RKNonline.com

RKNonline.com Thanks for visit our page

यो  तस्बिरलाई  " The Vulture And The Little Girl " को  नाम  दिइएको  थियो । यस  तस्विरमा  एक  गिद्ध  चरम  भोकले  तड्पिएर ...
28/03/2023

यो तस्बिरलाई " The Vulture And The Little Girl " को नाम दिइएको थियो । यस तस्विरमा एक गिद्ध चरम भोकले तड्पिएर मर्न आँटेकी एक सानी बालिका मृत्युको प्रतीक्षा गरिरहेको छ । यो तस्विर साउथ अफ्रिकन फोटो पत्रकार केविन कार्टरले ( Kevin Carter ) सन् १९९३ मा सुडानमा अनिकालको समयमा खिचेका थिए ।

उक्त तस्बिरबाट उनले पुलिट्जर पुरस्कार ( Pulitzer Award ) सम्मानित पनि भएका थिए । तर, कार्टरले त्यस सम्मानको आनन्द धेरै दिन लिन भने पाएनन्, किनकि उक्त फोटो खिचेको केही महिनापछि ३३ बर्षको उमेरमा उनले आत्महत्या गरेका थिए ।

किन गरे त आत्महत्या ?

निसन्देह, जब उनी पुरस्कारबाट सम्मानित भए र खुशीयाली मनाउँदै थिए ।

उसबखत दुनियाभरका सञ्चार माध्यममा उनकै चर्चा भईरहेको थियो । यसै प्रख्यातिको माझ उनलाई एक फोन अन्तर्वार्तामा कसैले सोध्यो,
"त्यसपछि त्यो बालिकाको के भयो ?"

उनले जवाफ फर्काए, " त्यसपछि म रोकिईँन, किनकि मेरो फ्लाईट डिले हुँदैथियो । उनको उक्त जवाफपछि प्रश्नकर्ताले उनीतर्फ इङ्गित भने, " म तपाईँलाई भनिरहेकी छु कि त्यसदिन त्यहाँ दुईवटा गिद्धहरु थिए । जसमध्ये एकको हातमा क्यामेरा थियो ।"

फोटो पत्रकार करविन कार्टरलाई उक्त प्रश्नले यति विचलित बनायो कि अन्त्यमा पश्चातापमा पुगेर आत्महत्या गरे ।
****

त्यसैले कुनैपनि स्थितिमा केही कुरा हासिल गर्नुभन्दा पहिले मानवता जगाउनु पर्दछ ।

ति बालिका र कार्टर आजपनि जीवित रहन्थे यदि उनले ति बालिकालाई उठाएर युनाइटेड नेशनको फिडिङ्ग सेन्टरमा पुर्याईदिएको भए । जहाँ पुग्नका लागि बच्चा कोसिस गरिरहेकि थिईन् ।

त्यसैले जब कुनैपनि मौका पर्छ, त्यस्तो परिस्थितिमा फोटो खिच्नको सट्टा मद्दत गर्ने कोसिस गर्नुस् ।

आजकल दु:ख, दर्द, पीडा, गरिबी, घाइते, विरामी लगायतका फोटो खिचेर सामाजिक संजालमा मालामाल या भाइरल हुनकै लागि अपलोड गर्ने गरिन्छ । सहयोगको पुकारका लागि अनेकौँ उपायहरु अपनाएको देखिन्छ ।

एक हिसावले भन्ने हो भने मान्छेका अभाव, पीडा, व्यथा, दर्द आदिलाई सस्तो मजाक बनाईएको छ, कमाई खाने भाँडो बनाईएको छ । तर त्यस्तो फोटो/ भिडियो खिचेर भाइरल हुनु खोज्नेहरुले भने फिटिक्कै सहयोग गरेको देखिदैन् ।

त्यसैले, सोच बदलौँ मानवता सहितको सामाजिक उत्तरदायित्व पनि वहन गरौँ ।

17/03/2023

उच्चशिक्षा हासिल गर्न बिदेश गएको नेपाली विद्यार्थीले ६ महिनामा गाडी किन्न सक्नेहुन्छ । दुई बर्षमा फ्ल्याट किन्न सक्नेहुन्छ । बिवाहितको हकमा श्रीमती/ श्रीमान् लाई लैजान्छ । ३ बर्षमा बुवाआमा बोलाउँछ । तिन बर्षमै चमत्कारीक ढङ्गबाट भविष्य सुरक्षीत गर्न भ्याँउछ । बिचरा त्यहाँ न बा को पैत्रीक सम्पत्ति थियो, न मामाघर थियो, न त ससुराली थियो । त्यो देश न उसको जन्मभूमि हो न त्यहाँको नागरिक नै । सबै पराई भएर पनि सबै सम्भव भयो । कसरी ?
यसको बैज्ञानिक र तर्कसंगत उत्तर खोज्ने हो भने बल्ल नेपाल बन्छ ।
उता काम गर्न सक्ने युवा उमेरलाई सम्पत्ति मानिने भएर होला, काम गर्ने इच्छाशक्ति र श्रमशक्तिलाई सम्पत्ति मान्ने भएर त होला (आम्दानी कर तिरेका ) पार्ट टाईम, प्राइभेट नोकरीको आम्दानीलाई आधार बनाएर बैंक मार्फत लगानी र व्यवस्थापन गर्ने बिधिका कारण नागरिकले आफ्नो भबिष्य सुरक्षित भएको महसुस गर्न पाँउछन् ।

