Shree Kalika Soap & Chemicals

Shree Kalika Soap & Chemicals Battai egg

25/06/2021
03/03/2020
15/04/2018

भक्तपुर, १ वैशाखः भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा रु तीन करोडभन्दा बढीको व्यापार भएको छ ।

नयाँ वर्षको अवसरमा गत चैत २३ गतेदेखि सञ्चालन भइरहेको मेलामा हालसम्म ६० हजारभन्दा बढीले अवलोकन गरेको र दैनिक उपभोग्य सामग्रीका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा रु तीन करोडभन्दा बढीको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।
मेलामा २०० भन्दा बढी दैनिक उपभोग्य सामग्रीको स्टल राखिएको छ भने विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, बाल उद्यान, रोटीपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामाग्री राखिएको छ ।

दैनिक दर्जनौँ राष्ट्रिय कलाकारको प्रस्तुतिका कारण पनि मेलाको रौनक बढेको महतले बताउनुभयो । मेलामा तराई क्षेत्रमा खेलिने प्रशिद्ध कुस्ती प्रतियोगिताको समेत आयोजना गरिएको छ भने राष्ट्रिय नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको छ ।

15/04/2018

तेह्रथुम, १ वैशाखः गुराँसका राजधानीका रुपमा चिनिएका तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा नयाँ वर्षको दिन आज पर्यटकको घुइँचो लागेको छ ।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलका रुपमा रहेका टिएमजे क्षेत्रमा नयाँ वर्ष मनाउन आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुगेका छन् । यो क्षेत्रको वसन्तपुरदेखि माथि टुटेदेउराली, घुर्मिसे, पाथीभरा, तीनजुरे डाँडा, पाँचपोखरी, चौकी, मंगलबार र गुफाबजार क्षेत्रमा पर्यटकको भीड लागेको छ ।

विभिन्न प्रजातिका रंगीचंगी गुराँस, उच्च पहाडी चुचुरा, विभिन्न वन्यजन्तु र देवताका आकृति कँुदिएर मनोरम बनाइएको गुराँस र ढुंगाको बगैँचा, विकसित बन्दै गरेको वसन्तपुर बजार र माथि उच्च पहाडमा रहेको पाथीभरा मन्दिर, उच्च क्षेत्रका हेरुँहेरुँ लाग्ने झुप्रा बस्ती र त्यहाँको दैनिकी आदिले पर्यटकलाई नयाँ वर्षमा टिएमजे तानेको बताउँछन् ।

बिहानैदेखि पाथीभरा मन्दिर र आसपासका यी क्षेत्रमा पर्यटकको भीड लागेको घुर्मिसेका होटल व्यवसायी सञ्जीव चोङवाङले बताउनुभयो । उहाँका अनुसार गुराँस फुल्ने सिजन भएकाले गुराँसमा रमाउन र यहाँको मनोरम प्रकृतिसँग खेल्न नयाँ वर्षमा पर्यटकले टिएमजे क्षेत्र आउने गर्दछन् । टिएमजे क्षेत्रको तीनजुरे भ्यू–टावर चढेर पुर्वका तेह्रथुम, संखुवासभा, धनकुटा, ताप्लेजुङ, पाँचथर, इलाम र भोजपुरको एक साथ अवलोकन गर्न सकिन्छ ।

गुराँस पर्यटनको उत्कृष्ट सम्भावना बोकेको गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको तेह्रथुममा पर्ने भू–भाग तीनजुरे हो । मिल्के ताप्लेजुङ र जलजले संखुवासभा जिल्लामा पर्दछन् । पछिल्लो वर्ष यो क्षेत्रमा आउने पर्यटकको संख्या वृद्धि भइरहेको छ । यहाँ आउने पर्यटकका लागि आरामदायी यात्रा गर्न सुविधायुक्त सडक, होटल रेष्टुराँ वा अन्य सुविधा नभए पनि प्राकृतिक मनोरमको उत्कृष्ट गन्तव्य बन्दै गइरहेको स्थानीयवासी बताउँछन् ।

पर्यटक आउने वृद्धिसंगै यहाँ सुविधा पनि वर्षेनि थपिँदो छन् । पर्यटक लक्षित विभिन्न योजना सञ्चालन भइरहेका छन् । निकै कष्टका साथ यहाँ आउने गरेपनि स्वर्गीक आनन्द लिएर फिर्ने गर्छन् । नयाँ वर्षको दिन आज यहाँका डाँडाकाँडा आन्तरिक पर्यटकको आगमनले भरिएका छन् ।

