Krishi Nepal -कृषि नेपाल

Krishi Nepal -कृषि नेपाल We Care your Agriculture Properties

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कोषमार्फत कर्जा वितरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको छ...
28/07/2020

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कोषमार्फत कर्जा वितरण गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले पाँच प्रकारका पुनर्कर्जाको सूची सार्वजनिक गरेको छ । जसअनुसार ऋणीले न्यूनतम तीन प्रतिशतदेखि अधिकतम सात प्रतिशतसम्म ब्याज तिरेर ऋण पाउन सक्नेछन् ।

पुनर्कर्जामार्फत दिइने ऋण र ब्याज सम्बन्धमा राष्ट्र बैंकले गरेको व्यवस्था :

साधारण पुनरकर्जा

जलविद्युत् परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरुले सञ्चालन गर्ने उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग र भौतिक पूर्वाधार निर्माण उद्योगमा प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक तीन प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ । यस्तो पुनर्कर्जा प्रदान गर्दा औद्योगिक व्यवसाय ऐन, २०७३ मा उल्लेख भएका अति अविकसित र अविकसित क्षेत्रका उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिनुपर्नेछ ।

पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भीमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, माथिल्लो मुस्ताङ, गढीमाई, जनकपुरधाम, रारा तथा खप्तड क्षेत्रमा सुविधा सम्पन्न र स्तरीय होटल स्थापना गर्न प्रदान गरिएका असल कर्जाको सुरक्षणमा वार्षिक तीन प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध हुनेछ ।

साधारण पुनर्कर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट सात प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् ।

विशेष पुनर्कर्जा

नेपाल सरकारबाट तोकिएका रूग्ण उद्योग, घरेलु तथा साना उद्योग, वैदेशिक रोजगारीको लागि प्रवाह भएको कर्जाको धितोमा वार्षिक एक प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध हुनेछ ।

अस्ट्रिच पालन, अलैँची खेती र मौरी पालन गरी निर्यात गरेमा निर्यात बराबरको रकम नबढ्ने गरी असल कर्जाको धितो सुरक्षणका आधारमा वार्षिक एक प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध हुनेछ ।

दलित, जनजाति, उत्पीडित, महिला, विपन्न वर्ग तथा समुदायका व्यक्तिद्वारा सञ्चालित साना व्यवसायमा प्रदान गरिएको असल कर्जाको धितो सुरक्षणमा वार्षिक एक प्रतिशत ब्याजदरमा पुनर्कर्जा उपलब्ध हुनेछ ।
विशेष पुनर्कर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक तीन प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् ।

निर्यात पुनर्कर्जा

निर्यात व्यवसायी फर्म/कम्पनीलाई निर्यातसम्बन्धी कागजातको आधारमा नेपाली मुद्रामा प्रवाह गरेको कर्जा र निर्यात प्रवर्द्धन उद्योगलाई प्रवाह भएको असल कर्जाको धितोमा वार्षिक एक प्रतिशत दरमा निर्यात पुनर्कर्जा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

निर्यात पुनर्कर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट वार्षिक तीन प्रतिशतभन्दा बढी ब्याज लिन पाइने छैन ।

निर्यात अन्तर्गत विदेशबाट विदेशी मुद्रा आम्दानी भएको अनुगमन सम्बन्धित बैंक तथा वित्तीय संस्थाले गर्नु पर्नेछ । साथै यस्तो भुक्तानी प्राप्त भएको मितिले चार दिनभित्र पुनर्कर्जाको साँवा तथा ब्याज एकमुष्ट रुपमा भुक्तानी गर्नु पर्नेछ ।

निर्यात पुनर्कर्जाको हकमा Deemed Exporter भइ उत्पादन कार्यमा समेत संलग्न भएको खण्डमा उत्पादन कार्यमा लिएको कर्जा वा निर्यातको लागि लिएको कर्जामध्ये कुनै एक तहको कर्जामा मात्र निर्यात पुनर्कर्जा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

