Mero Cyber & Communication

Mero Cyber & Communication Call Any Country At Cheap Rates............:D

18/11/2019
21/06/2012

राजु साह जिल्ला धनुषा जनक पुर् न. पा. वडा - ७ राम स्वस्थ साह तेली को छोरा बंगला देस बाट नेपाल आउधा एरपोर्ट मा नागरिता पासपोर्ट SLC, +2 सटिपिकेट हामीले भेटिय को हुनाले साथी हरु वहा लाई चिनु हुन्छ भनि तुरुन्त हामी लाई सम्पर्क गर्न लगाइ दिन अनुरोद गर्द छु. ९८५१०३९५३२

25/04/2012

तक्मे बुडा र धुर्मुसे कुरा गर्दै......\

धुर्मुसे :> तपाई लाइ थाहा छ ?? कुकुरले सु,,, गर्दा किन खुट्टा माथि उचाल्छ ??

तक्मे बुडा:> लाखे है मुलाई यो थाहा भएन... लु तिमि भन किन उचाल्छ...

धुर्मुसे :> किनकि... कुकुरको जिजु बाजे ४ \ ५ जनाले पिसाब गर्दै थिए रे त्यति बेला पर्खाल भत्केर पुरियो रे

अनि तै भएर पर्खाल भत्केर पुरियेला भन्ने डर ले खुट्टा उचालेर अड्याको रे..

23/04/2012

सुचना ! सुचना !! सुचना !!!

आज काठमाडौं को नया सडक बाट परिचित गायक एबम हाम्रा आत्मिय मित्र श्री युवराज चौलागाई जि को आई फोन "I PHONE" हराएको छ ।फेला पार्नु हुने महानुभाव ले तुरुन्त नजिक को प्रहरी कार्यालय मा बुझाइदिनु हुन अथवा सिदै युवराज चौलागाई जि लाई खबर गरिदिनु हुन अनुरोध गर्दछौ,साथै घटना को घोर निन्दा एबम भर्त्स्वना पनि गर्दछौ l
धन्यवाद ।

12/04/2012

नयाँ वर्ष 2069 सालको हार्दिक मंगलमय शुभकामना , नयाँ वर्षले नयाँ जोस नया उमंग नयाँ नयाँ प्रगति मुलक योजनाहरु सिर्जना गर्न थप उत्साह मिलोस.... शुभकामना...

11/04/2012

ठमाडौं सहित देशका विभिन्न भागमा भुइँचालोको धक्का महशुस गरिएको छ । ईण्डोनेशियाको आचेह प्रान्तमा गएको ८.९ रेक्टर स्केलको भूकम्पका कारण काठमाडौं लगायत देशका विभिन्न भागमा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

31/03/2012

बिबाह अघी डेटिङ को वेला सुन्तली ले धुर्मुसे लाई सोदिछे - :
चन्द्रमा कतिवटा छन्?
धुर्मुसे दुइवटा प्रिय, एउटा मसंगै छ एउटा आकासमा|
बिबाह पछी फेरी तेही प्रस्न दोहर्याउँदै सुन्तली ले सोदिछे
चन्द्रमा../..कतिवटा छन्? . .
धुर्मुसे प: आखा छैनन्, माथि आकाशमा देख्दिनस, तेरा बा मुलाको साग ले टर्च लाइट बालेर बसेका हुन् र !! :P

31/03/2012

पेटको बच्चा फाल्नु कि पाल्नु ?
onlinekhabar.com

यो संसार नै स्वार्थी छ । सबैले आफ्नै दुनो सोझ्याउँछन् । अप्ठेरोमा पारेर मौकाको फाईदा उठाउनेहरु धेरै हुँदा रहेछन् । झुटा आश्वासन र जालमा पारेर कुवेत पठाउने गाउँकै एजेन्टले पनि मलाई यस्तै हर्कत गर्यो । काम लगाईदिने आश्वासनमा उसले मलाई गर्भवती बनायो । उसको पाप पेटमा बढ्दैछ । अब यो बच्चा फाल्नु कि पाल्नु…?

