Bishnujeet Royal Homes

Bishnujeet Royal Homes Engineering Perfection | Vastu Alignment | Royal Resort and Agro Tourism | Adventure DPR Expert।

24/08/2026

When doing business, one must also take responsibility for a certain part of the world.

मान्छे जति सम्पन्न र शिक्षित भए पनि सडकको छेउवाट हिड्न र खोला तर्न सक्नुपर्छ। मान्छेलाई छाता हैन्, रुख-विरुवाको खाँचो छ ...
15/08/2026

मान्छे जति सम्पन्न र शिक्षित भए पनि सडकको छेउवाट हिड्न र खोला तर्न सक्नुपर्छ।

मान्छेलाई छाता हैन्, रुख-विरुवाको खाँचो छ ।

#

दिगो र वातावरणमैत्री घर बनाउनुस्, भविष्य सुरक्षित पार्न! 🌿🏡परियोजना बनाउँदा इँटा र सिमेन्ट मात्र होइन, प्रकृतिको ख्याल र...
14/08/2026

दिगो र वातावरणमैत्री घर बनाउनुस्, भविष्य सुरक्षित पार्न! 🌿🏡

परियोजना बनाउँदा इँटा र सिमेन्ट मात्र होइन, प्रकृतिको ख्याल राख्नु पनि उत्तिकै जरुरी छ जहाँ इको-फ्रेन्डली निर्माण सामग्री छान्नुको फाइदाहरू:
✅ कम बिजुली खपत: प्राकृतिक तापक्रम नियन्त्रण हुने हुँदा एसी र हिटरको खर्च घट्छ।

✅ दीर्घकालीन बचत: मर्मतसम्भार कम लाग्ने र घरको आयु लामो हुने।

✅ स्वस्थ वातावरण: हानिकारक रसायनमुक्त हावा, जसले परिवारको स्वास्थ्य सुरक्षित राख्छ।

✅ प्रकृतिको रक्षा: कार्बन उत्सर्जन कम गरी वातावरण जोगाउन मद्दत।

✅ उच्च सम्पत्ति मूल्य: भविष्यमा 'ग्रीन बिल्डिङ' को माग र बजार मूल्य उच्च हुनेछ।

स्मार्ट र दिगो एकिकृत कृषि र Hospatality क्षेत्रको गतिशील संस्था - Bishnujeet Royal Homes ले दिगो व्यापारिक मोडेलमा ऊर्जा बचत र कम मर्मत खर्चका कारण दीर्घकालीन मुनाफाको ग्यारेन्टीको सारथी !!!

🤝📍कुनै योजना परामर्शका लागि सदैव तयारी।

#

12/08/2026

नेपालमा वैकल्पिक पर्यावरणीय ऊर्जा अभ्यास र यसको तात्पर्यता

हालको समयमा विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तन र पेट्रोलियम पदार्थको बढ्दो मूल्यवृद्धिले गर्दा नवीकरणीय र वातावरणमैत्री ऊर्जाको खोजी अनिवार्य छ। भविष्यमा यस पृथ्वीमा हरेक वस्तुको संकट पार विन्दु पार गरेर जानेछ । यसको दिगो अभ्यास नेपाल जस्तो देशका लागि वर्षेनी खर्बौँ रुपैयाँको इन्धन आयातीत हुन्छ, वैकल्पिक पर्यावरणीय ऊर्जा (Alternative Green Energy) को अभ्यास आर्थिक र वातावरणीय दुवै दृष्टिकोणले अपरिहार्य बनिसकेको छ।

