03/11/2025
रवि लामिछानेसंग नक्खु कारागारमा पुगेर जाँचबुझ आयोगले बयान लिएको छ। साथै आयोगले कारागारका नाइके, भाइनाइके र चौकीदारसँग पनि सोधपुछ गरेको छ। सोधपुछको क्रम जेलर सत्यराज जोशीले आफूलाई बलजफ्ती रवि लामिछानेकै व्यक्तिहरुले तयार गरेर ल्याएको पत्रमा हस्ताक्षर गराइएको र उक्त पत्रमा विवरण के थियो भन्ने पनि आफूलाई जानकारी नभएको बयान दिए।