दोलखा जिरी

दोलखा जिरी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from दोलखा जिरी, Business service, दोलखा जिरी, Kathmandu.

डन्डिफोर (pimpals) आएकोले छिटो Use गर्नु होला 15 दिन मा ठिक हुन्छ
03/03/2019

डन्डिफोर (pimpals) आएकोले छिटो Use गर्नु होला 15 दिन मा ठिक हुन्छ

19/02/2019
घुम्नैपर्ने संसारका देशमध्ये नेपाल पाँचौंमा
26/10/2016

घुम्नैपर्ने संसारका देशमध्ये नेपाल पाँचौंमा

काठमाडौं, कात्तिक १० – विश्व चर्चित ट्राभल गाइडबुक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गरेको छ । ...

जिरी च्याम्पियनसिप २०७३ दोलखा, रामेछाप पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु
25/10/2016

जिरी च्याम्पियनसिप २०७३ दोलखा, रामेछाप पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु

कात्तिक ९÷जिरी जिरी च्याम्पियनसिप २०७३ दोलखा, रामेछाप पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका स..

23/10/2016

टर्कीसको डिजेबल विमान पाइलट बेद उप्रेतीले किने
उडान भर्न मिल्ने अवस्थामा कम्तीमा २६ अर्ब नेपाली रुपैयाँ मूल्य पर्ने टर्किस एयरलाइन्सको डिजेबल एयरक्राफ्ट नेपाली पाइलट बेद उप्रेतीले खरिद गर्ने पक्कापक्की भएको छ । स्रोतका अनुसार, आइतबार उक्त जहाजको स्वामित्व लिएको टर्किस एयरलाइन्सको प्राविधिक कम्पनी टर्किस टेक्निकलले बेद उप्रेती ट्रष्टलाई जहाज बिक्रि गर्ने सम्झौता गरेको छ । मर्मत गरेर उडान गर्न नमिल्ने उक्त विमानको खरिद रकम भने दुवै पक्षले सार्वजनिक गरेका छैनन् । ‘हामीबिच खरिद रकम केही समयकालागी सार्वजनिक नगर्ने सहमति भएको छ,’ विमान खरिद गर्ने बेद उप्रेती ट्रष्ट निकट स्रोतले भन्यो । एटीआर विमानका परीक्षक तथा प्रशिक्षक पाइलट उप्रेती डडेल्धुराका हुन । हाल उनी इन्डोनेशियाको लायन एयरको विमान उडाउँछन् । दुई वर्षअघि कैलालीको धनगढीमा पाइलट उप्रेतीले डेढ करोड रुपैयाँ लगानीमा स्थापना गरेको एयरक्राफ्ट म्युजिम लोकप्रिय छ । बन्द भएको नेपाली एयरलाइन्स कस्मीक एयरको १ सय १० सिट क्षमताको फोकर विमानलाई काठमाडौंबाट तीन टुक्रा बनाई लरीट्रकमा राखेर उनले स्थापना गरेको म्युजियम त्यस भेगका स्थानिय तथा भारतको उत्तर प्रदेश र उत्तराखण्डका पर्यटकहरुकालागि अनिवार्य घुम्नै पर्ने थलो बनेको छ । यता टर्किससँग खरिद गरिने एयरबस ए–३३० विमान भने पाइलट उप्रेतीले काठमाडौं उपत्यकाभित्रै राख्ने बताएका छन् । ‘यो विमान बाहिर लैजान सकिँदैन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमै राखिने छ,’ उप्रेतीले भने । काठमाडौंमा स्थापना गरिने म्युजियमले सर्वसाधरणलाई नेपाली उडड्यन, यस्का चुनौती र अन्तर्राष्ट्रिय उड्डयनबारे जानकारी गराउने भनेको छ । ‘विश्वमै एभिएसन सम्बन्धित जनशक्तिको कमी हुँदै गएको छ, हामीले स्थापना गर्ने म्युजियमले आउँदो पुस्तालाई यस क्षेत्रमा आर्कषित गराउन उत्प्रेरणा दिने छ,’ एटीआर ७२–६०० सिरिजको विमान उडाउँदै आएका उप्रेतीले कान्तिपुरसँग भने । उक्त विमानभित्र ३ सय बढी जहाजका मोडल राखिने, उडानमा रहेका पाइलट/एयरहोस्टेस आदीकालागी तालिम केन्द्र लगायतका सुविधा राखिने छन् । ट्रष्टले संग्राहलय ६ देखी ८ महिनाभित्रै स्थापना गर्ने बताउँदै कुल लगानी ५ करोड हाराहारी हुने भनेको छ । हाल विमानस्थलमा रहेको एयरबसको लम्बाई २ सय ८ फिट, उचाइ ५५ फिट र पखेटाको चौढाई १सय ९७ फिट रहेको छ । ०७१ फागुन १९ गते साझ इस्तानबुलबाट उडेको यो विमान २० गते विहान काठमाडौं विमानस्थालमा अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिएर दुर्घटनामा परेको थियो । नौ महिना मात्रै उडेको यो विमान काठमाडौंमा मर्मत गर्न जहाजको मूल्यको हाराहारी खर्च र कम्तीमा एक वर्ष सयम लाग्ने भएपछि टर्किसले विमान विमा गर्ने जर्मनी कम्पनीबाट बिमा दाबी रकम लिई पुन: बिमा कम्पनीबाट यो विमान लिलामी भाउमा खरिद गरेको थियो । त्यसताका यो विमान यस एयरलाइन्स मातहतकै प्राविधिक कम्पनीको स्वामित्वमा सारिएको थियो । दुई महिनाअघि मात्रै टर्किसले प्राविधिकहरु काठमाडौंमा पठाउँदै काम लाग्ने महंगा उपकरण निकाल्ने काम थालेको थियो । अहिले पनि यो कार्य जारी रहेको छ । त्यसैबेला टर्किस एयरलाइन्सले जहाजबाट महंगा स्पेयर पार्टस निकालेर जहाजको खोक्रो बडी नेपालमै लिलाम गर्ने निर्णय गरेको थियो । टर्कीस नेपालमा सबैभन्दा ठूलो आकारको जहाज उडाउने एयरलाइन्स मध्येको हो । यसले इस्तानबुल (काठमाडौं–इस्तानबुल) उडानमा एयरबसको ए–३३० सिरिजको जहाज उडाउँछ । यसको अत्याधिक यात्रु क्षमता ४ सय ४० छ ।

