07/06/2019
नमस्कार,
जापानले बिदेशि हरुलाई दिने भनेको नयॉं भिषा प्रणाली 特定技能第一号&第ニ号 (Specific skills 1&2) सम्बन्धि आफुले थाहा भएको,जानेको,बुझेको र केहि पढेका कुराहरु शेयर गर्न चाहान्छु । प्रतक्ष भेट्नेहरुलाई केहि हद् सम्माको मौखिक जानकारि दिदै आएको थिएँ तर आज केहि समय निकालेर लेख्न चहेँ । केहि कमि/कमजोरि या नपुग कुराहरु होलान्, थप्नुहोस, उपयोगी ठाने पढ्नुहोस र पढाऊनुहोस ।।
के हो त तोकुतेइ गिनोउ ? 特定技能 ❓
जापानिज कम्पनिहरुमा भइ रहेको कामदारहरुको अभाबलाई पुर्ति गर्ने कुरालाई नजरमा राखी जापानिज सरकारी स्तरमै तल्लो र माथिल्लो सदनबाट पारित गरि ल्याइएको बिदेशिलाई काम गर्न मिल्ने गरि दिने नयॉं भिषा प्रणाली (在留資格 ≫ Status of Residence) नै तोकुतेइ गिनोउ हो ।यद्यपि यो विधेयक पारित गर्न सत्तारुढ दल (जिमिन्तोउ र कोउमेतोउ) र विपक्षीदलहरुबीच धेरै मतभेद या घम्सा घम्सि चहिँ नभएको हैन । केहि जनताले बिरोध पनि गरेका हुन । तर शक्तिशाली बहुमतिया सत्तारुढ दलले बलजफत पारित गरेको थियो । यो २ प्रकारमा बिभाजित भइ तोकुतेइ गिनोउ १ र २ मा नामाँकित छन । तोकुतेइ गिनोउ १ कम्तिमा ४ महिना देखि बढिमा ५ बर्ष सम्माको बस्ने र काम गर्ने अनुमति दिनेछ भने तोकुतेइ गिनोउ २ भने जत्ति बर्ष सम्मा पनि भिषा एक्सटेन्सन गरि बस्न पाइने र स्थाई बसाइको अनुमति अर्थात पि.आर. पनि एप्लाई गर्न पाइ आफ्नो परिवार पनि डिपेन्डेन्टमा बोलाऊन सकिनेछ । यद्यपि तोकुतेइ गिनोउ १ मा भने यो प्रकृया लागु हुने छैन । यसको लागि कुनै पनि Academic Qualification पढाइको माप दण्ड तोकिएको छैन । दुबैको लागि तोकिएको परिक्षा पास गर्नु पर्ने आवश्यकता भने छ । परीक्षा १४ प्रकारको कामको क्याटेगोरि अनुसारको बेग्ला/बेग्लै तोकिएका छन । आफुले जुनसुकै बर्गको परीक्षा दिए पनि हुन्छ तर काम भने आफुले जुन बर्गको परीक्षा दिएको हो, त्यहि बर्गको काम मात्र गर्न पाईने छ । परीक्ष आफुले १ वा सो भन्दा बढी जत्ति बर्ग सम्मा पनि बेग्ला/बेग्लै समय र बेग्ला/बेग्लै फार्म भरि शुल्क तिरि दिन सक्नेछ । यो सबै वर्गको कम्पनिमा नभइ कामदार अधिक मात्रामा अभाब भएको वर्गको कम्पनीहरुमा मात्र सिमित छन ।
तोकिएको कम्पनिका वर्गहरु यसप्रकार छन ।
१) 介護業 ( Care giver / home helper )
२) ビルクリーニング業 ( Building mntnce & cleaning)
३) 素形材産業 ( Material processing )
४) 産業機械製造業 ( Machine Manufacturing )
५) 電気・電子情報関連産業 (Electrical & Related)
६) 建設業 ( Constructions) ~~ 2
७) 造船・舶用工業 ( Ship build/ Marine ) ~~2
८) 自動車整備業 ( Car maintenance )
९) 航空業 ( Aviation)
१०) 宿泊業 ( Accommodation/Hotel & more )
११) 農業 (Agriculture )
१२) 漁業 ( Fishery/ Fishing related ..)