नेपालले आफ्नो भौगोलिक बनावट र उपलब्ध प्राकृतिक स्रोतका आधारमा विभिन्न पर्यावरणीय ऊर्जाका प्रविधिहरूमा सबल देखिन्छन् र केही साना साना अभ्यासहरु अपनाउँदै आएको छ जसमा विद्युतीय ऊर्जा (जलविद्युत र विद्युतीय सवारी): नेपालको जलविद्युत क्षमता उच्च छ। हालका वर्षहरूमा खाना पकाउन इन्डक्सन चुल्हो र यातायातमा विद्युतीय सवारी साधन (EVs) को प्रयोग तीव्र रूपमा बढिरहेको छ। यसले सोझै कार्बन उत्सर्जन घटाउन मद्दत गरेको छ भने बायोग्यास (गोबरग्यास)ले ग्रामीण क्षेत्रमा पशुपालनको सहयोगबाट बायोग्यास प्लान्ट निर्माण गर्ने कार्य नेपालमा दशकौँदेखि सफल अभ्यास मानिन्छ। यसले वन विनाश रोक्न र महिलाहरूलाई धुवाँबाट मुक्ति दिलाउन ठूलो भूमिका खेलेको छ अर्को तर्फ सौर्य ऊर्जा (Solar Energy): राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा सौर्य ऊर्जा (सोलार होम सिस्टम) बत्ती बाल्न, पानी तान्न र मोबाइल चार्ज गर्न मुख्य माध्यम बनेको छ जहाँ शहरी क्षेत्रमा पनि नेट-मिटरिङ मार्फत उत्पादित सौर्य विद्युतलाई राष्ट्रिय ग्रीडमा जोड्ने अभ्यास र बायोमास र ब्रिकेट (Biomass & Briquette) वनजङ्गलको झाडी, काठको धुलो र कृषिजन्य अवशेषलाई प्रशोधन गरेर बनाइने ब्रिकेट वा पेलेट्सले परम्परागत दाउराको खपतलाई न्यूनीकरण गरेको छ तर जहाँ ग्रामीण अर्थतन्त्रीय विपन्न उन्मुख अभ्यासको रुपमा मात्र काम गरेर वर्गीय धारमा मात्र केन्द्रित छ । यस अभ्यासलाई वैकल्पिक ऊर्जाको रुपमा मात्र नहेरेर अनिवार्य उर्जाको रुपमा स्थापित गर्न सक्नु पर्छ, यस्ता संकटहरु एक प्रकारको उर्जाको मात्र नभएर तमाम सवै विषयको पूर्व अनुमानित सचेतको लक्षण मान्नु पर्छ र हालको अवस्थाका लागि व्यवस्थापनको रुपमा आम जन मानसमा वास्तविक वितरण प्रवाह गर्न सकिन्छ वा सकिदैन भनेर सहि सुचना सहित जानकारी दिएर आपूर्ति व्यवस्थापन मिलाउनु हो ।

हामीले स्व वातावरणीय चेत र दायित्व सम्झेर जहिले पनि पर्यावरणीय संस्कृतिको अभ्यासमा काम गर्नका लागि योजना खाकाहरु तयार गर्दै छौँ, यसको तात्पर्य बुझ्नका लागि कुनै समयमा विपत्त आउदा र समयको माग विन्दुमा प्रवेश गर्दा मात्र चेत जागृत हुनेछ। धेरै नसके नि पर्यावरणका लागि वरिपरि फोहोर मात्र नि नगरौं र फोहोरबाट पनि नविकरणीय उर्जाको चेतना सहित अभ्यास गरौं ।
२०८३-०४-२७

#
#
#
#
#
#
#

08/08/2026

'वास्तु (संस्कृत 'वस्' धातु 'बस्नु' वा 'निवास गर्नु) - 'बस्ने योग्य स्थान' वा 'निवास स्थान' जहाँ वसति इति वास्तु: जहाँ मानिस वा देवी-देवताहरू देवत्वको रुपमा निवास गर्छन र रहन्छ जुन क्षेत्र/भूमि: जग्गा वा जमिन र त्यस स्थानमा वन्ने जुनै पनि भवन/संरचनाहरु पर्दछन्, जहाँ भूमिको शक्ति विश्लेषण गरिन्छ भने त्यस पछि वन्ने भौतिक संरचनाहरु वास्तु वर्गीकरणका आधारमा ईन्जिनियरिङ र त्यस अनुरुप कुण्डली समायोजनको कार्य गरेर त्रि विश्लेषण असल समायोजन वन्ने अभ्यास राजकीय पहिचानको रुपमा लिन सक्छौँ।

🏢 𝑩𝒊𝒔𝒉𝒏𝒖𝒋𝒆𝒆𝒕 𝑹𝒐𝒚𝒂𝒍 𝑯𝒐𝒎𝒆𝒔: आधुनिक इन्जिनियरिङ, वास्तु र प्रकृतिको उच्चतम सन्तुलन 🌿✨के कृषि (Agro) र आतिथ्य सेवा (Hospital...
08/08/2026

🏢 𝑩𝒊𝒔𝒉𝒏𝒖𝒋𝒆𝒆𝒕 𝑹𝒐𝒚𝒂𝒍 𝑯𝒐𝒎𝒆𝒔: आधुनिक इन्जिनियरिङ, वास्तु र प्रकृतिको उच्चतम सन्तुलन 🌿✨

के कृषि (Agro) र आतिथ्य सेवा (Hospitality) व्यवसाय प्रकृतिमैत्री हुनु केवल एउटा छनोट र नक्कल मात्र हो?