साना तथा मझौला उद्यममा पुनर्कर्जा

परियोजना कर्जाको रुपमा साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित १५ लाख रुपैयाँसम्मको असल कर्जाको धितो सुरक्षणमा वार्षिक दुई प्रतिशत ब्याजदरमा पुनर्क‍र्जा सुविधा उपलब्ध गराइने छ ।

यस्तो पुनर्कर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट पाँच प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् ।

यसको अतिरिक्त राष्ट्र बैंकले आगलागी एवम् बाढी तथा डुबानबाट पीडित घरपरिवारलाई आवासीय घर पुनर्निर्माण र व्यवसाय फेरि सञ्चालन गर्न पनि पुनर्कर्जा प्रदान गर्ने भएको छ ।

Source: Ujjyalo online

Who is responsible?
28/07/2020

Who is responsible?

के भन्नु हुन्छ?
01/07/2020

के भन्नु हुन्छ?

नेपालमा सलह किरा आको सेयर गरेको भीडीयोहरुमा यसले गरेको नोक्सानी (जस्तो कि पातहरु खायर सखाप पारेको) देख्नमा आयन। सबै सखाप...
27/06/2020

नेपालमा सलह किरा आको सेयर गरेको भीडीयोहरुमा यसले गरेको नोक्सानी (जस्तो कि पातहरु खायर सखाप पारेको) देख्नमा आयन। सबै सखाप पार्छ, हरियो केही बॉकी राख्दैन भन्थे। पखेटा छन् उड्दै घुम्दै घुम फिर मात्र गर्न आको हुन सक्छ कि? हामी सर्पले टोक्ला नटोक्ला देख्न वित्तिकै मार्न तम्सी हाल्छौ । coexistence भन्ने नै बिर्र्सन्छौ। रोकथामका उपाय त गर्दै गरौ तर आत्तिई चॉही नहालौ कि?
Sita Magar

Ke ho Salah
https://www.facebook.com/1512858934/posts/10216366784351534/

सहुलियत कृषि कर्जा का बारेमा अनलाईन निसुल्क अन्त्रकिया   २०७७।०३।०६ गते शनिबार दिनको २ बजे   मोबाईल बा ल्यापटप मा Zoom A...
19/06/2020

सहुलियत कृषि कर्जा का बारेमा अनलाईन निसुल्क अन्त्रकिया २०७७।०३।०६ गते शनिबार दिनको २ बजे मोबाईल बा ल्यापटप मा Zoom APP खोलि तलको तलको लिन्क बाट सिधै सहभागि हुन सकिने छ ।
https://us02web.zoom.us/j/84205896770?pwd=b0RsUyswQkdrSGoyMEwrUUM3clYrQT09

फार्म मा राख्ने कामदार कस्तो हुनुपर्छ हेर्नु होस् यी १० कुरा!!(रुपन्देही मा गाई फार्म मा काम गर्ने एक कामदार ले ५ जनाको ...
10/06/2020