शोषणको शुरुवात

म चार महिना कुवेत आईपुगेको हुँ । घरमा सात बषिर्य छोरा, चार बषिर्या छोरी र श्रीमानलाई छोडेर कुवेत जाने चाहना त थिएन । तर दिन­रातको खेती किसानी र ज्याला मजदुरीले गुजारा गर्न गाह्रो भयो । त्यहाँमाथि श्रीमान अपाँग । गुजारा गर्न आफैं अग्रसर हुनुपर्ने बाध्यता । अनि श्रीमान र छोराछोरीकै सल्लाहमा कामको लागि कुवेत जाने तरखर गरें । गाउँकै एजेन्ट राजु राईसित भेट भयो । उसले कुवेत पठाउनको लागि सबै सरसहयोग र आवश्यक प्रवन्धको व्यवस्था गरिदिने भयो ।

आफ्नै गाउँको मान्छे र श्रीमानसँग पनि राम्रो चिनजान भएकोले राजुमाथि कुनै शंका थिएन । ठूलो आत्मविश्वाश र राजुको भरोसामा कुवेतको सपना देख्दै काठमाडौंको लागि रात्रीबसमा चढें । सँगै सिटमा राजु थियो ।

जब बस चल्न शुरु भयो, तब राजु एक्कासी परिवर्तन भयो । उसले बिभिन्न आश्वासन र झुटा कुराहरु गर्न थाल्यो । बिदेशमा यस्तो हुन्छ, मैले भनेको मान्यौ भने कुवेतमा बढी पैसा दिने र सुबिधा सम्पन्न घरमा पारिदिन्छु, म तिमीलाई अरुलाई भन्दा छिटो पासपोर्ट बनाएर राम्रो घरमा पठाउँछु, यस्तै यस्तै कुराहरु गर्‍यो उसलेे । मैले पनि हो मा हो लगाएँ ।

कहिल्यै काठमाण्डू नगएकी मलाई राजूले होटलमा राख्छु भन्यो । तर होटलमा नभएर सामाखुशीको आफ्नै कोठामा लग्यो । मलाई कोठामा राखेर आफू साथीकोमा बस्ने भनेपनि ऊ फेरि राति कोठामा आयो । उसले त मदिरा सेबन गरेर आएछ । केही मातेर आएको उसले खाना खान अनुरोध गर्‍यो । मनभरी शंका र डर बोकेर खाना खाएँ । अनि मेरो कालरात्री शुरु भयो । उसले मलाई जबरजस्ती गर्‍यो । डर­धम्की र त्रास देखायो । झुटा आश्वासन र जालझेल देखायो । उसले आज भोलि भन्दै करीब ४५ दिन ऊसंगै बस्न र सुत्न बाध्य बनायो । जुन क्षणहरुलाई म शब्दमा बताउन सक्दिन ।

कहिलेकाहीं त आत्महत्या गरौं कि जस्तो पनि लाग्थ्यो । तर न मर्न सकें । न खुशी हुन नै । काठमाडौं रहँदाको हरेक दिन रोएरै बित्यो । निकै बिन्तीभाऊ र उसले भनेको सबै मानेपछि बल्ल­बल्ल महिना दिनपछि पासपोर्ट पाएँ । कुर्दाकुर्दै काठमाडौं आएको ४७ दिनपछि ऊ कुवेत जाने टिकट लिएर आयो । जे भए पनि कुवेत त जाने भएँ । ऊबाट मुक्त हुने भएँ भनेर खुशी भएँ ।

अनि एयर अरेबियाको उडानबाट अरु तीनजना नेपाली बहिनी सहित म पनि मनमा ठूलो आशा बोकेर कुवेत आइपुगें ।

कुवेतको कहर

म लगायत अरु तीनजना नेपाली बहिनीहरु कुवेत एयरपोर्टमा पुगेको दुईघण्टा पछि एकजना नेपाली एजेन्ट दिदीले जाहारा भन्ने ठाउँमा लिएर जानुभयो । दुई दिन उहाँसँगै बस्यौं । तेस्रो दिन मलाई कुवेतको सुलेबियाखात भन्ने ठाउँको एक घरमा काम गर्नको लागि मासिक ४५ दिनारमा पठाइयो । मैले यस बेलासम्म मेरो पेटमा बच्चा होला भन्ने सोचेको त के कल्पना समेत गरेको थिईन ।