पक्कै पनि होइन, यो त मानव स्वास्थ्य, मानसिक शान्ति, जीवित प्रकृति र आधुनिक तथा पौराणिक मौलिक नमुना व्यवसायको आधारभूत स्तम्भ हो। हतारो र तनावपूर्ण आधुनिक जीवनशैलीबाट मुक्त हुन मानव मनले सधैँ प्रकृतिको काख र सकारात्मक ऊर्जा खोजिरहेको हुन्छ। यही कारणले गर्दा आज विश्वभर नै प्राकृतिक जीवनशैलीसँग एकाकार गराउने इको-फ्रेन्डली आतिथ्य सेवा को महत्त्व र माग विशिष्ट रुपमा आवश्यक छ।
यसै प्राकृतिक र वैज्ञानिक सत्यलाई आत्मसात् गर्दै, नेपाल र भारतमा पर्यावरणमैत्री पूर्वाधार एवं दिगो आतिथ्यको मौलिक मानक प्रस्तुत गर्दै प्रकृतिको संरक्षण र व्यवसाय तथा समाजमा अवर्णनीय टेवा दिने र दिदै यस विष्णुजित रोयल होम्स (Bishnujeet Royal Homes) को सार योगदान र दक्षता हो । 🚀

🌐 हाम्रो स्थापित मान्यता: प्रकृति र प्रविधिको अनन्य सम्बन्धमा भौतिक संरचना निर्माण गर्नु मात्र पर्याप्त हुँदैन, त्यस स्थानमा प्रवाहित हुने ऊर्जाले मानव जीवन र व्यवसायलाई कस्तो प्रभाव पार्छ भन्ने कुरा मुख्य हुन्छ। हाम्रा हरेक अवधारणाहरू यी ६ (छ) स्थापित खम्बाहरूमा आधारित हुन्छन्:-

- पर्यावरण र प्राकृतिक आतिथ्य (Sustainable Hospitality): प्रकृति र माटोको मौलिकतालाई कायम राख्दै पाहुनाहरूलाई आरोग्यता र आत्मीयता प्रदान गर्ने वातावरणको सिर्जना।
- अत्याधुनिक इन्जिनियरिङ (Advanced Engineering): संरचनात्मक सुरक्षा र पर्यावरणको सन्तुलनलाई एकसाथ अघि बढाउने आधुनिक इन्जिनियरिङको उच्च मापदण्ड।
- वास्तु एवं ज्योतिषीय संरेखण (Vastu & Astro Alignment): प्राचीन विज्ञान सहितको प्राकृतिक पञ्चतत्व र दिशाजन्य ऊर्जालाई सन्तुलनमा राख्न वास्तुशास्त्र र ज्योतिष विज्ञानको ढोका खोल्ने कला, जसले आगन्तुकलाई गहिरो मानसिक शान्ति।
- व्यवसायीक अवधारणा रेखाङ्कन ( Business Plan Sketching) : ROI Model मा सानादेखि ठूला व्यवसायहरू जोखिम न्यूनीकरण अनुकुलन व्यवसाय योजना तयारी।
- साहासिक र नमुना वस्ती ( Adventure & Model Village) :- आजको समयमा मानव व्यवसाय
- अनुभवमा आधारित अर्थतन्त्र परियोजना (Experience Economy Project) : शिक्षामूलक, पार्क, र आरामदायी आतिथ्य एकै ठाउँमा दिने बहुआयामिक परियोजनाहरूको नेतृत्वकर्ता।

आजको समयमा व्यक्तिदेखि व्यवसाय र विश्व अर्थतन्त्रमूखी मात्र भैरहेको जमातमा विचारहरू सुन्न र चर्चा गर्न सजिलो होला, तर नि प्राकृतिक इन्जिनियरिङसँगै वास्तु र प्रकृतिको यो गहिरो प्राविधिक सन्तुलन मिलाउने क्षमता हाम्रो स्थापित पहिचान हो।

सबैको जय होस् र सवैमा कल्याणको कामना !!!

#

असल व्यवसायीको असल सहकार्य अवधारणाकर्ता:- १. महा-वास्तु, ईन्जिनियरिङ् र ज्योतिषीय विश्लेषण (Maha-Vastu, Engineering & As...
06/08/2026

असल व्यवसायीको असल सहकार्य अवधारणाकर्ता:-

१. महा-वास्तु, ईन्जिनियरिङ् र ज्योतिषीय विश्लेषण (Maha-Vastu, Engineering & Astro Integration)

२. कृषि-पर्यटन पर्यावरणमैत्री प्रोजेक्टमा विशेषज्ञता (Agro-Tourism & Eco-Friendly)

३. अवधारणा देखि कार्यान्वयन सम्मको पूर्ण सेवा (Concept to Ex*****on)

४. नेपाल र भारत दुवै क्षेत्रमा अनुभव
( Scaling in Nepal and India)

५. लगानी प्रतिफल व्यावसायिक योजना अवधारणा सिर्जना
(Return on Investment (ROI) Business Plan Concept Creation)

#

Address

KTM
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bishnujeet Royal Homes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bishnujeet Royal Homes:

Shortcuts

Share