Santosh Sir -Professional Guru G channels

Santosh Sir -Professional Guru G channels Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Santosh Sir -Professional Guru G channels, Business consultant, Kirtipur, Kathmandu.

हाम्रा सेवाहरु :
✅कम्पनी दर्ता ,खारेजी र नवीकरण सम्बन्धी
✅वार्षिक विवरण अद्यावधिक,शेयर लगत / किनबेच / पुंजी वृद्धि सम्बन्धी
✅ लेखाको काम , करचुक्ता साथै विविध कर सम्बन्धी सेवा
✅ वडा / घरेलु / वाणिज्य / एक्जिम काेड दर्ता तथा नवीकरण /खारेजी ...etc

📢 आयकरको ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था (बजेट २०८३)✅ मुख्य व्यवस्था१. PAN नलिई आय आर्जन गरेका व्यक्तिका ...
31/05/2026

📢 आयकरको ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था (बजेट २०८३)
✅ मुख्य व्यवस्था
१. PAN नलिई आय आर्जन गरेका व्यक्तिका लागि
विगतमा PAN नलिई कर लाग्ने आय आर्जन गरेको भए,
PAN लिएर आ.व. २०७९/८० देखि २०८२/८३ सम्मको आय विवरण २०८३ पुष मसान्तभित्र पेश गरी कर बुझाएमा,
ब्याज र शुल्क पूर्ण रूपमा मिनाहा हुनेछ।
सोभन्दा अघिल्ला वर्षहरूको विवरण, कर, शुल्क तथा ब्याज बुझाउनुपर्ने छैन।
✅ निष्क्रिय PAN भएका करदाताका लागि
PAN लिएर पनि कारोबार वा आय आर्जन नगरेका र आय विवरण नबुझाएका करदाताले,
आ.व. २०८२/८३ को विवरण तथा कर बुझाई २०८३ पुष मसान्तभित्र
PAN खारेजी गर्न, वा
पुनः सक्रिय गर्न निवेदन दिएमा,
अघिल्ला वर्षहरूको आय विवरण बुझाउनुपर्ने छैन।
तोकिएको अवधिभित्र निवेदन नदिएमा PAN स्वतः खारेज हुन सक्छ।
✅ बाँकी कर तथा विवरण भएका व्यक्तिका लागि
आयकर ऐन, २०५८ अनुसार PAN लिएर आय आर्जन गरेका तर कर तथा विवरण बुझाउन बाँकी रहेका व्यक्तिले,
२०८३ पुष मसान्तभित्र कर, विवरण तथा करको १% अतिरिक्त रकम बुझाएमा,
लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ।

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकूल भएका उजुरी र जनगुनासो तीव्र रूपमा बढेको भन्दै मिडिया क्षेत्रमा भित्रि...
27/05/2026

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकूल भएका उजुरी र जनगुनासो तीव्र रूपमा बढेको भन्दै मिडिया क्षेत्रमा भित्रिएका गम्भीर विकृतिहरूउपर आफ्नो कडा निगरानी र कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । काउन्सिलको स्वअनुगमन र प्राप्त उजुरीका आधारमा हालै सार्वजनिक गरिएका सात बुँदे प्रवृत्तिहरूले पत्रकारिताको साख गिराएको ठहर काउन्सिलले गरेको छ ।

अनलाइन न्यूज पोर्टल दर्ता गरेर वेबसाइटमा सामग्री नहाल्ने तर सोही मिडियाको नामबाट युट्युब, फेसबुक पेज वा रिल मार्फत भ्युअर बढाउने र 'मोनिटाइजेसन' केन्द्रित भई अपुष्ट सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति बढेको भन्दै काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्ति अनुसार विना अनुमति अस्पताल, विद्यालय र सरकारी कार्यालयमा प्रवेश गरी अमर्यादित शैलीमा हप्कीदप्की गर्ने, अभिभावकको अनुमति बिना बालबालिकाको अन्तर्वार्ता लिने र कार्यालय प्रमुखसँग क्यामरा र बुम तेर्स्याएर धम्काउँदै अन्तिममा विज्ञापन वा सूचनाको बिल छाड्ने जस्ता गैरकानुनी र असुलीमुखी प्रवृत्ति मौलाएको छ ।

