19/07/2012
बिधालयका शिक्षक अब एउटै पोशाकमा, अस्थायीलाई पोशाक नदिएकोमा बिरोध ।।
साउन ३ –सरकारी शिÔकलाई अब एउटै पोसाकमा देख्न पाइने भएको छ । सरकारले निजामती कर्मचारीलाई झैं विद्यालयका स्थायी शिÔकका लागि भदौ १ गते देखि लागुहुने गरि ”डेस कोड” तोकेको छ । शिÔकलाई हलुका नीलो पृष्ठभूमिमा ठाडो सेतो धर्का भएको सर्ट, कालो पृष्ठभूमिमा ठाडो सेतो धर्का भएको कोट र पाइन्ट तोकिएको छ । भने शिÔिकालाई गुलाबी रंगको पृष्ठभूमिमा कफी रंगको ढाका बुट्टा भएको पारीसहितको साडी, ब्लाउज वा यही रंगको कुर्ता सुरुवाल व्यवस्था गरिएको छ । कोर्ट, पाइन्ट र सर्ट लगाउन चाहने शिÔिकालाई शिÔकसरह नै व्यवस्था छ । ७५ जिल्लामै स्थायी शिÔकका लागि पोसाक व्यवस्था गरिने शिÔा विभागले जनाएको छ । तराईका कर्मचारीलाई कोट अनिवार्य गरिएको छैन । हिमाल तथा पहाडमा कोटको सट्टा स्वेटर वा ज्याकेट लगाउन सकिनेछ । हिमाली भेगका शिÔकले छालाको सट्टा स्पोटर्स जुत्ता लगाउन सक्नेछन् । गत वर्र्ष प्राथमिकदेखि माध्यमिक तहसम्मका ८२ हजार ९ सय ५९ शिÔकका लागि ६२ करोड २१ लाख ९२ हजार रुपैयाँ निकासा गरेको विभागले जानकारी दिएको छ। यसैबिच सरकारले स्थायी शिक्षकको लागि मात्रै पोशाकको व्यवस्था गरेकोमा शिक्षक संघ संगठनहरुले आपत्ति जनाएका छन् । देशभर स्थायी भन्दा अस्थायी लगायतका बिभिन्न प्रकृतिका शिक्षकको संख्या बढी भएकाले सबैको लागि पोशाक भत्ता उपलव्ध गराउनुपर्ने उनीहरुको माग छ ।