17/09/2026
Australia Migration Reform — मुख्य कुरा
1. International Student का Dependants मा ठूलो परिवर्तन
अधिकांश international students ले अब आफ्नो spouse/partner र children लाई Australia मा साथमा ल्याउन नपाउने व्यवस्था ल्याइँदैछ।
तर PhD, Research जस्ता केही courses र Pacific तथा ASEAN देशका विद्यार्थीहरू का लागि अपवाद रहनेछ।
पहिले नै family सहित Australia मा रहेका students/families लाई यो परिवर्तनले सामान्यतः असर नगर्ने बताइएको छ।
2. “Visa Hopping” माथि कडाइ
एउटै temporary visa बाट अर्को visa मा पटक–पटक सर्दै Australia मा बसाइ लम्ब्याउने अभ्यासलाई नियन्त्रण गर्ने योजना छ।
तर Australia सरकारले हरेक visa transition लाई visa hopping मानेको छैन—जस्तै Student → Graduate → skilled employment हुँदै permanent pathway सामान्य migration pathway नै हुन सक्छ।
3. Visitor Visa मा No Further Stay
Visitor Visa लाई Australia पुगेपछि अर्को visa मा switch गरेर बसाइ लम्ब्याउने बाटो बन्द/कडा बनाउने उद्देश्यले No Further Stay condition प्रयोग गर्ने घोषणा गरिएको छ।
4. Working Holiday Maker मा ठूलो परिवर्तन
Second-year visa का लागि उपलब्ध संख्या 57,000 बाट 45,000 मा घटाइने बताइएको छ।
Third-year visa अझ कडा भएर 5,000 को ballot system मा सीमित गरिनेछ।
Regional work requirement भने कायम रहनेछ।
UK citizens का लागि Australia–UK trade agreement का कारण छुट रहनेछ।
5. Skilled Migration
Australia ले migration लाई आफ्नो वास्तविक workforce आवश्यकता सँग अझ बढी जोड्ने नीति अघि सारेको छ।
Healthcare, construction, education लगायत आवश्यक skill भएका sectors लाई प्राथमिकता दिने दिशा कायम छ।
Skilled visa processing मा पहिले नै गरिएको reprioritisation पनि यो व्यापक reform को हिस्सा हो।
6. Visa overstayers र compliance
Visa सकिएपछि पनि Australia मा unlawful रूपमा बस्ने, visa system को दुरुपयोग गर्ने र fraudulent/misleading practices विरुद्ध enforcement बढाइनेछ।
सरकारको उद्देश्य “who arrives, who stays and who leaves” भन्ने migration management लाई कडा बनाउनु हो।
7. Net Overseas Migration घटाउने लक्ष्य
सरकारले Net Overseas Migration (NOM) लाई हालको करिब 300,000 बाट 2028 सम्म 225,000 मा ल्याउने लक्ष्य राखेको छ।
Nepali students का लागि यसको अर्थ:
Australia ले international students लिन बन्द गरेको होइन। मुख्य परिवर्तन चाहिँ family/dependant pathway र temporary visa system को management मा हो। Genuine student, सही course selection, financial capacity र स्पष्ट study/career pathway अझ महत्वपूर्ण हुनेछन्।
Note:PhD students have been specifically identified as an exception to the new dependant restriction. The government has not yet provided enough detailed implementation guidance to confirm whether all Master's-by-Research programs will receive the same exemption!
Source: International media