यसैगरी सीमा क्षेत्रका जिल्लाहरूमा विना अनुमति विदेशी मिडिया र पत्रकारले नेपाल कानुनको विरोधमा भ्रामक सामग्री सम्प्रेषण गरिरहेको र स्वयम् पत्रकारहरूले नै एक–अर्का विरुद्ध तथ्यहीन आरोप लगाउने गरेको काउन्सिलको प्रतिवेदनमा उल्लेख छ । सञ्चार क्षेत्रलाई स्वतन्त्र र विश्वसनीय बनाउन सामग्री सम्प्रेषण अघि तथ्य र विश्वसनीयताको परीक्षण अनिवार्य गर्न आग्रह गर्दै काउन्सिलले आचारसंहिता विपरीतका कार्य तत्काल रोक्न सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई सचेत गराएको छ ।

*औद्योगिक व्यवसाय ऐन, २०७६ मा भएको दण्ड जरिवानाको व्यवस्था (उद्योगहरूको लागि):*१) उत्पादन, प्रशोधन, ग्रेडिङ, प्याकेजिङ्ग...
22/05/2026

*औद्योगिक व्यवसाय ऐन, २०७६ मा भएको दण्ड जरिवानाको व्यवस्था (उद्योगहरूको लागि):*
१) उत्पादन, प्रशोधन, ग्रेडिङ, प्याकेजिङ्ग, रिप्याकेजिङ्ग, असेम्बली, निर्माण तथा सेवा प्रवाह गर्ने उद्योगहरु (वा ट्रेडिङ गर्ने बाहेक सबै व्यवसायिक संस्थाहरू) यस ऐन अन्तर्गत दर्ता हुनु पर्दछ ।

२) उद्योग #दर्ता_नगरी सञ्चालन गरेमा तत्काल उद्योग बन्द गरी लघु, घरेलु तथा साना, मझौला र ठूला उद्योगलाई क्रमशः ५ हजार, २५ हजार, ५० हजार र १ लाख जरिवाना लाग्दछ।

३) दर्ता भएको #उद्देश्य_विपरीत कार्य गरेमा लघु, घरेलु तथा साना, मझौला र ठूला उद्योगलाई क्रमशः २ हजार, ५ हजार, १ लाख र ५ लाख जरिवाना लाग्दछ।

४) दर्ता पछि उद्योग #व्यवसायिक_उत्पादन सुरु गर्दा उत्पादन सुरु भएको जानकारी दिनु पर्दछ। सो जानकारी न दिएको खण्डमा प्रति ६ महिनाको लागि लघु, घरेलु तथा साना, मझौला तथा ठूला उद्योगलाई क्रमशः २ हजार, १० हजार र २५ हजार जरिवाना लाग्दछ।

५) उद्योग #स्थानान्तरण गर्नु परेमा स्वीकृति लिनु पर्ने हुन्छ सो स्वीकृति नलिई उद्योग स्थानान्तरण गरेमा लघु, घरेलु तथा साना, मझौला तथा ठूला उद्योगलाई क्रमशः ५ हजार, २५ देखि ५० हजार, १ लाख देखि ३ लाख जरिवाना लाग्दछ।

६) स्वीकृति नलिई #पुँजी_वृद्धि, #क्षमता_वृद्धि, #उदेश्य_थप वा #उद्देश्य_परिवर्तन गरेमा लघु, घरेलु तथा साना, मझौला तथा ठूला उद्योगलाई क्रमशः ५ हजार, २५ देखि ५० हजार, १ लाख देखि ३ लाख जरिवाना लाग्दछ।