म आफूले सकेजति राम्रो र सफासँग काम गर्न थालें । घरका साहु र साहुनी पनि राम्रै थिए । बिहान सवेरैदेखि राति अबेरसम्म घरको सबै काम गर्न परे पनि म खुशी नै थिएँ । खानलाई पनि राम्रै थियो । एक महिना जतिमा त केही अरबिक भाषा पनि बुझ्ने र बोल्न सक्ने भएँ । कुवेत आएपछि घरमा दुईपटक फोन पनि गरें । पहिलो महिनाको ४५ केडी पैसा पनि साहुनीले घरमा पठाउन सहयोग गरिन् ।

कुवेत आएको दुई महिनापछि पेटमा बच्चा भएको जस्तो महसुस भयो । थाहा पाउने हुन् कि भनेर सकेसम्म लुकाउने कोशिस गरेँ । तर हरेक दिन पेटको बच्चा ठूलो हुँदैछ । हुन त साहुनी पनि दयालु थिईन् । लुकाउनै नसक्ने अवस्था भएपछि मैले साहुनीलाई आफ्नो पेटभित्र बच्चा रहेको शंका लागेको बताएँ । उनले त्यसैदिन एक नजिकैको क्लिनिकमा लगेर जाँच गराइन् । डाक्टरले अरबिक भाषामा साहुनीलाई खुसुक्क केही भन्यो । मैले बुझ्न सकिन ।

बेलुका साहुनीले मलाई सबै कुरा सोध­खोज गरिन । मैले पनि यथार्थ बताएँ । उनले नराम्रो त भनिनन् । तर मलाई पुलिसमा बुझाउने भनिन् । यो सुनेर म डराएँ । रोएँ, कराएँ, हारगुहार गरेँ, बरु आफ्नै देश र्फकने बताएँ । अनि भोलिपल्ट साहुनीले मलाई जहाराको नेपाली एजेन्ट दिदीको कार्यालयमा पुर्याईदिईन् ।

ति दिदीले मलाई निकै गाली गरिन् । डर र त्रास देखाईन् । दूतावास लगेर थुनिदिने बताईन् । मैले त्यसो नगर्न निकै बिन्ती गरें । उनले मनाई भन्नु नभन्नु मुखमा आएजति सबै गाली गरिन् । बेलुकी कोठामा पुगेपछि सबै सोध­खोज गरिन् । मैले पनि सबै वास्तविकता बताएँ । मेरो यथार्थ बुझेपछि उनले मलाई नेपाल फर्काउने आश्वासन दिईन् । अब म नेपाल र्फकने टिकटको पखाईमा छु । अब दुई हप्तामा नेपाल र्फकने कुरा छ ।

नेपाल र्फकने दिन नजिकिँदै गर्दा मेरो मुटुको ढुकढुकी पनि बढ्दैछ, सँगै पेट पनि । नेपाल पुगेपछि म यो बच्चा लिएर घर जान सक्ने अवस्थामा छैन । बिदेशमा पैसा कमाउन गएकी म पेटमा अर्काको बच्चा लिएर र्फकंदा मेरो अपांग श्रीमान र ती दुई बच्चाहरुको के हालत होला ? अनि अरु गाउँलेहरुले के भन्लान ? म मरौँ कि बाँचौं ? न मलाई त्यो गाउँको एजेन्ट राजुले नै बच्चा सहित स्वीकार्छ न मेरो श्रीमानले नै । म के गरौं ? कसो गरौं ? आफंै अन्योलमा छु ।

एक मनले काठमाडौं गएर बच्चा फालेर फेरि बिदेश आउँ भन्छ । अर्को मनले कुनै संघ­संस्थाको सहयोगले त्यो एजेन्ट राजुलाई कानुनको कठघरामा उभ्याउने विचार गर्छ । तर म मेरो परिवारलाई भताभुंग पार्न पनि चाहन्न । न म सँग पैसा नै छ । न त मनमा शान्ति ।

-बैदेशिक रोजगारीमा कुवेत पुगेकी सुनसरीकी मुनासँग कुवेतमा रहेका पत्रकार हरिकृष्ण न्यौपानेले गरेको कुराकानीमा आधारित)

20/03/2012

पागल मन आफ्नै तनलाई कजाउँछ अचेल
कुना कुनामा तिम्रै तस्बिर सजाउँछ अचेल
तिम्रो खोजमा भौतारिएको प्यासी यो नयन
जब देख्छ तिम्लाई तब लजाउँछ अचेल

Address

Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when Mero Cyber & Communication posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share