30/05/2020
Budget 2077/78
• कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड
-चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड
-पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड
-वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड
• आर्थिक वर्ष २०७६/७७ को आय विवरणअनुसार घरेलु लघु घरेलु तथा साना उद्योगी र व्यवसायीलाई करमा विशेष छुट
२० लाखसम्म वार्षिक कारोबार गर्नेलाई ७५% छुट
२० देखि ५० लाखसम्म कारोबार गर्नेलाई ५० प्रतिशत छुट
५० देखि एक करोडसम्म कारोबार गर्नेलाई २५ प्रतिशत छुट
• चुरोट, सिगार, पान, गुट्खालगायतका बस्तुमा कर वृद्धि!
• सरकारले आगामी आर्थिक वर्षका लागि ससर्त अनुदानतर्फ प्रदेशलाई ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई एक खर्ब ६१ अर्ब ८ करोड विनियोजन गरेको छ!
• सरकारले आगामी आर्थिक वर्ष २०७७/७८का लागि स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ!
• २ लाख रोजगारी सिर्जना गर्न ११ अर्ब ६० करोड विनियोजन
सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ!
• कोरोना उपचारमा संलग्न चिकित्सकलगायतलाई प्रोत्साहन भत्ता, ५ लाखसम्मको निशुल्क स्वास्थ्य बिमा!
• कृषि पकेट क्षेत्रका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन!
• अबदेखि स्वास्थ्य स्वयंसेविकाहरुलाई यातायात खर्च दोब्बर!
• चुरे संरक्षणका लागि १ अर्ब ५५ करोड विनियोजन!
• कृषकलाई रासायनिक मलमा ११ अर्ब अनुदान, उखु किसानलाई ९५ करोड!
• सरकारले पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड रकम छुट्याएको छ!
• सुरक्षाकर्मी र कर्मचारीको पोसाक नेपालमै उत्पादन गरिने!
• विदेशी मुद्रा सञ्चिति एक खर्ब १७ अर्बले वृद्धि भइ ११ खर्ब ५६ अर्ब पुगेको छ!
• स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड विनियोजन!
• राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ६ अर्ब बजेट!
• कोरोना प्रभावितलाई ऋण दिन ५० अर्बको छुट्टै कोष!
• आगामी वर्ष साक्षर नेपाल घोषणा गरिने!
• राजमार्गका बढी सडक दुर्घटना हुने क्षेत्रमा ट्रमा सेन्टर स्थापना गर्न र मुलुकभर एउटै फोन नम्बरमा सर्वसुलभ तरिकाले एम्बुलेन्सको सेवा लिन पाउने व्यवस्था!
• स्वास्थ्य मन्त्रालयको बजेट वृद्धि गरी ९० अर्ब ६९ करोड!
• वाणिज्य बैंकले प्रतिशाखा कम्तीमा १० र विकास बैंकले प्रतिशाखा कम्तीमा ५ जनालाई सहुलियतपूर्ण ऋण दिने व्यवस्था राष्ट्र बैंकमार्फत मिलाइने छ!
• सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड विनियोजन!
• आगामी वर्ष दूध, तरकारी र मासुजन्य बस्तुको उत्पादनमा आत्मनिर्भर हुने गरी लक्षित कार्यक्रम लागू गरिनेछ!
• भूमिहीन दलित पहिचान गरी बसोबासको व्यवस्था गरिनेछ!
• कृषि क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप गराउने तथा विभिन्न प्राविधिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आयआर्जन गर्ने व्यवस्था मिलाईने!
• कृषि ऋणमा सहज पहुँच पुर्याउन 'किसान क्रेडिट कार्ड' को व्यवस्था गरिनेछ!
• सुनकोसी-मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको टनेल निर्माणको कार्य सुरु गर्नका लागि २ अर्ब ४६ करोड विनियोजन!
• उखु किसानलाई अनुदान दिन ९५ करोड विनियोजन गरिएको छ!