७) हरेक उद्योगले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र #वार्षिक_प्रगति_विवरण बुझाउनु पर्दछ। त्यो विवरण न बुझाएको खण्डमा लघु, घरेलु तथा साना, मझौला र ठूला उद्योगलाई क्रमशः १ हजार, ५ हजार, १० हजार र २५ हजार जरिवाना लाग्दछ।

८) ठूला, मझौला तथा वार्षिक १५ करोड भन्दा बढी कारोबार गर्ने घरेलु तथा साना उद्योगले खुद नाफा को कम्तीमा १% रकम #व्यवसायिक_सामाजिक_उत्तदायित्व (CSR) को लागि छुट्याई तोकेको क्षेत्रमा खर्च गर्नु पर्दछ। यसरी न गरेमा खुद नाफा को १.५% रकम जरिवाना लाग्दछ र एक वर्ष भन्दा बढी CSR जिम्मेवारी पूरा न गर्ने उद्योगलाई खुद नाफाको थप ०.५% (जम्मा २%) जरिवाना लाग्दछ।

९) कुनै #निर्देशन_वा_शर्त पालना न गरेमा लघु, घरेलु तथा साना, मझौला र ठूला उद्योगलाई क्रमशः ५ हजार, ५० देखि १ लाख ५० हजार, १ लाख ५० हजार देखि ३ लाख र २ लाख ५० हजार देखि ३ लाख जरिवाना लाग्दछ।

१०) यस ऐन नियम बमोजिम #अन्य_व्यवस्थाहरू उलंघन गरेमा लघु, घरेलु तथा साना, मझौला र ठूला उद्योगलाई क्रमशः १५ हजार, १५ हजार देखि ३० हजार, ३० हजार देखि ५० हजार र ५० हजार देखि १ लाख जरिवाना लाग्दछ।

नोट: प्रदेश ऐन अनुसार केही कुराहरू फरक हुन सक्दछ।

कम्पनी सम्बन्धी काम गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोस 📱 985-1362814
20/05/2026

कम्पनी सम्बन्धी काम गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोस 📱 985-1362814

18/05/2026

Follow = follow back

Star send garna yasari star load garnu parxa hai
17/05/2026

Star send garna yasari star load garnu parxa hai

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जानकारी अनुसार मिति २०८३ वैशाख २८ देखी जेठ ३ गते सम्म मूल्य पारदर्श...
15/05/2026

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जानकारी अनुसार मिति २०८३ वैशाख २८ देखी जेठ ३ गते सम्म मूल्य पारदर्शिता सप्ताहको रुपमा ( Price Transparency Week) कार्यक्रम घोषणा गरेको हुनाले आफ्नो व्यवसायमा मूल्य सूचि नराख्नु भएको व्यवसायीले मूल्य सूचि अनिवार्य रुपमा राख्नुहुन चितवन उद्योग वाणिज्य संघ हार्दिक अपिल गर्दछ । साथै तपसील बमोजिमका कार्यहरु गरि स्वच्छ बजार निर्माणमा सहभागि हुन समेत अनुरोध गरिन्छ ।
तपसिलः
१ मुल्य सूची सबैले देख्ने गरी अनिवार्य रूपमा राखौं ।
२ नियमितरूपमा विल विजक जारी गरौं ।
३ खरिद विक्रि खाता अद्यावधिक राखौं ।
४. व्यवसाय दर्ता प्रमाण पत्र र स्थाई लेखा नम्वर अनिवार्य रूपमा कारोवार स्थलमा राखौं ।
५. उत्पादन मिति, प्रयोग मिति र उपभोक्ता मुल्य उल्लेख नभएको समानको कारोवार नगरौं ।
६. सडेगलेको र म्याद गुज्रिएको सामान कारोवार स्थलमा नराखौं ।
७. करपाटी अनिवार्य रूपमा राखौं ।
८. अखाद्य वस्तुको प्रयोग नगरौं ।

