17/09/2020
ॐ विश्वकर्माय नमः।। जय श्री विश्वकर्मा बाबा।। विश्वकर्मा पूजाको हार्दिक शुभकामना।।
आश्विन संक्रान्ति अर्थात् कन्या संक्रान्तिलाई देवगणका शिल्प विशेषज्ञ भगवान श्री विश्वकर्माको बिसेष पूजा आरधना गर्ने परम्परा रहेको पाईन्छ। खासगरी बर्षमा ४ पटक विश्वकर्मा पूजाको महत्व राख्दछ। कार्तिक शुक्ला प्रतिपदा (गोवर्धन पूजा),भाद्रपद पंचमी (अंगिरा जयन्ति), मे दिवस र कन्या संक्रान्तिको दिनलाई विश्वकर्मा-पुजा महोत्सव पर्वको रुपमा उल्लेख गरेको पाईन्छ। तिनै लोकमा आराध्य देव बाबा बिश्वकर्मा लाई कला र शिल्प समुदायले ठुलो पर्वको रुपमा मान्ने गरेको देखिए पनि सबै वैदिक सनातनिहरूले पूजा गर्नु राम्रो हुनेछ। उहाँलाई पुज्नु कला, शिप र मजदुर बर्गको सम्मान गर्नु हो। सत्ययुगमा स्वर्गलोक , त्रेतायुगमा लंका ,द्वापर युगमा द्वारका कलियुगको आरम्भ पूर्व इन्द्रप्रस्थको भगवान विश्वकर्मा द्वारा निर्माण गरेको मानिएको छ। आजको आधूनिक यूगमा पनि देव शिल्पी भगवान श्री विश्वकर्मा बाबाले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अनुसरणकै कारण बिश्वजगतमा ठुला ठुला भवन,विमान,जहाज लगायत बिबिध कला र प्रविधिको निर्माण भएको देखिन्छ ।विश्वकर्मा पूजाको दिन उद्योग कलकारखानाको कार्य पुर्णरूपमा बन्द गरिन्छ । सवारी साधन धोइ पखाली गरिन्छ । मजदुर हरु पुर्ण बिदामा हुन्छन् र कलकारखानामा भेला भएर ध्वजा पतका फुल मालाले कारखाना सजाएर माटो दवार निर्मित विश्वकर्मा बाबाको मुर्तिमा पूजा गर्ने तथा आफुले प्रयोग गर्ने फलामका मेसिनरी औजार ओरपर झकिझकाउ बनाउनुका साथै मेसिनमा स्वस्तिक लेखी पुजा गर्ने गर्दछ्न । आआफ्नो सवारीसाधनमा विश्वकर्मा भगवानको फोटो टासि पूजा गर्ने गरेको देखिन्छ। विश्वकर्मा बाबाको पूजाको भोलिपल्ट बाजागाजाको सहित नजिकैको खोला या नदीमा बाबाको मुर्ति सेलौना लाने प्रचलन रहेको छ।
Happy Vishwakarma Day ❤️🙏