10/06/2026
बधाई छ दुबै माननीय मन्त्रीज्यूहरूलाई !
Right Man, Right Place!
आजबाट गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुने माननीय सुधन गुरुङ तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुने माननीय महावीर पुनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
गृहमन्त्रीका रूपमा पदभार ग्रहण गर्दै माननीय सुधन गुरुङले विसं २०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्ड सम्बन्धी सत्यतथ्य उजागर गर्न अघिल्ला प्रतिवेदनहरूको अध्ययनसहित थप अनुसन्धान अगाडि बढाइने घोषणा गर्नुभएको छ। लामो समयदेखि नेपाली जनताले उठाउँदै आएको विषयलाई पुनः प्राथमिकतामा राख्ने उहाँको प्रतिबद्धताले धेरैमा आशा जगाएको छ।
त्यसैगरी, सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट हुने चरित्र हत्या, साइबर दुर्व्यवहार तथा नेपाली चेलीबेटीहरूको सम्मानमाथि हुने आक्रमणका विरुद्ध कडा रूपमा प्रस्तुत हुने उहाँको भनाइ पनि स्वागतयोग्य छ। अभिव्यक्तिको स्वतन्त्रताको नाममा कसैको प्रतिष्ठा, आत्मसम्मान र जीवनमाथि खेलवाड हुन नदिने प्रतिबद्धता आजको आवश्यकता हो।
उता विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व सम्हाल्नुभएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक चेतनाका प्रतीक महावीर पुनप्रति पनि जनताले ठूलो आशा राखेका छन्। नेपालमा अनुसन्धान, नवप्रवर्तन, प्रविधि विकास र युवा प्रतिभाको उपयोगमार्फत देशलाई आत्मनिर्भर बनाउने अभियानमा उहाँको योगदान सबैलाई परिचित छ। विज्ञान र प्रविधिलाई प्रत्यक्ष रूपमा राष्ट्र निर्माणसँग जोड्ने उहाँको दृष्टिकोणले नेपालको विकास यात्रामा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।
एकातर्फ राष्ट्रिय महत्वका घटनाको सत्य खोज्ने प्रतिबद्धता, अर्कोतर्फ विज्ञान, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रको प्राथमिकतामा राख्ने सोच — यी दुवै पक्षले आजको मन्त्रिपरिषद्मा आशाको नयाँ सन्देश दिएको छ।
देशले खोजेको कुरा पदका लागि व्यक्ति होइन, जिम्मेवारीका लागि योग्य व्यक्ति हो। त्यस अर्थमा धेरै नेपालीले आज एउटै कुरा भनिरहेका छन् —
"Right Man in the Right Place."
दुवै माननीय मन्त्रीज्यूहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना।
゚viral