आफ्नो ब्रान्ड सुरक्षित गर्नुहोस्: नयाँ ट्रेडमार्क बुलेटिन प्रकाशन! यो अत्यन्तै महत्त्वपूर्ण जानकारी हो।⚖️ ९० दिनको हदम्य...
15/05/2026

आफ्नो ब्रान्ड सुरक्षित गर्नुहोस्: नयाँ ट्रेडमार्क बुलेटिन प्रकाशन!
यो अत्यन्तै महत्त्वपूर्ण जानकारी हो।

⚖️ ९० दिनको हदम्याद: यदि बुलेटिनमा प्रकाशित कुनै ट्रेडमार्कमा तपाईंको दाबी वा विरोध छ भने, सूचना प्रकाशित भएको ९० दिनभित्र उद्योग विभाग, त्रिपुरेश्वरमा उजुरी दिनुपर्नेछ।
🌐 सूची कहाँ हेर्ने?: विभागको आधिकारिक वेबसाइट www.doind.gov.np मा गएर बुलेटिन हेर्न सकिन्छ।

समयमै ध्यान नदिँदा तपाईंको ब्रान्ड अरूको नाममा दर्ता हुन सक्छ। सचेत रहनुहोस्!

👉 ट्रेडमार्क दर्ता वा सहायता चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्! 📩 =977-9851362814 or whatsapp

📘 प्रबन्धपत्र (MOA) तथा नियमावली (AOA) के हो ?कम्पनी दर्ता तथा सञ्चालनका लागि आवश्यक दुई महत्वपूर्ण संवैधानिक कागजात हुन...
15/05/2026

📘 प्रबन्धपत्र (MOA) तथा नियमावली (AOA) के हो ?

कम्पनी दर्ता तथा सञ्चालनका लागि आवश्यक दुई महत्वपूर्ण संवैधानिक कागजात हुन् —
✅ प्रबन्धपत्र (Memorandum of Association - MOA)
✅ नियमावली (Articles of Association - AOA)

📌 प्रबन्धपत्र (MOA) ले कम्पनीको उद्देश्य, पूँजी संरचना, दायित्व तथा कार्यक्षेत्र निर्धारण गर्दछ ।
📌 नियमावली (AOA) ले कम्पनीको आन्तरिक व्यवस्थापन, सञ्चालन प्रक्रिया तथा शासन संरचना सम्बन्धी व्यवस्था निर्धारण गर्दछ ।

कम्पनी ऐन, २०६३ अनुसार यी कागजातहरू कम्पनी दर्ता तथा सञ्चालनका आधारभूत कानुनी दस्तावेज हुन् ।

सम्बन्धी जानकारी सरल र व्यवस्थित रूपमा प्रस्तुत गरिएको छ ।

🏢 कम्पनी रजिष्ट्रारको कार्यालय

#कम्पनी_ऐन_२०६३ #प्रबन्धपत्र #नियमावली #नेपालसरकार

कम्पनी नबिकरण / अद्यावधिकमा भारी छुट। मौकाको फाइदा उठाउनुहोस।हाम्रा अन्य सेवाहरु :✅कम्पनी दर्ता ,खारेजी र नवीकरण ✅वार्षि...
21/05/2025

कम्पनी नबिकरण / अद्यावधिकमा भारी छुट। मौकाको फाइदा उठाउनुहोस।

हाम्रा अन्य सेवाहरु :
✅कम्पनी दर्ता ,खारेजी र नवीकरण
✅वार्षिक विवरण अद्यावधिक,शेयर लगत / किनबेच / पुंजी वृद्धि
✅ नाम परिवर्तन / ठेगाना परिवर्तन / उद्देश्य थप लगायतका संशोधन

Address

Kirtipur
Kathmandu
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Santosh Sir -Professional Guru G channels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share