तर यहाँ न काम गर्ने उमेर सम्पत्ति बन्यो, न काम गर्ने इच्छाशक्ति सम्पत्ति बन्यो, न श्रम सम्पत्ति बन्न सक्यो । सम्पत्तिको परिभाषा र नीति केवल जग्गाजमिन हो भन्ने बनाईयो । जसरीपनि जग्गाजमिन आफ्नो नाममा बनाउनुपर्छ भन्ने नीति र चिन्तनले सुकुम्बासी समस्या घटेन बरु सुकुम्बासीका नाममा हुकुमबासी समस्या थपियो । उद्यम,उत्पादन,इलम कहिल्यै प्रार्थमिकतामा परेन। यसैको उपज श्रम अपमानित भयो, काम गर्न चाहने जनशक्ति खेर गयो, काम गर्ने इच्छा मर्‍यो, उसको सपना मर्‍यो । उत्पादन भएन आयात बढ्यो, उद्योग चलेन व्यापार सकियो, रोजगारी मर्‍यो बेरोजगारी बढ्यो आम्दानी मर्‍यो ऋण बढ्यो । त्यसैले सम्पत्तिको परिभाषा र नीति फेर्नुपर्छ । मरेको सपना व्युँताउने हो भने काम गर्ने उमेर, काम गर्ने इच्छाशक्ति, काम गर्ने नवीन सोच र योग्यतालाई सम्पत्तिको परिभाषा भित्र छिराएर लगानी गर्न सक्नुपर्छ अन्यथा गरिव गरिव नै हुनेछन् धनी पनि गरिव हुनेछन् ।

# साभार

26/02/2023

Breaking: उच्च अदालत पोखराले दाबी नपुगेको भन्दै पल शाहलाई सफाई दिएको छ।

Braking news 👇मेयर पद बाट राजीनामा दिन लाउन खोज्दैछन् यो देश कहिले बन्दैन 😥
25/02/2023

Braking news 👇मेयर पद बाट राजीनामा दिन लाउन खोज्दैछन्
यो देश कहिले बन्दैन 😥

25/02/2023

कस्ले कस्लाइ बढी पछार्ने भन्ने खेलो चल्दै गर्दा देश र जनताको हालत चाहिँ स्वाहा !

06/02/2023

कोइछ माइकललाल???
कुन नेताको हिम्मत छ mainstream को सम्पूर्ण मीडिया: कान्तिपुर, अन्नपुर्ण, नया पत्रिका, online khabar, सेतोपाटी लगायत....राजाबादी, रबिन्द्र मिश्र, ऋषि धमला माथिको तितोसत्यकुरा खुलेआम प्रमाण सहित ओकाल्ने हिम्मत, चाहे आक्रोशमानै सहि??? यसको मतलब उनलाई केहि कुराको लोभ छैन, कोहीसंग setting गर्नुछैन भन्ने प्रस्टहुञ्छ!

पार्टीको तलुवा चाट्नेहरु नआवो अब अनेक भन्दै.... रबिले गृहमन्त्रि भएर नियम कानुनमा देश चलाउदा, सिस्टम बसाल्दा,तिमीहरुलेनी केहि सुख पाउथेउ,
खाऊ अब तेही...
सच्चा योद्धा..... Salute रबि लामिछाने

04/02/2023

गृह मागको डेडलाईनः ओली र प्रचण्डले रास्वपालाई गृह बाहेक अरू मन्त्रालय लिन र रबिलाई मन्त्रीमा नपठाउन खबर गरेका छन्। रबिले यसमा के गर्ने रास्वपाको बैठक गरपछि निर्णय भन्छौँ भनेका छन्।

🇨🇳🇨🇳
25/01/2020

🇨🇳🇨🇳

काठमाण्डाै - नेपालमा पनि काेराेना भाइरसकाे संक्रमण भएकाे पुष्टि भएकाे छ । वरिष्ठ स्वास्थ्य प्रशासक सागर दाहाललग....

10/01/2020

Jay PUBG

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when RKNonline.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share