Angel Trade Center

Directions

Angel Trade Center Angel Trade Center
Connecting Products, Markets & Opportunities
Import • Export | Distribution | Consulting

Congratulations 🎊
10/09/2026

Congratulations 🎊

चितवन, भदौ २५ । उमेरले २१ वर्ष । तर, नेपाल-चीन व्यापारमा हासिल गरेको व्यावहारिक अनुभव र पाँच सयभन्दा बढी नेपाली व्य....

06/09/2026
🇳🇵🇨🇳 हुम्लाको हिल्सा यारी नाका—नेपाल र चीनको सीमा।       Pic : Thapa G
06/09/2026

🇳🇵🇨🇳 हुम्लाको हिल्सा यारी नाका—नेपाल र चीनको सीमा।



Pic : Thapa G

चीनसँगका दुई नाका बन्द हुँदा फेरि चर्चामा कोरलामुस्ताङ । बाढीका कारण रसुवागढी-केरुङ सडकखण्ड अवरुद्ध भएको केहीदिनमै चीन स...
06/09/2026

चीनसँगका दुई नाका बन्द हुँदा फेरि चर्चामा कोरला

मुस्ताङ । बाढीका कारण रसुवागढी-केरुङ सडकखण्ड अवरुद्ध भएको केहीदिनमै चीन सरकारले तातोपानी नाका समेत बन्द गरेपछि चीनमा रोकिएका नेपाली नागरिक र सवारीसाधनलाई केरुङ हुँदै ढोङमसेन र लिची नाका पार गराएर मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याउन थालिएको छ ।

केरुङबाट चीनको तिब्बत क्षेत्र हुँदै ढोङमसेन र लिची नाका पार गरेर कोरलासम्म ल्याइएका नेपाली नागरिक र सवारीसाधनलाई नेपाल प्रवेश गराउने क्रममा दुवै देशका अधिकारीहरूले आवश्यक सहजीकरण गरिरहेका छन् ।

रसुवागढी र तातोपानी दुवै नाकामा आवागमन प्रभावित भएपछि कोरला अहिले नेपाल-चीन आवागमन तथा व्यापारिक विकल्पका रूपमा प्रयोग हुन थालेको हो । यो व्यवस्थाले तत्काल चीनमा रोकिएका नेपालीको उद्धार र आवागमन सहज बनाएको मात्र छैन, मुस्ताङको कोरला नाकालाई भविष्यमा व्यापार, पर्यटन र अन्तर्राष्ट्रिय आवागमनका लागि रणनीतिक मार्गका रूपमा स्थापित गर्ने सम्भावनालाई पनि बल दिएको बताइएको छ ।

कोरला नाका नयाँ मार्ग होइन । जानकारहरूका अनुसार राणाकाल, प्रजातन्त्र र पञ्चायतकालसम्म भोट र पहाडबीचको प्रमुख व्यापारिक मार्ग यही क्षेत्र थियो । त्यसबेला मुस्ताङको टुकुचे प्रमुख व्यापारिक तथा भन्सार केन्द्रका रूपमा परिचित थियो ।

तिब्बती व्यापारीहरू नुन, ऊन र पशुचौपाया बोकेर टुकुचेसम्म आउने गर्थे भने नेपालबाट जौ, मकै, चामल, सातु तथा पित्तलका भाँडाकुँडा तिब्बततर्फ लैजाने गरिन्थ्यो। यही नुन–अन्न व्यापारले मुस्ताङको आर्थिक र सामाजिक जीवनलाई दशकौँसम्म चलायमान बनाएको थियो ।

तर सन् १९५०-५१ पछि तिब्बतमा चिनियाँ नियन्त्रण स्थापित भएसँगै पुरानो व्यापार प्रणाली क्रमशः कमजोर बन्दै गयो । त्यसपछि सीमावर्ती क्षेत्रमा सुरक्षा संवेदनशीलता बढ्यो र परम्परागत व्यापारिक गतिविधिमा ठूलो परिवर्तन आयो ।

सीमा विवाददेखि व्यापारको रूपान्तरणसम्म
सन् १९६० जुन २८ (वि.सं. २०१७ असार १५) मा कोरला नजिकै चिनियाँ सेनाले नेपाली सीमा गस्ती टोलीमाथि गोली चलाउँदा एक नेपाली सुरक्षाकर्मीको मृत्यु भएको ऐतिहासिक अभिलेखमा उल्लेख छ ।