फार्म मा राख्ने कामदार कस्तो हुनुपर्छ हेर्नु होस् यी १० कुरा!!
(रुपन्देही मा गाई फार्म मा काम गर्ने एक कामदार ले ५ जनाको सामूहिक हत्या गरेको छ तसर्थ कामदार छनोट र व्यवस्थापन मा निम्न कुरा हरू ध्यान पुर्याउन जरुरी छ)
१. फ्यामली (श्रीमान/ श्रीमती / छोरा छोरी सहित ) सहित को कामदार लाई आवासको प्रबन्ध गरी करेसाबारी र आवश्कय बीउ उपलब्ध गराई दिनुहोस ताकी करेसा बारी बाट आफ्नै पौरख मा आफूलाई तरकारी उत्पादन गर्न सकुन् तसर्थ तरकारी किन्ने पैसाको बचत होस ।
२. चिने जानेको सकभर आफ्नै एरिया को भए राम्रो ।
३. उसलाई उक्त फार्म मालिक को मात्र होईन आफ्नो नि हो भन्ने बनाउनुस् त्यसका लागि वार्षिक / अर्धवार्षिक आम्दानी बाट आपसी समझदारीमा नाफाको केही भाग बोनस दिनुहोस ताकि बोनस को लोभ ले नि उत्पादन राम्रो गरी दिने हुन्छ ।
४. उसको मानसिक स्वास्थ्य को ख्याल गर्नुहोस उ संग दैनिक फार्म बाहेक को अन्य घरपरिवार र व्यावहारिक कुरा हरू पनि गर्नुहोस ।
५. मनोरञ्जन का साधन हरू को उपलाधता गराई दिनुहोस
६. काम दार राख्दा १महिना चाडपर्व भत्ता सहित १३ महिना को तलब र वर्षमा कम्तीमा पनि २८ दिन बिदा को व्यवस्था गरिदिनुहोस् यदि बिदा लिन नसकेको खण्डमा वार्षिक ७- १४ दिन को तलब आपसी समझदारीमा थप गरिदिनुहोस्
७. कामदार हरू काम को मूल्यांकन गरी सुधार गर्न पर्ने कुराहरु को समयमै जानकारी दिनुहोस्
८. काम भनेअनुसार की भएन भने १ महिना अघि जान कारी गराई काम बाट बिदा गरिदिनुपर्छ तर एकदमै ख्याल गर्नु पर्छ धेरै जसो दुर्घटना यही नेर हुने गर्छन् ।
९ मान्छे भर्ना गर्न सजिलो छ तर निकाल्न गारो छ तसर्थ राख्ने बेलामा एकदम विचार पुर्याउनु पर्छ ।
१०. सम्भव भए सम्म फार्म मा CC क्यामेरा नभए गार्ड को लागि कुकुर भए नि पाल्ने गर्नु होस्

२६ जेठ, रोल्पा । पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लागेका छन् । उनले बारी जोत्दै गरेक...
09/06/2020

२६ जेठ, रोल्पा । पूर्वसभामुख कृष्णबहादुर महरा पुर्ख्यौली गाउँ रोल्पा पुगेर खेतिपातीमा लागेका छन् । उनले बारी जोत्दै गरेको एउटा फोटो हालै सार्वजनिक भएको छ ।

तीन दिन उनी अगाडि रोल्पा गएका थिए । खेतिपातीको समय सुरु भएकाले उनले पुर्ख्यौली गाउँ आएको बताएका छन् ।

‘राजनीति गरेदेखि सधैं बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जोत्ने मौका नै मिलेको थिएन,’ उनले भने, ‘अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्ख्यौली घर आएका छौं ।’

पारिवारिक सदस्यहरुका अनुसार महरा बिहान र साँझ खेतीपातीमा व्यस्त हुन्छन् । दिउँसो भेटघाट र छलफलमा बिताउँछन् । महराका ज्वाइँ पूर्ण केसीले भने, ‘उहाँ पहिलेदेखि नै कडा परिश्रम गर्ने मान्छे हो, अहिले पनि उस्तै काम गर्नु हुन्छ । जोत्ने, खन्ने, छर्ने सबै काम आउँछ उहाँलाई ।’ उनलाई जेठो छोरा एटमले सघाउने गरेको केसी बताउँछन् ।

महराको सम्पत्ति विवरणमा रोल्पाको लिवाङमा दुई तले पुरानो शैलीको एउटा घर र एक तले एउटा गोठ तथा ८ रोपनी सुख्खा पाखो मात्रै रहेको उल्लेख छ । ती सम्पति पनि आफूले भोगचलन नगरी स्थानीय सहकारीलाई दिएको उनले सम्पति विवरणमा उल्लेख गरेका छन् । ती सम्पति सहकारीले फेरि महरालाई नै भोगचलन गर्न दिएको हो कि के हो भन्नेचाहिँ खुलेको छैन ।

यद्यपि महराका ज्वाइँसमेत रहेका रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले भने, धेरैजसो जग्गा रोल्पा पोलिटेक्निक कलेजलाई निःशुल्क दान गरेर थोरै पाखो बारी बाँकी राखेको र त्यसैमा महराले खनजोत गरिरहेको बताए ।