23/10/2016

फिनल्याण्डमा नेपाली भाषा सिकाइंदै
काठमाडौं, कात्तिक ६- फिनल्याण्डमा बसोबास गर्ने नेपाली बालबालिकालाई नेपाली भाषा सिकाइने भएको छ । यसका लागि एनआरएनए फिनल्याण्डले बहुसांस्कृतिक संस्थाहरुको सञ्जाल 'MONIHELI RY' सँगको सहकार्यमा कक्षा सञ्चालन हुने भएको हो ।
कक्षा सञ्चालनका लागि तीन जना नेपाली भाषाका शिक्षक छनौट अगाडी बढाइएको एनआरएनए फिनल्याण्डले जनाएको छ । कक्षामा ७ देखि १२ र १३ देखि १७ वर्षका बालबालिका सहभागी हुनेछन् । फिनल्याण्डमा कार्यरत नेपाली परिवारसहित बस्ने र त्यहाँ जन्मिने बालबालिकाकाे स‍ङ्ख्या बढ्दै गएकाले नेपाली भाषा सिकाउन लागिएको हो ।
फिनल्याण्डमा हेलसिन्कि सिटिले यस अघिदेखिनै नेपाली भाषाको कक्षा सञ्चालन गर्दै आएको छ ।

23/10/2016

साइबेरियामा हेलिकोप्टर दुर्घटना, १९ जनाको मृत्यु
कात्तिक ६ – रुसको उत्तरपश्चिम क्षेत्रमा पर्ने साइबेरियामा हेलिकोप्टर दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् । २२ जना यात्रु बोकेको एमआई–८ हेलिकोप्टर दुर्घटना भएको बिबिसीले जनाएको छ । दुर्घटनामा परेको हेलिकोप्टर साइबेरियाको क्रास्नोयार्सकबाट उरेङगेतर्फ जाँदै थियो । उद्धारकर्ताहरुले चालकहरुको लापरवाही, यान्त्रिक समस्या वा अफ्ठ्यारो मौसमका कारण दुर्घटना भएको हुन सक्ने बताएका छन् ।