त्यसबेला चिनियाँ पक्षले नेपाली टोलीलाई तिब्बती विद्रोही ठानेर कारबाही भएको जनाएको थियो । नेपालले कूटनीतिक विरोध जनाएपछि चीनले घटनाप्रति क्षमा माग्दै ५० हजार रूपैयाँ क्षतिपूर्ति दिएको विवरण पनि पाइन्छ ।

त्यसअघि २००७ सालपछि भारतले लोमान्थाङ र जोमसोम क्षेत्रमा सैनिक पोस्ट स्थापना गरेको स्थानीय इतिहासमा उल्लेख छ । ती राजनीतिक र सुरक्षा घटनाक्रमसँगै पुरानो व्यापारिक संरचना क्रमशः कमजोर हुँदै गयो ।

व्यापार खस्किएपछि टुकुचेका शेरचनलगायत थकाली व्यापारीहरूले काठमाडौं, विभिन्न जिल्ला सदरमुकाम र तराईका बजारतर्फ व्यापार विस्तार गरे । कतिपयले बाटोछेउमा खरका भट्टी सञ्चालन गरे, जुन समयसँगै थकाली भान्साघर, होटल, लज र आधुनिक आतिथ्य व्यवसायमा रूपान्तरण भए ।

सडक पुगेपछि फेरियो सम्भावना
पञ्चायतकालदेखि नै कोरला नाका सञ्चालन र सडक पहुँच विस्तारका प्रयास भए पनि पूर्वाधार अभाव र राजनीतिक उतारचढावका कारण कामले गति लिन सकेन । २०६२/६३ को जनआन्दोलनपछि मुस्ताङमा सडक विस्तार हुँदै माथिल्लो मुस्ताङसम्म सवारीसाधन पुग्न थाले । त्यसपछि २०७२ सालको भूकम्प र दक्षिणतर्फको नाकाबन्दीले चीनसँग जोडिने उत्तरी मार्गहरूको महत्त्व अझ बढायो ।

त्यसयता सरकारले कोरला नाकासम्मको सडक स्तरोन्नति र कालोपत्रेका लागि विभिन्न चरणमा बजेट विनियोजन गर्दै आएको छ । अहिले पनि सडक सुधारका काम विभिन्न चरणमा अघि बढिरहेका छन् ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नोर्बु गुरुङका अनुसार गत वर्ष लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरूले कोरला नाका हुँदै भिसा लगाएर आफ्नै खर्चमा तिब्बतको ल्हासा र सिगात्से भ्रमण गरेका थिए ।

उनले कोरला हुँदै आवागमन थप विस्तार भए माथिल्लो मुस्ताङको पर्यटन, स्थानीय व्यापार र सेवा क्षेत्रमा नयाँ अवसर सिर्जना हुन सक्ने बताए । नेपालका उत्तरी सीमामा चीनसँग जोडिने तातोपानी, केरुङ र कोरला तीनवटै नाकाको आ-आफ्नै ऐतिहासिक भूमिका छ । तर, रसुवाको बाढी र पहिरोपछि रसुवागढी बन्द हुनु, तातोपानी नाका पनि प्रभावित हुनु र त्यसपछि कोरला वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको घटनाले यसको रणनीतिक महत्त्व थप स्पष्ट भएको छ ।

एक समय नुन र अन्नको व्यापार बोक्ने यही मार्ग अहिले चीनमा रोकिएका नेपालीलाई स्वदेश फर्काउने वैकल्पिक प्रवेशद्वार बनेको छ । यसले तत्कालीन संकट व्यवस्थापनमा राहत पुर्‍याएको मात्र होइन, भविष्यमा नेपाल-चीन व्यापार, पर्यटन र अन्तर्राष्ट्रिय आवागमनको अर्को भरपर्दो मार्गका रूपमा कोरलाको सम्भावनालाई पनि नयाँ ढंगले उजागर गरेको छ ।

Source : Nepal Press

🦚 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏💙भगवान श्रीकृष्णको दिव्य ज्ञान, प्रेम र सकारात्मक ऊर्जाले तपाईंको जीव...
04/09/2026

🦚 श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना! 🙏💙

भगवान श्रीकृष्णको दिव्य ज्ञान, प्रेम र सकारात्मक ऊर्जाले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ बाटो खोलोस्।

यस पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यवसायिक साझेदार तथा शुभेच्छुकहरूमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना। 🌸

Happy Janmashtami 2026! 🦚✨

— Angel Trade Center
Connecting Businesses, Creating Opportunities.

