02/10/2016
गुरु ग्लोबल प्राइभेट लिमिटेड कार्यलय शुभारम्भ
अक्टोबर १, २०१६ ( असोज १५ २०७३) गुरु ग्लोबल प्राइभेट लिमिटेडको कार्यलय राजधानी काठमाडौको पुतलिसडक स्थित नेपालको केन्द्रीय शाखा कार्यलयमा बिधिबत रुपमा गरियो ।उक्त कार्यक्रमको शुभारम्भ नेपालका प्राध्यापक प्रा. डा. बिष्णु खनाल ज्यु बाट रिबन काटेर भयो । सो अबसरमा डा. खनालले च्याउसरि उम्रेका ईन्स्टिच्युटहरुको माझमा यो गुरु ग्लोबल लिमिटेड एक प्रकारको छुट्टै कार्यक्रम लिएर आउनुपर्ने , अमेरिकामा रहेका बैज्ञानिक , प्राध्यापक र बिद्धानहरुबाट खोलिएको हुनाले अमेरिका , युरोप , बेलायत , क्यानडा, अस्ट्रेलिया , जापान , कोरियाका अन्तर्राष्ट्रिय स्तरका विश्व बिधालयहरुमा स्नातक , स्नातकोत्तर र पिएचडिमा नेपाली बिद्यार्थीहरुलाइ भर्ना गर्ने प्रक्रिया सर्भ सुलभ तरिकाले गराउनका लागि ईन्स्टिच्युट सदैब लाग्नु पर्ने बताउनु भयो । उक्त कार्यक्रममा १५० जना भन्दा बढीको उपस्थिती थियो । जसमा प्राध्यापक , बैज्ञानिक , पत्रकार , इन्जिनियर , मेडिकल डाक्टर, बिद्यार्थी , तथा अभिभावक बर्गहरुले भाग लिनु भएको थियो । उत्त कार्यक्रम गुरु ग्लोबल प्राइभेट लिमिटेड नेपालका डाइरेक्टर द्वय सबिज न्यौपाने र हिमाल दत्त श्रेष्ठ द्वारा संचालन गरिएको थियो । यस कम्पनीको मुख्य कार्यलय अमेरिका स्थित वासिङ्टन डि सि मा रहेको छ