22/10/2016

सरकारले देशभरका सरकारी अस्पताल परिसरमा रहेका निजी औषधि पसलहरुलाई हटाउने प्रक्रिया थालेको छ।
निजी औषधि पसलहरुबाट सेवाग्राही ठगिने गुनासो आएको भन्दै त्यस्ता औषधि पसलहरु हटाउन सबै सरकारी अस्पतालहरुलाई निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
सर्वोच्च अदालतले समेत यसबारे आदेश दिएको उल्लेख गर्दै सरकारी अस्पतालभित्र औषधि पसल सञ्चालनका लागि जिल्ला-जिल्लामा बजेट समेत पठाइसकिएको अधिकारीहरुले जनाएका छन्।
गएको साउन महिनाबाटै सरकारी अस्पतालबाट निजी औषधि पसलहरुलाई हटाउन गत असार १४ गते सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो।
विकल्प
स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलका अनुसार अहिले सरकार आफैले विकल्प दिएर ती निजी औषधि पसलहरुलाई हटाउन शुरु गरेको हो।
डोटेलले भने, 'बिरामीलाई सस्तो र सुलभ दरमा चाहिएको तथा लेखिएको औषधि उपलब्ध गराउन र अस्पताल सेवाको एउटा भाग हो भनेर सर्वोच्च अदालतले भनेको कुरालाई हामीले अगाडि बढाएको हो। यो आर्थिक वर्षभित्र सरकारी अस्पतालले कुनै पनि हालतमा आफ्नै फार्मेसी शुरु गरिसक्नुपर्छ।'
अधिकांश सरकारी अस्पतालहरुले सर्वोच्च अदालतको आदेश नमानेको भन्दै ती अस्पतालहरुको आलोचना हुँदै आएको छ।
तर विकल्प दिन नसकेकै कारण निजी औषधि पसलहरुलाई हटाउन नसकिएको मेची अञ्चल अस्पताल भद्रपुरका प्रमुख डा. पीताम्बर ठाकुरले बताए।
ठाकुर भन्छन्, 'विकल्प नदिइकन त हटाउन कसरी सकियो र? हामीले पनि खोलेनौ र भएका फार्मेसी पनि बन्द गरियो भने बिरामीले दुःख पाउँछन्।'
निजी औषधि पसलहरुमा चिकित्सकले विरामीका लागि लेखिदिएको औषधि नपाइने, औषधि महंगो हुने तथा गुणस्तीय औषधि नपाएका गुनासा आएका कारण पनि सरकारी अस्पतालले आफै औषधि पसल सञ्चालन गर्नुपर्ने निर्देशन जारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डोटेल बताउँछन्।
उनले भने, 'यो अस्पतालभित्रकै औषधिको पसल नै हो तर त्यहाँ पाइने औषधि गुणस्तरको हुन्छ, सस्तो हुन्छ, खोजेको बेलामा चाहिएको औषधिहरु उपलब्ध गराउन सक्छौं।'
स्वास्थ्य मन्त्रालयले औषधि पसल सञ्चालन गर्नका लागि अञ्चल अस्पतालदेखि केन्द्रीय अस्पतालसम्मका लागि १५ लाखदेखि ३० लाख रुपैयाँसम्म पठाइसकेको छ।
विरोध
तर औषधि व्यवसायीहरुको संगठन औषधि व्यवसायी संघका महासचिव हरि बिडारीले सरकारी अस्पतालहरुले व्यापार गर्न नहुने तर्क गरे।
बिडारीले भने, 'ती सरकारी फार्मेसीले ७० प्रकारका नि:शुल्क बाँड्नुपर्ने औषधिलाई इन्कार गर्दै भोलि व्यापार मात्रै गरे भने चाहिँ हामी मान्दैनौं।'
नि:शुल्क पाउने औषधिको समेत राम्रो व्यवस्था गर्न नसकिरहेको अवस्थामा सरकारी औषधि पसलहरुले राम्रो सेवा दिने कुरामा धेरै सर्वसाधारण विश्वस्त हुन सकेका छैनन्।

22/10/2016

कात्तिक ६÷चरिकोट दोलखाको जफे गाविस वडा नम्बर ९ स्थित आरुबोटे बनमा आज बिहान एक वृद्धको शव फेला परेको छ । बनमा घ्याङसुकाठोकर गाविस वडा नम्बर..

22/10/2016

एजेन्सीः १६ सय यात्रु बोकेको रेल दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । क्यामरुनमा ६ सय क्षमताको रेलमा १६ सय यात्रु चढेपछि दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।
बिबिसीले क्यामरुनको सरकारलाई उद्धृत गर्दै राजधानी भन्दा एक सय २० किलोमटिर दूरीमा पर्ने इस्का शरमा रेल दुर्घटना भएको उल्लेख गरेको छ । त्यहाँको प्रशासनले गरेको प्ररम्भिक अनुसन्धानका आधारमा बढी यात्रु भएका कारण रेल दुर्घटना भएको बताइएको छ ।
दुर्घटनास्थलबाट पाँच सय ७५ जना घाइतेको उद्धार गरिएको र धेरै गम्भीर घाइते भएकाले मृतकको संख्या बढ्ने सक्ने बताइएको छ ।
यात्रुको चाप बढेपछि केही डिब्बा थपेर यात्रु बोकेको रेल दुर्घटनामा परेको हो । त्यहाँको स्थानीय सडक बिग्रिएपछि रेलमा क्षमताभन्दा बढी यात्रु चढाइएको थियो ।
दुर्घटना हुँदा रेलका ३३ वटा डिब्बा लिक बाहिर पुगेका छन् ।

