03/03/2026
मेरो उम्मेदवार कस्तो? चौथो कुराकानी नेपाल कम्युनिष्ट पार्टी माओबादी, डोटीका उम्मेदबार श्री प्रकाश कठायत ज्यूसँग। चुनाब चिन्हः गुलाफको फुल
देशैभर प्रतिनिधि सभा सदस्यको चुनाबको लहर चलेको छ। धेरै जना सायद आफ्नो अमूल्य मत दिन आफ्नो क्षेत्रमा पुगिसक्नु भयो होला र कोही यात्रामै हुनुहुन्छ होला। म पनि मेरो जिल्ला डोटी पुगेको छु र मतदान गर्न उत्साहित पनि छु। यो संगै अहिले आफूले मत दिने उम्मेदबारलाइ राम्रो संग चिन्ने मौका धेरैलाइ छैन र कतिपयले सामाजिक संजालबाटै चिन्ने र निर्णय गर्ने लहर देखिन्छ। यसैले यो पटक मेरो जिल्लावासीलाइ सहजताको लागि मैले केही दलका उम्मेदबारहरुसँग कुराकानी गरेको। कुराकानीको प्रमुख कारण, मेरो प्रतिनिधिलाइ मैले चिन्न, बुझ्न र सँगै डोटेलीबासी सबैलाई चिनाउन, बुझाउन हो।
कुराकानीको यो चौथो भिडीयो नेपाल कम्युनिष्ट पार्टी माओबादी, डोटीका उम्मेदबार श्री प्रकाश कठायत ज्यूसँग रहेको छ। आफ्नो उम्मेदवारलाइ राम्रो सँग चिन्न, बुझ्न यो भिडीयो पुरै हेर्नुहोला। आशा छ, यो कुराकानीले तपाइहरुलाइ आफ्नो मत दान गर्न सहजता मिल्नेछ।
सँगै यो भिडीयो नजिकका डोटेली जनतामा सेयर पनि गरिदिनुहोला। धन्यबाद।
@