LAMP Empowering Nepal

LAMP Empowering Nepal Lamp Empowering Nepal is a service provider company/organization founded in 2022 by enthusiastic women.

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। LAMP Empowering Nepal family
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
LAMP Empowering Nepal family

हाँसो, खुशी र उज्यालो रंगले भरिपूर्ण होलीको शुभकामना। - LAMP Empowering Nepal
02/03/2026

हाँसो, खुशी र उज्यालो रंगले भरिपूर्ण होलीको शुभकामना।
- LAMP Empowering Nepal

04/01/2026
शुभ-दिपावली २०८२ को हार्दिक शुभकामना! लक्ष्मी माताको कृपाले सबैको घरमा धन, धान्य र सुख-समृद्धि बढोस् । Happy Dipawali- ल...
20/10/2025

शुभ-दिपावली २०८२ को हार्दिक शुभकामना! लक्ष्मी माताको कृपाले सबैको घरमा धन, धान्य र सुख-समृद्धि बढोस् । Happy Dipawali
- ल्याम्प इम्पावरिङ्ग नेपाल परिवार🙏

डिजीटल साक्षरता के हो ?इन्टरनेट, मोबाइल, कम्प्युटर तथा अन्य डिजीटल साधन चलाउँदा सही, सुरक्षित, जिम्मेवार तथा सचेत तरिकाल...
08/10/2025

डिजीटल साक्षरता के हो ?

इन्टरनेट, मोबाइल, कम्प्युटर तथा अन्य डिजीटल साधन चलाउँदा सही, सुरक्षित, जिम्मेवार तथा सचेत तरिकाले जानकारी लिने सीप वा कला नै डिजीटल साक्षरता हो । यसले प्रयोगकर्तालाई इन्टरनेटमा भेटिने कैयन सुचनाहरु गलत हुन वा सही हुन् भनेर छुट्याउने क्षमता दिन्छ ।

डिजीटल साक्षर प्रयोगकर्ताले के गर्छन् ?

➤ सही र विश्वसनीय सुचना मात्र शेयर गर्छन्
➤ सभ्य भाषाको प्रयोग गर्छन्
➤ सुचना सही हो वा होइन जाँच गर्छन्
➤ सुविधाका लागि अनलाइन प्लेटफर्मको प्रयोग गर्छन्

डिजीटल साक्षर प्रयोगकर्ताले के गर्दैनन् ?

➤ अफवाह, हल्ला वा फेक सुचना फैलाउँदैनन्
➤ गलत कुराको प्रचार गर्दैनन्
➤ आफ्ना व्यक्तिगत पासवर्ड र सुचनाहरु अरुलाई दिदैँनन्
➤ अज्ञात लिंकमा क्लिक गरेर जोखिम लिँदैनन्
➤ अरुको फोटो, भिडियो वा लेख आफ्नो भनेर प्रयोग गर्दैनन्
➤ फेक आइडी बनाएर मिथ्या सुचना प्रचार गर्दैनन्
➤ घ«णात्मक टिप्पणी गर्दैनन्

डिजीटल साक्षर मानिसहरु केबल इन्टरनेट चलाउँदैनन्, त्यहाँ भएका जानकारीहरुलाई सही तरिकाले प्रयोग गर्छन, जिम्मेवार नागरिक बनेर सही सुचनाको मात्र प्रचार गर्छन् । अत: हामी सबै जिम्मेवार र सचेत नागरिक बनौँ । सामाजिक सञ्जालमा सभ्य भाषामा आफ्ना भनाइहरु राखौँ । उत्तेजना फैलाउने खालका स्टाटस तथा सामाग्रीको प्रचार नगरौँ ।



Picture source: zorgle.co.uk

नेपालीहरुको महान चाड विजयादशमी २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।। LAMP Empowering Nepal
30/09/2025

नेपालीहरुको महान चाड विजयादशमी २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।।
LAMP Empowering Nepal

कानुनी साक्षरता सम्बन्धी अभिमुखीकरण सम्पन्न । विद्यार्थीहरुलाई लक्षित गरी तयार पारिएको कानुनी साक्षरता सम्बन्धी अभिमुखीक...
27/09/2025

कानुनी साक्षरता सम्बन्धी अभिमुखीकरण सम्पन्न ।

विद्यार्थीहरुलाई लक्षित गरी तयार पारिएको कानुनी साक्षरता सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।
उक्त अभिमुखीकरणमा काठमाडौँको कान्तिपुर एकेडेमीमा कक्षा ९ र ११ मा अध्ययनरत २१ महिलासहित ३७ जना विद्यार्थीको सहभागिता रहेको थियो । दैनिक जिवनमा कानुनी ज्ञानको महत्व, नेपालमा भएका मुख्य कानुनी व्यवस्था र कानुनी प्रणालीबारे जानकारी, मौलिक हक र कर्तव्यको सही र कानुनी प्रयोग, उत्तरदायी व्यवहार तथा अन्यायबारे विद्यमान उजुरी प्रणाली र सामुदयिक सचेतना जगाउने उदेश्यका साथ कान्तिपुर एकेडेमी र ल्याम्प इम्पावरिङ्ग नेपालले संयुक्त रुपमा अभिमुखीकरणको आयोजना गरेको हो ।
अभिमुखीकरणमा कानुन र कानुनी साक्षरताको महत्व, नेपालको संविधान, मौलिक हक तथा कर्तव्यहरु, मानव अधिकार, लैगिंक समानता सम्बन्धी कानुनी प्रावधानहरु, विद्यार्थीले जान्नैपर्ने विद्यमान कानुनी व्यवस्था तथा ऐनहरु, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनका मुख्य बुँदाहरु, उजुरी तथा गुनासो सुनुवाई प्रणाली लगायतका विषयहरु समावेश गरिएको थियो ।
अभिमुखीकरणमा विद्यार्थीहरुको सक्रिय सहभागिता थियो भने नेपाली कानुन प्रणालीबारे धेरै कुराको ज्ञान भएको उनीहरुको प्रतिक्रिया थियो ।
कार्यक्रमको सहजीकरण ल्याम्प इम्पावरिङ्ग नेपालको टिमले गरेको थियो । ल्याम्प इम्पावरिङ्ग नेपालले विद्यालय तथा समुदाय स्तरमा कानुनी, विपद् जोखिम व्यवस्थापन, जलवायु परिवर्तन, लैगिंक समानता लगायतका विषयमा तालिम, गोष्ठी तथा योजना तर्जुमा, कार्ययोजना, कार्यविधि निर्माण्का क्षेत्रमा कार्य गर्दै आएको छ ।

𝐃𝐢𝐝 𝐲𝐨𝐮 𝐊𝐧𝐨𝐰 ?Nepal’s Cybercrime Prevention Law protects citizens from online harassment, fraud, and misuse of personal ...
31/08/2025

𝐃𝐢𝐝 𝐲𝐨𝐮 𝐊𝐧𝐨𝐰 ?

Nepal’s Cybercrime Prevention Law protects citizens from online harassment, fraud, and misuse of personal information. Cybercrime such as hacking, online fraud, harassment, or spreading false information can lead to 3–5 years of imprisonment and fines up to NPR 500,000.

𝐒𝐭𝐚𝐲 𝐒𝐚𝐟𝐞 𝐚𝐧𝐝 𝐛𝐞 𝐫𝐞𝐬𝐩𝐨𝐧𝐬𝐢𝐛𝐥𝐞 𝐨𝐧𝐥𝐢𝐧𝐞.



Image: google

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when LAMP Empowering Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LAMP Empowering Nepal:

Share