28/08/2026
🚨 बाढी प्रभावितका लागि सहयोग गर्दा ठगीबाट सचेत रहौँ!
बाढी तथा विपद् प्रभावितहरूका लागि सहयोग गर्ने नाममा अनधिकृत QR कोड, व्यक्तिगत बैंक खाता वा शंकास्पद माध्यममा रकम जम्मा नगर्नुहोस्। यस्ता माध्यमबाट आर्थिक ठगी हुन सक्ने भएकाले विशेष सावधानी अपनाऔँ।
💰 सहयोग गर्नुअघि खाताको नाम अनिवार्य रूपमा यकिन गर्नुहोस्:
✅ PRIME MINISTER DISASTER RELIEF FUND
✅ DISASTER RELIEF FUND
✅ PDPU
उल्लिखित आधिकारिक खाताको विवरण/QR कोड यकिन गरेर मात्र रकम सहयोग गर्नुहोस्।
❌ व्यक्तिगत नामको बैंक खाता
❌ अनधिकृत वा शंकास्पद QR Code
❌ सामाजिक सञ्जालमा प्राप्त अपुष्ट QR/खाता विवरण
❌ हतारमा रकम पठाउन आग्रह गर्ने लिंक वा विवरण
विपद्का बेला सहयोग गरौँ, तर सहयोगको नाममा हुने वित्तीय ठगीबाट पनि आफू र आफ्नो रकमलाई सुरक्षित राखौँ।
👉 रकम पठाउनुअघि एकपटक होइन, दोहोर्याएर खाताको नाम र विवरण जाँच गरौँ।
सचेत बनौँ, सुरक्षित रहौँ, सही ठाउँमा सहयोग गरौँ। 🇳🇵