Kathmandu Visa Education Consultancy

Kathmandu Visa Education Consultancy VISA / STUDY / VISIT DOCUMENTATION

04/04/2020
08/05/2019

डिभी लोटरीको नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या कायमै, यसो भन्यो अमेरिकी विदेश मन्त्रालयले
डिभी लोटरीको नतिजा हेर्ने आधिकारिक वेबसाइटमा समस्या कायमै छ । एकै पटक धेरैजनाले वेवसाइट लगइन गरेका कारण समस्या भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको ब्युरो अफ कन्सुलर अफेयरले जनाएको छ ।
युएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ काउन्सिलर अफेयरले आज ट्विट गर्दै डिभी लोटरी चेक गर्ने वेवसाइट लगइन गर्नमा समस्या भएमा पछि चेक गर्न सुझाव दिएको छ । हिजो पनि ब्युरो अफ कन्सुलर अफेयरले ट्वीट गर्दै वेवसाइटमा समस्या भएको जनाउँदै भरे वा भोलि चेक गर्न सुझाव दिएको थियो ।
डिभीलटरी डट स्टेट डट जिओभी अमेरिकी सरकारको डिभी चिट्ठा नतिजा थाहा पाउने आधिकारिक वेबसाइट हो । मंगलबार नतिजा सार्वजनिक भएसँगै आवेदकहरुले सो साइट एक्सेस गर्न प्रयास गरिरहेका छन् ।

03/05/2019

अष्ट्रेलियाको अध्यागमन विभागले नेपाली विद्यार्थी लक्षित नयाँ नियम लागू गरेको छ ।
यो नियम प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरूका लागि घोषणा गरिएको छ । मे १ तारिखदेखि पहिलोपटक अष्ट्रेलिया सरकारले नेपाली विद्यार्थीहरूलाई मात्र लक्षित गरेर यो नयाँ नियम लागू गरेको हो ।
अष्ट्रेलियाको गृह मन्त्रालयद्वारा जारी गरिएको सूचना अनुसार प्राविधिक शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरूले अङ्ग्रेजी तथा आफ्नो आर्थिक क्षमताको सबै विवरणहरू अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । पहिला यो प्रावधानलाई अनिवार्य गरिएको थिएन ।
गृह मन्त्रालयद्वारा जारी उक्त सूचनामा अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरूको संख्यामा नेपाली विद्यार्थीको संख्या तेस्रो रहेको उल्लेख छ । सूचनामा नेपालबाट अष्ट्रेलिया अध्ययन गर्न आउने संख्या वृद्धिलाई दिगो र विद्यार्थीहरूको भविष्यलाई सुरक्षित राख्नका लागि नयाँ नियम लागू गरिएको जनाइएको छ ।
यो नियम परिवर्तनले नेपालबाट पर्यटक भिषामा आएर विद्यार्थीका रुपमा बस्न चाहनेहरूका लागि कठिनाई हुने र प्राविधिक शिक्षा मात्र अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरूको संख्यामा कमि आउने बुझिएको छ।

16/04/2019

अष्ट्रेलियाको पोइन्ट सिस्टममा परिवर्तन
मेलबर्न । अष्ट्रेलियाको अद्यागमन विभागले यसै वर्षदेखि लागू हुने गरी सबक्लास ४९१ भिसा वा जनरल स्किल्ड माइग्रेसन अन्तर्गत ‘इक्सप्रेसन अफ इन्ट्रेष्ट’ आवेदन दिने अंक बढाएर ६५ बनाइएको छ । यो अंक पहिले ६० थियो ।
यो सबक्लास अन्तर्गत धेरै नेपाली विद्यार्थीहरूले पढाइ सकेपछि पिआरका लागि आवेदन दिने गर्दछन् । यसबाट उनीहरुलाई पिआर आवेदन दिनका लागि अझ कठिनाइ हुने देखिन्छ ।
त्यसैगरी सबक्लास ४९१ वा जनरल स्किल्ड माइग्रेसन अन्तर्गत पिआर आवेदन गर्दा दक्ष पार्टनर भएमा १० अंक, स्टेट, टेरिटोरी वा ग्रामीण इलाकामा बस्ने आफन्तले प्रायोजन गरेको आवेदकलाई १५ अंक, STEM योग्यता भएमा १० अंक, पिआर आवेदक अविवाहित वा एक्लो भएमा १० अंक तथा जोडी भएमा डिपेन्डेन्टले कम्पिटेन्ट अंग्रेजी दक्षता भएमा ५ अंक प्राप्त गर्न सक्नेछन् ।
यो अंक तालिकामा परिवर्तनले दक्ष पार्टनर भएमा वा एक्लै आवेदन हाल्नेहरूलाई फाइदा हुनेछ । copy news :-