सभामुखजस्तो उच्च ओहोदामा पुगिसकेको व्यक्ति पनि कृषिकर्ममा संलग्न हुनुलाई रोल्पाली जनताले सकारात्मक रुपमा लिएको मेयर केसीले बताए । ‘कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको बेला कृषि उत्पादनलाई बढाउन गरिने गतिविधिलाई हामी सबैले सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने ।

सभामुख पदमा रहेकै बेला एक कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि महरा गत असोज १९ गते पक्राउ परेका थिए । तर फागुन ५ गते अदालतबाट सफाई पाएपछि उनी रिहा भएका थिए । उनले आफू राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएकाले फसाइएको बताउँदै आएका छन् ।

यो प्रकरणपछि महरा धेरैजसो समय आफू निर्वाचित भएको दाङ क्षेत्र नम्बर २ र आसपासका क्षेत्रमा कार्यकर्ता भेटघाटका लागि गइरहन्छन् । पछिल्लो पटक करिब एक साताअघि स्वास्थ्य सामग्रीहरु लिएर महरा दाङ गएका थिए । दाङबाट पनि उनी तीन दिन अगाडि रोल्पा पुगेका हुन् ।
Onlinekhabar

कोरोनाका कारण अर्थ–व्यवस्था थलिएका बेला बंगुरमा लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ नयाँ चुनौतीका रूपमा दैलोछेउमै आएर बसेको...
09/06/2020

कोरोनाका कारण अर्थ–व्यवस्था थलिएका बेला बंगुरमा लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ नयाँ चुनौतीका रूपमा दैलोछेउमै आएर बसेको छ। वैदेशिक रोजगारीमा समेत अवसर खुम्चिँदै गएको र विदेशमा रहेकासमेत धमाधम स्वदेश फर्किइरहेको वर्तमान परिवेशमा बंगुरपालनलगायत अन्य पशुपक्षीपालन र कृषि कर्म एउटा विकल्पका रूपमा हेर्न थालिएको छ। यस्तो बेला अफ्रिकन स्वाइन फिभरजस्तो उच्च संक्रामक नयाँ रोग नेपाल भित्रिएका खण्डमा बंगुरपालन र यसको आम्दानीमा आश्रित हजारौं किसान र व्यवसायीको रोजीरोटी खोसिन सक्छ।

भारतको आसम र अरुणाचल राज्यमा बंगुर प्रजातिमा देखिने कडा खालको संक्रामक रोग ‘अफ्रिकन स्वाइन फिभर’ त्यहाँको सरकारले २०७६ वैशाख २१ गते नै प्रमाणित गरिसकेको छ। यसको केही हप्ता अघि नै ती राज्यमा अज्ञात रोगका कारण बंगुर मर्ने क्रम सुरु भइसकेको थियो। भोपालको उच्च प्रविधियुक्त भेटिरिनरी प्रयोगशालामा परीक्षण गर्दा बंगुरमा अफ्रिकन स्वाइन फिभर भएको प्रमाणित भएको थियो।

नेपालमा करिब १४ लाख बंगुर/सुंगुर भएको सरकारी अनुमान छ। यसमध्ये आधा त प्रदेश १ मा मात्र छन्। त्यसपछि प्रदेश ५ र गण्डकीमा बढी बंगुर/सुंगुर पालिएका छन्। परम्परागत रूपमा केही जनजाति जस्तै: राई, लिम्बू, मगर, तामाङ तथा पहाड र तराईमा दलित समुदाय बंगुर/सुंगुर पालनमा बढी संलग्न छन्। बंगुर/सुंगुर पालनबाट हुने आम्दानी विशेष गरी ती समुदायभित्रका गरिबको मुख्य आय स्रोत बनिरहेको छ। च्वाँचे, हुर्राजस्ता रैथाने जातका अलावा केही दशकयता नेपालमा विभिन्न आधुनिक जातका बंगुर राखेर व्यावसायिक पालनसमेत बढ्दै गइरहेको छ। पूर्वी क्षेत्रतिर विभिन्न जातका बंगुर मिसाएर नेपालमै विकास गरिएको पाख्रिबास कालो जातको बंगुर निकै लोकप्रिय छ।

