24/02/2026
आजको समयमा TikTok, Instagram, Facebook Marketplace जस्ता प्लेटफर्महरूले साना तथा मझौला उद्यमीलाई ठूलो अवसर दिएका छन्।
दूरदराजका ग्राहकसम्म पुग्न सकिन्छ, ठूलो अफिस खर्च पनि चाहिँदैन। डिजिटल व्यवसायको यो सुन्दर पक्ष हो।
तर ध्यान दिनुहोस् ⚠️
Online व्यवसाय गर्नु भनेको बिना दर्ता र बिना कागजात व्यवसाय गर्नु होइन।
यदि तपाईंले:
• खरिदको मौलिक बिल नलिनु
• कर बिल (Tax Invoice) नदिनु
• ढुवानी/कुरियर कागजात नराख्नु
• लेखा–जोखा व्यवस्थित नराख्नु
भन्ने काम गर्नुभयो भने, भोलि आन्तरिक राजस्व विभाग वा अन्य सरकारी निकायले स्रोत माग्दा समस्या आउन सक्छ।
✅ Online आधारित साना तथा मझौला व्यवसाय गर्दा ध्यान दिनुपर्ने केही कुराहरू:
1. स्थानीय निकायमा व्यवसाय दर्ता गर्नुहोस्
2. खरिद गर्दा अनिवार्य रूपमा बिल लिनुहोस्
3. उत्पादनकर्ता भए उत्पादन ब्याच रेकर्ड व्यवस्थित राख्नुहोस्
4. कर बिल (Tax Invoice) कहिल्यै नछोड्नुहोस्
5. QR वा बैंक भुक्तानी कम्पनीकै खातामा लिनुहोस्
6. Payable, Receivable र Stock को स्पष्ट लेजर राख्नुहोस् 7. नियमित Audit गराउनुहोस्
8. Courier/Transportation का कागजात सुरक्षित राख्नुहोस्
9. अन्य कानुनी प्रक्रियाहरू पालना गर्नुहोस्
कमाएको आम्दानीको कर तिर्नु बोझ होइन, सुरक्षा हो।
कानुनी रूपमा बलियो व्यवसाय मात्रै दीर्घकालीन रूपमा टिकाउ हुन्छ।
डिजिटल रूपमा बढौं, तर कानुनी रूपमा बलियो बनौं।
सचेत बनौं, सुरक्षित बनौं। 🚀