13/04/2019

अष्ट्रेलियामा अभिभावक ल्याउन चाहनेको आम्दानी ८३ हजार डलर भन्दा बढी हुनुपर्ने
अष्ट्रेलियामा अभिभावक ल्याउन चाहनेको आम्दानी ८३ हजार डलर भन्दा माथी हुनुपर्ने नियम लागु भएको छ । यो मापदण्ड यही अप्रिल महिना देखि लागु हुन लागेको नयाँ अभिभावक भिसाको लागि हो ।
नयाँ अभिभावक भिसामा अष्ट्रेलियामा बस्ने सन्तानले दश वर्षसम्मका लागि आफ्ना अभिभावकलाई अष्ट्रेलियामा राख्न पाउनेछन् । उक्त सबक्लास ८७० भिसामा अभिभावक लगातार पाँच वर्ष अष्ट्रेलियामा आफ्ना सन्तान संगै बस्न पाउनेछन् । पाँच वर्ष पुगेपछि थप पाँच वर्षको लागि फेरी एप्लाई गर्न सकिनेछ ।
अष्ट्रेलियामा बसेका सन्तानले स्पोन्सरको लागि आफ्नो आम्दानी लगायतका विवरण पेश गर्नुपर्नेछ । स्पोन्सरको लागि योग्य ठहरिएर निवेदन स्वीकृत भएपछि मात्र भिसाको लागि एप्लाई गर्न सकिनेछ । स्पोन्सर गर्ने व्यक्तिको लागि आम्दानीको मापदण्ड सार्वजनिक भएको छ । स्पोन्सर गर्ने व्यक्तिको आम्दानी ८३ हजार ४ सय ५५ डलर हुनुपर्नेछ ।

05/01/2019

#मेलबर्न । #अष्ट्रेलिया सरकारले यो वर्ष अर्थात २०१९ देखि लागु हुने गरि भिसा प्रणालीमा विभिन्न परिवर्तन ल्याएको छ । पाटनर भिसा, अभिभावक भिसा, विद्यार्थी भिसा, कामदार भिसा, उद्धमी भिसा आदिमा यो वर्ष देखि महत्वपूर्ण परिवर्तन हुनेछन् ।

१. #विद्यार्थी भिसा

२०१९ मा अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरुको लागि ‘शो मनि’ बढ्नेछ । एक्लै आउने विद्यार्थीले २० हजार २ सय ९० डलर र पाटनर सहित आउनेले त्यसमा थप ७ हजार १ सय डलरको ब्यालेन्स देखाउनु पर्नेछ । बच्चाको हकमा एकजना बच्चाको लागि ३ हजार ४० डलर देखाउनु पर्नेछ ।

२. #अभिभावक भिसा

अष्ट्रेलियामा रहने छोरा छोरीले लामो समय बस्नको लागि अष्ट्रेलिया ल्याउन पाउनेछन् । उक्त अभिभावक भिसा ३ वर्ष र ५ वर्ष अवधिको हुनेछ । तीन वर्षको भिसाको लागि ५ हजार डलर र पांच वर्षको भिसाको लागि १० हजार डलर लाग्नेछ । भिसा रिन्यु गरेर १० वर्षको अवधिसम्म बनाउन पाइनेछ ।

३. #पाटनर भिसा

घरेलु हिंसा अन्त्यको लागि अष्ट्रेलिया सरकारले कडाइ गर्ने भएको छ । गत नोभेम्बरमा पास भएको नियम अनुसार २०१९ देखि पाटनर भिसाको लागि आवेदन दिने स्पोन्सरको चारित्रिक जांचमा कडाइ गरिनेछ । यसको लागि पाटनर भिसा प्राप्त गर्न केही लामो समय लाग्नेछ ।

