20/04/2026
गृहमन्त्री सुदन गुरुङ र सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका बि*चौलिया दीपक भट्टबीच आर्थिक सम्बन्ध रहेको प्रमाण सार्वजनिक भएको छ । दीपक भट्टजस्तो वि*वादित व्यक्तिसँग सम्बन्ध देखिने समूहमा गृहमन्त्री सुदन गुरुङको लगानी भेटिनु स्वाभाविक रूपमा गम्भीर प्रश्न उठाउने विषय हो ।
व्यवसायमा लगानी गर्नु गलत होइन, तर लगानी कहाँ र कसरी गरिएको छ भन्ने कुराले प्रश्न उब्जाउँछ । यदि लगानी गरिएको कम्पनी र त्यससँग जोडिएका व्यक्तिहरू विवादित छन् भने, त्यसले नैतिक र कानुनी दुवै कोणबाट प्रश्न उठाउँछ ।
अब गृहमन्त्रीमाथि प्रश्न उठिसकेपछि उनले स्वयं आफ्नो लगानीको स्रोत खुलाउनुपर्छ र वि*वादित व्यक्तिहरुसँगको सम्बन्ध तथा लगानीबारे स्पष्ट पार्नुपर्छ । सार्वजनिक पदमा बसेपछि आफूमाथि उठेका प्रश्नहरुलाई बेवास्ता गर्नु गृहमन्त्रीका लागि उचित हुँदैन । बरु, यस्ता प्रश्नहरूमा जवाफदेही भई आफूलाई पारदर्शी रूपमा प्रस्तुत गर्नु नै उचित हुन्छ । प्रश्न उठेका छन्, आशा गरौँ, गृहमन्त्रीबाट जवाफ पनि आउनेछ ।