22/10/2016

बलिउड निर्देशक नेपाली फिल्म गर्दै
डेब्यु फिल्म ‘भूतनाथ’ बाटै निर्देशकका रूपमा आफुलाई बलिउडमा स्थापित गरेका विवेक शर्माले नेपाली फिल्म बनाउने भएका छन् । शर्माले नेपालका निर्माता रोज राणाको लगानीमा ‘मेरो पैसा खै’ बनाउने भएका हुन् । कमेडी जानरामा बन्ने उक्त फिल्मको पटकथा पनि स्वयं शर्माले नै लेखेका हुन् ।
इन्डो–नेपाल प्रोडक्सनमा बनाइने उक्त फिल्मको हिन्दी भर्सनमा भने ‘मेरे पैसे कहाँ है’ शीर्षक तय गरिएको छ । ‘यो फिल्म मेरो ड्रिम प्रोजेक्ट हो,’ विवेकले भने ।
यसअघि पहिलो फिल्ममै अमिताभ बच्चन र जुही चावलासँग काम गरेका विवेकले यस फिल्ममा बलिउड र नेपाली कलाकार लिइने बताएका छन्, जसमा भारतीय कलाकारहरू सञ्जय मिश्रा, राजपाल यादव र विजय राज अनुबन्धित भइसकेको र बलिउडका ‘क’ श्रेणीका कलाकारको पनि विशेष भूमिका रहने छ । नेपाली कलाकार भने छिट्टै तोकिने निर्माता राणाले बताएका छन् । फिल्म हिन्दी र नेपाली भाषामा बन्नेछ भने भारत र नेपालकै विभिन्न स्थानमा बराबरी खिचिनेछ ।

रोजले विराज भट्ट र निशा अधिकारीलाई लिएर पछिल्लो पटक ‘जय परशुराम’ आफ्नै निर्देशनमा ल्याएका थिए । द्वन्द्व निर्देशकका रूपमा भने चन्द्र पन्त निश्चित भइसकेका छन् । फिल्म मध्य पुसबाट छायांकनमा जाने रोजले बताए । नेपाली र हिन्दीसहित फ्रेन्च, जर्मन, अंग्रेजी, तामिल लगायत ११ भाषामा डबिङ गरेर पनि फिल्म रिलिज गरिने निर्माण पक्षले योजना बनाएको छ ।
महेश भट्टको सहायक भएर करिअर सुरु गरेका विवेकले ‘डुप्लिकेट’, ‘अंगारे’, ‘फिर भी दिल है हिन्दुस्तानी’ जस्ता फिल्ममा एसोसिएट डाइरेक्टरको भूमिका निर्वाह गरेका थिए । ‘भूतनाथ’ को विवेकै स्क्रिप्ट हेरेपछि अमिताभ बच्चनले विवेकको फिल्म बुझाई वल्र्ड क्लासको रहेको भनी टिप्पणी गरेका थिए ।
रोजले भने निजी सम्बन्धका आधारमा विवेक आफूसँग नेपाली फिल्म खेल्न राजी भएको बताएका छन् । आफ्नै फिल्मजोन नामक प्रोडक्सन कम्पनीसमेत खोलेका विवेकले ७० बढी स्क्रिप्ट फिल्मका लागि तयारी हालतमा राखेको बताएका छन् । यतिबेला फिल्म ‘बुद्धं शरणं गच्छामि’ को निर्माणमा जुटिरहेका विवेकले ‘कल किस ने देखा’ पनि निर्देशन गरेका थिए । फिल्म घोषणाका लागि नेपाल आएका विवेक यति बेला पुन: भारत फर्केका छन् ।

22/10/2016

नेपाल विद्युूत प्राधिकरण दोलखा वितरण केन्द्रले अनाधिकृत तवरले विना मिटर कुनै किसिमले पनि विद्युत चुहावट नगर्न आग्रह गरेको छ ।

कात्तिक ५÷चरिकोट नेपाल विद्युूत प्राधिकरण दोलखा वितरण केन्द्रले अनाधिकृत तवरले विना मिटर कुनै किसिमले पनि विद्युत चुहावट नगर्न आग्रह गरेको..

Address

दोलखा जिरी
Kathmandu

Telephone

9864000503

Website

Alerts

Be the first to know and let us send you an email when दोलखा जिरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share