४. #कम्पनीद्वारा स्पोन्सर गरिएको

अष्ट्रेलियाको गृह मन्त्रालय विभागले स्पोन्सर गरिएका कामदारलाई कम तलब दिने कम्पनीहरुको बारेमा निगरानी बढाउनेछ । विभागले ४५७/४८२ अन्तर्गत रहने कामदारहरुको ट्याक्स फाइल नम्बर संकलन गर्नेछ । त्यसको आधारमा विभागले कम्पनीले उचित तलब दिए/नदिएको जांच गर्नेछ र कारबाही अगाडी बढाउनेछ ।

५. #उद्धमी भिसा

दक्षिण अष्ट्रेलियाले व्यवसायिक भिसा भन्दा सजिलो गरि उद्धमी भिसा उपलब्ध गराउने योजना अगाडी बढाएको छ । यो भिसाको लागि आइएलटिएसमा ५ ल्याए हुनेछ भने २ लाख डलरको लगानी पनि आवश्यक पर्नेछैन । यसको लागि रचनात्मक आइडिया रहेको बिजनेस प्लान सहितको निवेदन बुझाउनुपर्नेछ ।

स्रोत : #एसबिएस न्युज

मेलबर्न । अष्ट्रेलिया सरकारले यो वर्ष अर्थात २०१९ देखि लागु हुने गरि भिसा प्रणालीमा विभिन्न परिवर्तन ल्याएको छ । पाटनर भिसा, अभिभावक भिसा, विद्यार्थी भिसा, कामदार भिसा, उद्धमी भिसा आदिमा यो वर्ष देखि महत्वपूर्ण परिवर्तन हुनेछन् ।

१. #विद्यार्थी भिसा

२०१९ मा अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरुको लागि ‘शो मनि’ बढ्नेछ । एक्लै आउने विद्यार्थीले २० हजार २ सय ९० डलर र पाटनर सहित आउनेले त्यसमा थप ७ हजार १ सय डलरको ब्यालेन्स देखाउनु पर्नेछ । बच्चाको हकमा एकजना बच्चाको लागि ३ हजार ४० डलर देखाउनु पर्नेछ ।

२. अभिभावक भिसा

अष्ट्रेलियामा रहने छोरा छोरीले लामो समय बस्नको लागि अष्ट्रेलिया ल्याउन पाउनेछन् । उक्त अभिभावक भिसा ३ वर्ष र ५ वर्ष अवधिको हुनेछ । तीन वर्षको भिसाको लागि ५ हजार डलर र पांच वर्षको भिसाको लागि १० हजार डलर लाग्नेछ । भिसा रिन्यु गरेर १० वर्षको अवधिसम्म बनाउन पाइनेछ ।

३. पाटनर भिसा

घरेलु हिंसा अन्त्यको लागि अष्ट्रेलिया सरकारले कडाइ गर्ने भएको छ । गत नोभेम्बरमा पास भएको नियम अनुसार २०१९ देखि पाटनर भिसाको लागि आवेदन दिने स्पोन्सरको चारित्रिक जांचमा कडाइ गरिनेछ । यसको लागि पाटनर भिसा प्राप्त गर्न केही लामो समय लाग्नेछ ।

४. कम्पनीद्वारा स्पोन्सर गरिएको

अष्ट्रेलियाको गृह मन्त्रालय विभागले स्पोन्सर गरिएका कामदारलाई कम तलब दिने कम्पनीहरुको बारेमा निगरानी बढाउनेछ । विभागले ४५७/४८२ अन्तर्गत रहने कामदारहरुको ट्याक्स फाइल नम्बर संकलन गर्नेछ । त्यसको आधारमा विभागले कम्पनीले उचित तलब दिए/नदिएको जांच गर्नेछ र कारबाही अगाडी बढाउनेछ ।

५. उद्धमी भिसा

दक्षिण अष्ट्रेलियाले व्यवसायिक भिसा भन्दा सजिलो गरि उद्धमी भिसा उपलब्ध गराउने योजना अगाडी बढाएको छ । यो भिसाको लागि आइएलटिएसमा ५ ल्याए हुनेछ भने २ लाख डलरको लगानी पनि आवश्यक पर्नेछैन । यसको लागि रचनात्मक आइडिया रहेको बिजनेस प्लान सहितको निवेदन बुझाउनुपर्नेछ

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kathmandu Visa Education Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share