यस रोगको फैलावटको इपिडेमियोलजिकल प्रकृति अध्ययन गर्ने हो भने यो जुनसुकै बेला पनि नेपाल छिरेर बंगुरपालन व्यवसायलाई ध्वस्त बनाइदिन सक्ने जोखिम छ। सर्वप्रथम सन् १९२१ मा अफ्रिकाको केन्यामा देखिएको यो रोग केही दशकसम्म सब– साहारन अफ्रिकी महादेशका देशमा रैथाने रोगका रूपमा रहिरह्यो। अफ्रिका महादेशबाहिर पहिलोपल्ट युरोपको पोर्चुगलमा सन् १९५७ मा यो रोग देखापरेको थियो। सन् ६०, ७० र ८० को दशकतिर विभिन्न युरोपेली मुलुकको बंगुरपालनमा चुनौती बनेको यो रोग अन्ततः धेरै लगानीपश्चात् युरोपबाट लगभग उन्मूलन नै भएको थियो। तर सन् २००७ मा फेरि जर्जिया हुँदै रसिया, लिथुवानिया, बेल्जियम, हंगेरीलगायत केही युरोपेली मुलुकमा यो रोग पुनः देखापरेको छ।

एसिया महादेशमा पहिलोपल्ट २०१८ अगस्टमा चीनमा यो रोग प्रमाणित भएको थियो। त्यसयता एसियाका विभिन्न मुलुक भियतनाम, कम्बोडिया, उत्तर र दक्षिण कोरिया, लाओस, मंगोलिया, इन्डोनेसिया, फिलिपिन्स र म्यानमारमा यो महामारी देखापरिसकेको छ। यस रोगका कारण चीनमा मात्रै लाखौं बंगुर मरेका छन् भने रोग अन्यत्र फैलिन नपाओस् भनी नियन्त्रणका लागि थप लाखौं बंगुर यो २ वर्षका बीच मारिएका छन्। भियतनाममा मात्र ६० लाख बंगुर मारिएको तथ्यांक छ।

यसरी एसियाका विभिन्न मुलुकमा फैलिँदै गएको यो नयाँ रोग सन् २०२० को मे महिनाको पहिलो हप्ता (२०७७ वैशाख) भारतमा धेरै बंगुरपालन गरिने आसाम र अरुणाचल राज्यमा आइपुग्यो। आसाममा मात्र यस रोगका कारण हजारौं बंगुर मरिसकेका छन् भने त्यहाँको राज्य सरकारले थप केही हजार बंगुर नष्ट गरेको छ।

नेपालको बंगुरपालन धेरै भएको पूर्वी क्षेत्रका जिल्लाका मानिस र आसामका बासिन्दाबीच आवतजावत बाक्लो भएको र बंगुर तथा बंगुरको मासुसमेत लाने/ल्याउने क्रम चलिरहेका बेला नेपालमा जुनसुकै बखत पनि ‘अफ्रिकन स्वाइन फिभर’ छिरेमा अचम्म हुने छैन। इपिडेमियोलाजीको हिसाबले यो नयाँ र कडा रोग भएका कारण यसले नेपालका बंगुरपालनमा ठूलो क्षति पु-याउने देखिन्छ।

अफ्रिकन स्वाइन फिभरजस्तो उच्च संक्रामक नयाँ रोग नेपाल भित्रिएका खण्डमा बंगुरपालन र यसको आम्दानीमा आश्रित हजारौं किसान र व्यवसायीको रोजीरोटी खोसिन सक्छ।