02/09/2026

नेपाललाई अर्को तनाव, चीनले सिन्धुपाल्चोकको तातोपानी नाका पनि बन्द गर्‍यो

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्भावित थप विपद्को जोखिम देखाउँदै चीनले सिन्धुपाल्चोकको तातोपानी नाकापारि रहेको झाङ्मु पोर्ट अनिश्चितकालका लागि बन्द गरेको छ। चिनियाँ पक्षले भन्सारसम्बन्धी काम रोकेको छ भने त्यहाँ कार्यरत कर्मचारीलाई सुरक्षित उच्च स्थानतर्फ सारिएको बताइएको छ। यससँगै नेपालतर्फ आउने मालवाहक गाडीको आवागमन पनि रोकिएको छ।

तातोपानी नाका यसअघि पनि पहिरो र सडक भासिने समस्याका कारण पटक–पटक अवरुद्ध हुँदै आएको थियो। केही समयअघि मात्रै सडक मर्मतपछि यातायात सहज बनाउने प्रयास भएको अवस्थामा चीनले विपद् सुरक्षाको कारण देखाउँदै झाङ्मु पोर्ट बन्द गरेपछि नेपाल–चीन व्यापारमा फेरि समस्या थपिएको छ।

नाका बन्द हुँदा चीनतर्फ नेपाल ल्याउन राखिएका दर्जनौँ कन्टेनर रोकिएका छन्। प्रारम्भिक विवरणअनुसार नायलम र तिङ्ग्री क्षेत्रमा करिब ४० करोड रुपैयाँ बराबरका प्रशोधित फलफूलसहित अन्य सामान अड्किएका छन्। लामो समयसम्म नाका नखुले व्यवसायीले पार्किङ शुल्क, सामान बिग्रिने जोखिम र थप आर्थिक नोक्सानी व्यहोर्नुपर्ने चिन्ता बढेको छ।

रसुवागढी क्षेत्र बाढीबाट गम्भीर रूपमा प्रभावित भइरहेका बेला तातोपानी मार्गसमेत बन्द हुनु नेपालका लागि अर्को चुनौती बनेको छ। दशैं–तिहार नजिकिँदै गर्दा चीनबाट हुने आयातमा असर पर्न सक्ने भएकाले वैकल्पिक नाका तथा व्यापार मार्गको व्यवस्थापनमा सरकारमाथि दबाब बढ्ने देखिन्छ।

🚨 IMPORTANT NOTICE FROM CHINESE AUTHORITIES: Temporary Suspension of Import & Export Goods Through Tatopani Border, Nepa...
01/09/2026

🚨 IMPORTANT NOTICE FROM CHINESE AUTHORITIES: Temporary Suspension of Import & Export Goods Through Tatopani Border, Nepal

🎉 रक्षाबन्धन तथा जनै पूर्णिमाको हार्दिक शुभकामना! 🙏दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको यो पवित्र पर्व...
28/08/2026

🎉 रक्षाबन्धन तथा जनै पूर्णिमाको हार्दिक शुभकामना! 🙏

दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको यो पवित्र पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ ऊर्जा ल्याओस्।

Happy Rakshya Bandhan & Janai Purnima 2026! 🇳🇵✨

— Angel Trade Center
Connecting Business, Creating Opportunities.

आपतकालीन सम्पर्क नम्बरहरु !!!
27/08/2026

आपतकालीन सम्पर्क नम्बरहरु !!!

तिब्बतबाट आएको भीषण बाढी : पानीको यात्रा कहाँसम्म ?
27/08/2026

तिब्बतबाट आएको भीषण बाढी : पानीको यात्रा कहाँसम्म ?

Address

Kathmandu
44700

Website

Alerts

Be the first to know and let us send you an email when Angel Trade Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share