• नेपाल एकीकरणको इतिहाससँग जोडिएका गढी र किल्ला र बाटोको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ!
• पहाडी र हिमाली क्षेत्रका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गरी सुविधायुक्त हिल स्टेसनका रुपमा विकास गरिनेछ!
• सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्न र स्थानीय तहमा थप १३० वटा औद्योगिक ग्राम स्थापना गर्न २ अर्ब ६४ करोड विनियोजन!
• आगामी वर्ष नवलपरासीको धौवादीबाट फलाम खानीबाट उत्पादन सुरु गर्न पहुँच मार्ग निर्माण र मेसिनरी जडान गरिनेछ!
• आधारभूत शिक्षा प्रदान गरिरहेका मदरासा, गुरुकुल, गुम्बालगायतबाट आधुनिक शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइनेछ!
• १३ लाख ४० हजार छात्रालाई स्यानिटरी प्याड नि:शुल्क उपलब्ध गराउन स्थानीय तहलाई ससर्त अनुदानको व्यवस्था गरिनेछ!
• शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वयन गर्न एक खर्ब ७१ अर्ब ७१ करोड विनियोजन!
• महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि एक अर्ब १४ करोड रुपैयाँ विनियोजन!
• मेलम्ची खानेपानी आयोजनाको आधारभूत पूर्वाधार निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुमै काठमाडौं उपत्यकामा वितरण गर्ने व्यवस्था मिलाईने
• माथिल्लो तामाकोसी, रसुवागढी, सान्जेन र मध्यभोटेकोसी जलविद्युत आयोजनाबाट थप एक हजार ३ सय मेगावाट विद्युत उत्पादन हुनेछ!
• आगामी वर्ष भक्तपुर,ललितपुर,चितवनजस्ता ठूला सहरमा बिजुलीको तार भूमिगत बनाइनेछ!
• नवलपरासी पूर्व र रुकुम पूर्व जिल्ला सदरमुकामहरुको पूर्वाधार विकास गर्न तथा मध्यपहाडी लोकमार्गमा पर्ने १० सहरको पूर्वाधार विकासका लागि २ अर्ब विनियोजन!
• एक लाख सुरक्षित आवास निर्माण गर्न साढे तीन अर्ब रुपैयाँ बजेट विनियोजन!
• पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि १२ अर्ब २१ करोड विनियोजन गरिएको छ!
• सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण सुरु गरिनेछ!
• काठमाडौं-निजगढ फास्ट ट्रयाक निर्माणकार्य आगामी ३ वर्षभित्र सक्नका लागि ८ अर्ब ९३ करोड विनियोजन!
• सबै स्थानीय तहका केन्द्रबाट प्रदेश राजधानीसम्मको सडक कालोपत्रे गर्न बजेट विनियोजन!
• सबै प्रकारका अस्थायी साँघुलाई प्रतिस्थापन गर्न निर्माणाधीन २ हजार २ सय झोलुङ्गे पुल निर्माणका लागि ५ अर्ब २ करोड विनियोजन!
• रानीपोखरी, धरहरा र सिंहदरबारको मूल भवनको पुनर्निर्माण आगामी वर्षभित्र सम्पन्न गरिने!
• आगामी वर्षभित्र देशभर 4G सेवा विस्तार गरिने!
• सबै प्रदेशमा विधिविज्ञान प्रयोगशाला निर्माण गरिने!
• सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको थप ३९ बोर्डर आउट पोस्ट निर्माणको लागि बजेटको व्यवस्था गरिएको छ!
• आगामी वर्षदेखि विद्युतीय राहदानी कार्यक्रम लागू गरिनेछ!
• प्रशासनिक खर्चमा मितव्ययिता अपनाइने : वैदेशिक भ्रमण, कार्यालय सञ्चालन, फर्निचरलगायतमा उल्लेख्य रुपमा बजेट कटौती!
• कोरोनाविरुद्धको लडाइँको अग्रमोर्चामा खट
https://www.facebook.com/100024720334012/posts/693654818135190/?d=n