यो रोग लाग्दा रोगको भाइरसको क्षमता हेरी कुनै खोरमा रहेका सबै (शतप्रतिशत) बंगुर बिनालक्षण रातारात मर्न सक्छन् भने कुनै खोरमा ४० देखि ४२ डिग्री सेल्सियससम्मको ज्वरो आउने, बंगुर झोक्राएर एकै ठाउँमा थुप्रिने, शरीरमा रगत जमेका धब्बा देखिने, कानका टुप्पामा रगत जमेर कालोनीलो बन्ने र केही दिनभित्रै ठूलो संख्यामा बंगुर मर्ने हुन्छ। मन्द खालको भाइरस भएमा मृत्युदर केही कम हुन्छ। तर बंगुरका अन्य केही रोग जस्तै : बंगुरको हैजा, साल्मोनेलोसिस, स्वाइन इरिसेपिलस, पिआरआरएस, स्वाइन अजेस्की डिजिजलगायत रोग र विषादीजन्य समस्यामा समेत समान खालका लक्षण देखिने हुँदा रोग एकिन गर्न प्रयोगशालामा परीक्षण गर्न अत्यावश्यक हुन्छ।

यस रोगबाट संक्रमित भई बाँचेका बंगुरले महिनौंसम्म रोगवाहक बनिरहने हुँदा सामान्यतया रोग प्रमाणित भएको केही किलोमिटर दूरीभित्र रहेका अन्य बंगुर पनि सरकारले नै मार्ने र किसानलाई क्षतिपूर्ति दिने अन्तर्राष्ट्रिय अभ्यास छ। यस रोगको सबैभन्दा सुखद पक्ष भनेको यो मानिसमा सर्दैन। तर जंगली बँदेलमा समेत यो रोग देखिन सक्ने हुँदा घरपालुवा बंगुर/सुंगुरका अलावा वन्यजन्तुको हिसाबबाट पनि यो रोग खतरापूर्ण छ।

अहिलेसम्म यो रोग नेपालमा भित्रिनसकेको हुँदा बेलैमा पूर्वतयारी तीव्र बनाउन जरुरी छ। यसअन्तर्गत रोग रोकथाम÷नियन्त्रणका लागि आवश्यक ऐन–कानुन, आदेश तर्जुमा, प्रयोगशाला व्यवस्थापन, सर्भिलेन्स प्रणालीको विकास, पशु क्वारेन्टिनको सुदृढीकरण, पशु चिकित्सक तथा प्राविधिक र बंगुरपालक किसानको क्षमता अभिवृद्धि, बंगुरपालनमा जैविक सुरक्षा बलियो बनाउने, बंगुर आयात र ओसारपसार गर्दा पशु चिकित्सकको स्वस्थताको प्रमाणपत्र व्यवस्थामा ध्यान दिन आवश्यक देखिन्छ।

अहिले काठमाडौंबाहिरका चारवटा भेटेरिनरी प्रयोगशाला कोरोना परीक्षणमा प्रयोग भइरहेको हुँदा यो नयाँ रोग र बर्डफ्लु देखिन थालेमा थप चुनौतीपूर्ण हुने देखिन्छ। केन्द्रसँगै प्रदेश, स्थानीय सरकारसमेत आफ्नो क्षेत्रमा यो नयाँ रोग भित्रिएला कि भन्ने कुरामा चनाखो हुन आवश्यक देखिन्छ।

यो रोगविरुद्ध अहिलेसम्म कुनै औषधि÷खोप उपलब्ध छैन। त्यसकारण सरकार र किसान मिलेर जैविक सुरक्षाका उपाय अपनाई बंगुरको सुरक्षा गर्नु नै एक मात्र उपाय हो। सबै ध्यान कोभिड–१९ मा केन्द्रित भइरहँदा यसै पनि यो महामारीले थिलथिलो पारेको अर्थतन्त्रमा यो नयाँ चुनौती भरसक नआओस् र आइहाले पनि तुरुन्तै नियन्त्रण गर्न सकिने गरी राज्य संयन्त्र तयार रहन आवश्यक देखिन्छ।
- डा सुरेन्द्र कार्की , डा नवीन उपाध्याय को नागरिकन्यूज मा प्रकाशित लेख बाट

04/06/2020

काठमाण्डाै – कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सामाजिक सञ्जालमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो ....

Address

काठमाडौं नेपाल
Kathmandu
977

Telephone

+9779863220493

Website

Alerts

Be the first to know and let us send you an email when Krishi Nepal -कृषि नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Krishi Nepal -कृषि नेपाल:

Share