janaki online tana house

janaki online tana house bedsheets, tops ,etc

19/03/2026

बालेन्द्र शाहले प्रधानमन्त्रीकाे सपथ ग्रहण गर्ने ‘शुभ साइत’ चैत १० गते,एकैपटक मन्त्रीपरिषदलाई पूर्णता दिइने - टक्सार न्युज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले चैत १० गते प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने तयारी भएको छ ।

चैत १० गते नै प्रधानमन्त्रीका रूपमा शाहले पद तथा गोपनीयताको सपथ लिने आन्तरिक तयारी भएको हो ।

शाहको सपथग्रहण लगत्तै मन्त्रीहरूको सपथ ग्रहण हुने छ । उच्चस्रोतका अनुसार शाहले सपथ ग्रहणका लागि चैत १० गते शुभ साइत निकालेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चैत ८ देखि ९ गतेभित्र सबै निर्णय गरिसक्ने र १० गते शाहको सपथ ग्रहण गराउने तयारी गरेको छ ।

उच्चस्रोतले भन्यो,“चैत १० गते सपथग्रहणका लागि शुभसाइत निस्किएको छ र पार्टीको तयारी पनि त्यसैअनुसार छ ।”

रास्वपाले मन्त्रीपरिषद्मा जाने सबैमन्त्रीको सपथ ग्रहण पनि चैत १० गते नै गर्ने गरि तयारी गरेको छ । स्रोतले भन्यो, “अब विगतजस्तो गठबन्धनसँग छलफल सल्लाह गरिसक्न परेन त्यसैले किस्तामा मन्त्रीपरिषद विस्तार किस्तामा हुँदैन । एकैपटक गर्ने निर्णय भएको छ ।”

रास्वपाले मन्त्रीपरिषदमा भौगोलिक, जातीय, क्षेत्रीय, चुनावी नतिजा, विज्ञाता, लैंङ्गिकता सबै मिलाएर मन्त्रीपरिषद् छनौटको तयारी गरेको छ ।

२०८२ फागुन २१ गते भएको प्रतिनिधि सभा चुनावमा रास्वपाको झण्डै एकल दुइतिहाइ बहुमत आएको छ । रास्वपाले चुनाव अघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर गएको थियो ।

शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुअघि निर्वाचन आयोगले राष्ट्रपतिलाई चुनावी नतिजाको विवरणसहितको प्रतिवेदन हस्तान्तरण गर्ने छ ।

लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री नियुक्तिका लागि आव्हान गर्नेछन् । यी सबै प्रक्रिया चैत १० गतेअघि नै हुनेछ ।

24/02/2026
24/02/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when janaki online tana house posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share