होटल र पसलमा भीड छ । तीनजुरे डाँडामा रहेको पाथीभरा मन्दिरमा हजारौँ भक्तजनले दर्शन गरेका छन् । वसन्त ऋतुसँगै फुल्ने गुराँसले यहाँका डाँडाकाँडा र जंगल राताम्मे देखिन्छन् । तर पछिल्लो वर्षमा गुराँस माँसिएर कम मात्र फुल्ने गरेको भए पनि रमाउनकै लागि यहाँका डाँडाकाँडा, चिसो हावा र यहाँबाट देखिने मनोरम दृश्य नै काफी लाग्छन् ।

वन क्षेत्रमा खुला चरिचरण, गुराँसे बन फँडानी र जलवायु परिवर्तनको कारण गुराँसे बन मासिने क्रम बढेको स्थानीय प्रकाश श्रेष्ठले बताउनुभयो । यो क्षेत्रमा पुर्वका तेह्रथुम, धनकुटा, संखुवासभा, सुनसरी, झापा, मोरङ, काठमाडौँलगायत भारत र अन्य विदेशी पर्यटकको आगमन वर्षेनि बढिरहेको श्रेष्ठले बताउनुभयो ।

यो क्षेत्रको पर्यटकीय सम्भावना प्रशस्तै भएको भन्दै यसलाई प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने अभियानमा आफूहरु लागेको पनि उहाँले बताउनुभयो । (रासस)

15/04/2018

Bisket Jatra begins in Tokha

Kathmandu, April 14 (RSS): Bisket Jatra, an annual festival celebrated by the residents of Tokha, has begun today. The four-day event that starts on the first four days of the Nepali New Year (Baisakh 1 to 4) sees a cart with god and goddess (Ganesha and Kumari) on top being pulled through the town. A wooden pole (Lingo) is erected near a Ganesh temple at Thanelachhi Chowk.

Various deities are also worshipped throughout the festival. The festival has a historical root and begins with the motive to save local people of the area from evil spells cast by various forces during an ancient era, said Chairperson of the festival management committee Ganesh Man Shrestha. Volunteers have been mobilised, and security has been tightened for the festival, he said. A fair has also been held in the area on the occasion.

15/04/2018

नुवाकोटका महिलाले उनको कपडा बुनेर आफ्नो थैली भर्न थालेका छन्।

11 एप्रिल 2018

घरायसी काममै व्यस्त रहने नुवाकोटको ग्रामिण भेगका थुप्रै महिलाले हिजोआज विभिन्न कपडा बुन्ने पेसा अँगालेका छन्। बजारमा पाइने उनको धागोबाट उनीहरू स्वेटर, पटुका, झोला आदी बुन्छन् र ती बिक्री गरेर आफ्नो थैली भर्छन्। आम्दानीको नयाँ श्रोत पाएसँगै उनीहरूले आर्थिक रूपमा आफू थप सक्षम भएको अनुभव गर्न थालेका छन्।

15/04/2018

'चिकित्सकहरूबाटै कर छली'

राजधानी लगायतका अधिकांश नाम चलेका ठूला तथा निजी अस्पतालका चिकित्सकहरूले काम गरे बापतको पारिश्रमिकलाई परामर्श सेवाको रुपमा उल्लेख गर्दै कर छली गरेको पछिल्लो एक अध्ययनले जनाएको छ।

यसरी चिकित्सकहरूले तलब र परामर्श सेवा बापत अलग-अलग रकम दाबी गर्ने गरेको उक्त अध्ययनमा उल्लेख छ।

तर चिकित्सकहरूले भने करसम्बन्धी सरकारकै नीतिमा रहेका कमजोरीका कारण आफूहरु दोहोरो करको मारमा परेको बताएका छन्।

ठूला तथा निजी अस्पतालहरूले चिकित्सक तथा अन्य पदाधिकारीलाई अस्पतालमा काम गरे बापतको पारिश्रमिकलाई सेवाको रुपमा खर्च लेख्ने गरेको बताइएको छ।

'मूल्य अभिवृद्धि कर झण्डै आधा मात्रै उठ्यो'

चिकित्सक आन्दोलनले बिरामी मारमा

असुल
अस्पतालले नै सम्पूर्ण खर्च लेखेको अवस्थामा पुन: परामर्शदाता चिकित्सकहरूले आफूले छुट्टै कर्मचारी राखेको उल्लेख गरी खर्च दाबी गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

