22/05/2026
युद्ध सधैं बन्दुकले मात्र हुँदैन।कहिलेकाहीँ युद्ध राष्ट्रको मस्तिष्क भित्र गराइन्छ,
पहिले देशमाथि आक्रमण गर्न सेना पठाइन्थ्यो,आज ideology पठाइन्छ,पहिले बम खसालिन्थ्यो तर आज narrative खसालिन्छ।Yugoslavia टुक्रियो…Libya मा शासन ढल्यो…Ukraine विश्व शक्तिको रणभूमि बन्यो…Pakistan कहिले प्रयोगशाला त कहिले साझेदारकेा अड्डा बन्येा…Iran र Venezuela दशकौँ देखि दबाबमा छन्…हरेक देशमा एउटै pattern देखिन्छ, पहिले समाजलाई विभाजित गर,पहिचानमा भिडा,धर्ममा तान, जातमा फुटा,media बाट emotion control गर, अनि NGO, propaganda, foreign interest र political agents मार्फत mindset कब्जा गर…त्यसपछि देश आफैंभित्रबाट कमजोर बन्छ।जब नागरिकले आफ्नो वास्तविक शत्रु चिन्न छोड्छन्,भने त्यसपछि देशलाई बाहिरबाट जित्नै पर्दैन।देश आफैंले आफैंलाई हराउन थाल्छ।आज नेपालमा नेपाली जनतालाई नै आफै पनि प्रश्न उठ्न थालेको छ —हामी विकासको बाटोमा छौं ? कि विस्तारै geopolitical chessboard बन्दैछौं ? किन हरेक मुद्दाहरु जाति बनाइन्छ ?धर्म बनाइन्छ ?प्रदेश बनाइन्छ ?पहिचान बनाइन्छ ? किन युवाको ऊर्जा उत्पादन, विज्ञान, उद्योग र राष्ट्रिय शक्ति निर्माणमा होइन,घृणा, reaction र digital युद्धमा खर्च भइरहेको छ ? संसारका शक्तिशाली देशहरू सधैं एउटै कुरा चाहन्छन् —कमजोर छिमेकी,विभाजित समाज,र आफ्नो हितअनुसार चल्ने नेतृत्व।त्यसैले सानो देशको सबैभन्दा ठूलो सुरक्षा हतियार र सेना मात्र होइन —सचेत जनताकेा स्वचेतना पनि हो।जब जनता भावनामा होइन चेतनामा सोच्न थाल्छन्,त्यही दिनबाट विदेशी narrative हार्न थाल्छ।नेपाल बचाउने हो भने पहिले नेपालीको सेाच बदल्दै नेपाली हुँ भन्ने भावना बिकास गर्नु र त्येा भावना सबै मिलेर बचाउनु आजकेा आवश्यकता हेा ।
नत्र भविष्यमा इतिहासले आफैले लेख्नेछ —
“देश बाहिरबाट होइन,भित्रैबाट हराइएको थियो…”
??????????????????????????????????????