02/05/2023
श्री ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरी
मिति २०८०।०१।१९ गते बिहान अं. ०७:४५ बजेको समयमा जिल्ला सप्तरी हुमाननगर कंकालनी नगरपालिका वडा नं.१ स्थित कोशी ब्यारेजको ५२ नं.ढोका पुलको दक्षिण तर्फ पानीमा डुबी घोप्टो अवस्थामा नाम, थर, वतन, नखुलेको अं.वर्ष ३०/३५ को वर्ण श्यामलो, दुबै कानमा मुंद्रा लागएको, छोटो कपाल, छोटो दाह्री पालेको, घाँटीमा हनुमानी लगाएको पुरुष व्यक्तिको लाश फेला परेको हुँदा कोहि कसैको चिनजानको भए यस ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीमा सम्पर्क गर्नु होला ।