या त भ्याटमा दर्ता भएर १३ प्रतिशत कर तिर्नुपर्यो। होइन भने पारिश्रमिकको रुपमा लिएपछि त्यसमा खर्चकट्टी गर्न मिल्दैन। त्यसैले कर छुटेको छ र त्यो असुल गर्नुपर्छ भनेर हामीले यो विषयलाई उठाएका हौं। ठूला अस्पतालहरुमा काम गर्ने प्रायःजसो सबै चिकित्सकहरूको अवस्था त्यस्तै देखिन्छ
रामुप्रसाद डोटेल, उप-महालेखापरीक्षक
उप-महालेखापरीक्षक रामुप्रसाद डोटेलले भने, ''या त भ्याटमा दर्ता भएर १३ प्रतिशत कर तिर्नुपर्यो। होइन भने पारिश्रमिकको रुपमा लिएपछि त्यसमा खर्चकट्टी गर्न मिल्दैन। त्यसैले कर छुटेको छ र त्यो असुल गर्नुपर्छ भनेर हामीले यो विषयलाई उठाएका हौं। ठूला अस्पतालहरुमा काम गर्ने प्रायःजसो सबै चिकित्सकहरूको अवस्था त्यस्तै देखिन्छ।''

आयकर ऐनअनुसार रोजगारदाताबाट कुनै आय वर्षमा ज्याला, तलब तथा अतिरिक्त समय काम गरे बापतको आय लगायत जुनसुकै रकम पारिश्रमिकमा गणना गर्नुपर्ने हुन्छ।

तर परामर्श सेवाका नाममा प्राप्त गरेको रकममा चिकित्सकहरूबाट मूल्य अभिवृद्धि कर असुल हुन नसकेको अधिकारीहरुको भनाइ छ।

अप्ठेरो
चिकित्सकहरुले चाहिँ भने उक्त भनाइ सही नभएको भन्दै त्यसलाई सरकारकै नीतिगत त्रुटि भनेका छन्।

बिरामी जाँचमा १५ प्रतिशत कर र वार्षिक सात लाख रुपैयाँभन्दा बढी आम्दानी गरे बापत २५ प्रतिशत कर तिर्नुपर्ने भएकोले आफूहरु दोहोरो मारमा परेको चिकित्सकहरूको छाता संगठन नेपाल मेडिकल एसोसियसनको भनाइ छ।

तलब बाहेकको सबै सेवालाई परामर्श सेवा भनिएको छ। अपरेशन वा बिरामी जाँच गरेपनि परामर्श सेवा भनिएको छ। अपरेशन गर्दा पहिले नै १५ प्रतिशत काटिसकेको हुन्छ। अनि वर्षभरिको आम्दानी जोड्दा आठ लाख रुपैयाँ बढी भएमा पुन: अतिरिक्त कर तिर्नुपर्ने हुन्छ। त्यसकारणले दोहोरो करको दायरामा ल्याउने कुराले चिकित्सकलाई झन् अप्ठ्यारो पार्न खोजेको छ
मुक्तिराम श्रेष्ठ, अध्यक्ष, नेपाल मेडिकल एसोसियसन
एसोसियसनका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने, ''तलब बाहेकको सबै सेवालाई परामर्श सेवा भनिएको छ। अपरेशन वा बिरामी जाँच गरेपनि परामर्श सेवा भनिएको छ। अपरेशन गर्दा पहिले नै १५ प्रतिशत काटिसकेको हुन्छ। अनि वर्षभरिको आम्दानी जोड्दा आठ लाख रुपैयाँ बढी भएमा पुन: अतिरिक्त कर तिर्नुपर्ने हुन्छ। त्यसकारणले दोहोरो करको दायरामा ल्याउने कुराले चिकित्सकलाई झन् अप्ठ्यारो पार्न खोजेको छ।''

महालेखापरीक्षकको कार्यालयले हालसम्म नौवटा राजश्व कार्यालयमा ७५ जना चिकित्सकले दाबी गरेको खर्च मान्य हुने अवस्थामा नरहेको जनाउँदै ठूलो मात्रामा कर उठाउनुपर्ने भनेको छ।

Address

Kathmandu
44600

Telephone

+9779841681196

Website

Alerts

Be the first to know and let us send you an email when Shree Kalika Soap & Chemicals posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share