारी चलाएमा : Rs. 5,000
✅ कागजात साथमा नराखी चलाएमा: Rs. 1,000
✅ सडकका ट्राफिक संकेत हटाए वा बिगारेमा : Rs. 5,000
✅ मादक पदार्थ सेवन गरी बाइक चलाएमा : Rs.25,000
✅ मादक पदार्थ सेवन गरी ठूला गाडी चलाएमा : Rs.50,000
✅ निषेधित क्षेत्रमा हर्न बजाएमा: Rs. 500

26/06/2026

📢 आर्थिक विधेयक, २०८३ अनुसारको कर छुट सुविधा अब कार्यान्वयनमा!

सरकारले आर्थिक विधेयकमार्फत ल्याएको विशेष छुट योजना लागू भइसकेको छ। योग्य करदाताहरूले समयमै विवरण तथा कर दाखिला गरी उल्लेखनीय कर छुटको लाभ लिन सक्नुहुन्छ।

प्रक्रिया (Steps to Follow):

1️⃣ IRD Portal मा जानुहोस्:

2️⃣ आफ्नो PAN/VAT नम्बर प्रविष्ट गर्नुहोस्।

3️⃣ आफूलाई लागू हुने छुट सम्बन्धी दफा/सेक्सन छनोट गर्नुहोस्।

4️⃣ कारोबार (Turnover) तथा खर्च (Expenses) विवरण प्रविष्ट गर्नुहोस्।

5️⃣ उपलब्ध भुक्तानी माध्यम (Payment Platform) छनोट गर्नुहोस्।

6️⃣ कर रकम भुक्तानी गर्नुहोस्।

✅ प्रक्रिया पूरा भएपछि आर्थिक विधेयक, २०८३ बमोजिम उपलब्ध कर छुट सुविधाको लाभ लिन सक्नुहुनेछ।

⏳ छुट सुविधाको समय सीमित हुन सक्ने भएकाले समयमै प्रक्रिया पूरा गर्नुहोस्।

Address

Gaushala
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779813057026

Website

Alerts

Be the first to know and let us send you an email when Hisab Kitab Consulting Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hisab Kitab Consulting Hub:

Shortcuts

Share