१३) 飲食料品製造業 (Food/beverage Manufacturing)
१४) 外食業 ( Restaurant Business )
यो परीक्षा जापान र जापान बाहिर तोकिएका मुलुहरुबाट पनि दिन सकिनेछ । तर हाल सम्मा बिदेशमा कुन/कुन देशमा कसरी दिने भन्ने कुरा अन्योलमै रहेको छ । तर केयर गिभर र होम हेल्पर को लागि भने फिलिफिनबाट ६ मान अर्थात ६०००० जना ल्याऊने र अन्य भने इन्डोनेसिया र भियतनामबाट ल्याऊने प्रोसेस रहेको कुरा जानकारिमा छ । अहिले तत्कालको लागि भने जापानमै रहेका बिदेशिहरुलाई प्राथमिकता दिइ परीक्षा लिदै आएको छ । यो परीक्षा जापानमा रहेका जस्तो सुकै स्ट्यटसको बिदेशिहरुले दिन पाईने भन्ने कुरा चहिँ हैन । कस्ता प्रकृतिका Status Of Resident भएकोले यो परीक्षा दिन पाइने छैन त ?? परीक्षा दिन नपाउने Resident Of Status का ब्यक्तिहरु :
1) Refugee (難民認定申請特定活動) : शरणार्थी एप्लाई गरि तोकुतेइ खचुदोउ स्ट्यटस भएको ब्यक्ति ।
2) Deregistration (除籍処分) : बीचैमा जापानिज स्कुल या कलेज छाडि भाग्ने र स्कुलबाट निश्काशनमा परेका स्टुडेन्ट ।
3) Apprentice missing/ Lost person (失踪者) : बीचमै कम्पनी छाडेर भाग्ने ट्रेनरहरु
4) Trainee In now (現技能実習生) : हाल ट्रेनिंग भिषामा भएको हरु
NOTE : यो परीक्षा पास भए पछि सिधै इमिग्रेसनले काम गर्ने अनुमतिका साथ भिषा दिइने हैन । यो एउटा सानो प्रकृयाको १ पार्ट हो । यो परीक्षा पास गरे पछि अहिले इमिग्रेसनले माग्दै आएको Academic Qualification (学歴) मात्र नचहिने बनाऊने हो । आफुले जुन बर्गको परीक्षा पास गरेको हो, त्यहि बर्गमा मिल्ने कम्पनि खोजेर,कम्पनिबाट नाईतेई लिई भिषाको लागि एप्लाई गर्ने हो । भिषा एप्लाई गर्दा क्याटेगोरि अनुसारको अप्लिकेशन फार्म बेग्ला/बेग्लै हुने हुँदा आफ्नो केयाटेगोरिमा मिल्ने फार्म मात्र भर्नु पर्ने हुन्छ । यद्यपि यो एप्लाई पछि भिषा ग्यारेन्टिका साथ दिइन्छ भन्ने पनि छैन । जापानबाट तोकिएको अबधिमा केहि समस्या बिना ट्रेनिंग भिषा सकेर आफ्नो देश फर्केका र फेरि जापान आऊन चाहानेहरुलाई भने यो परीक्षा दिइ रहने झन्झट छैन । सिधै कम्पनि खोजेर, कम्पनिबाट नाइतेइ लिई अनुमति प्राप्त Middle person /Agent (登録機関支援者) मार्फत एप्लाई गर्न मिल्ने व्यवस्था छ ।
Registered Institution Supporter (登録機関支援者):
बिदेशिहरु कामदारको रुपमा यहॉं आउनु अगाडि र आईसके पछि पनि तिनिहरुलाई पर्न आउने हरेक कुराहरुको समस्या समाधानलाई मध्य नजर गरि इमिग्रेसनले बनाइको नयॉं नियममा 登録機関支援者 पनि समावेश छ। यो मान्यता प्राप्त Chargeable /Payable सँस्थागत र ब्यक्तिगत दुबै थरि हुन सक्छन् । यिनले कामको लागि आउन चाहाने बिदेशिहरुको हरेक Administrative Service देखि हरेक डकुमेन्टेसन, एयरपोर्ट सम्माको सेवा, बासको व्यवस्था, जनरल जापानिज लाइफ गाईडेन्स,कम्पनिको निति,नियम, काम गराई प्रकृया, भिषा एक्स्टेन्सन,लोकल गतिविधि आदि,इत्यादि सबै कुराको क्लासेस महिनामा कम्तिमा २/३ पटक लिनु पर्ने या हेरचाहा गर्नु पर्ने हुन्छ । यस बापत उसले आफ्नो पारिश्रमिक लिन पाऊने बनाइएको छ । Registration Institution Supporter (Middle person/Agents) बिना आऊन या प्रकृया बढाऊन नपाउने नियम बनाइएको छ । यो धेरै भन्दा धेरै बिदेशि भाषामा अब्बल(बोल्न र लेख्न जान्ने) र साथमा जापानिज भाषा राम्रोसँग लेख्न,पढ्न,अनुवाद गर्न, जापानिज भाषामै डकुमेन्टेसन बनाऊन जान्नेहरुलाई मान्यता दिइन्छ ।
注 : बिदेशको बसाई अरुको लहै/लहै र सुनेकै भरमा मात्र नभइ केहि हद सम्माको ज्ञान आफै बटुलौँ । केहि हद सम्माको टेक्निकल सिप सिकेकै राम्रो ।भाषा भएको अत्ति उत्तम । तपाईंको थिओरि यहॉं चल्दैन । तपाईंको फिलोसोफिले यहॉं काम गर्दैन अनि तपाईंको एट्टिच्युड । भन्नाले आफु सवल हुनु पर्यो । आफुले गर्न खोजेको र एप्लाई गर्न चहेको क्याटेगोरि या Status of residence मा आफु क्वालिफाइड छ/छैन हेरौं । अरुले डकुमेन्ट बनाई दिइ हाल्छ, मलाई बाल मतलब ? भन्ने सोच नबनौँ । दु:ख पाऊने आफैले हो आखिर ! शुरुमा आफु जे गर्न आएको हो, त्यो गरौँ । हावा/हुरि, रमझम भनेको त सेकेण्ड प्राइओरिटिको कुरा ।
धन्यबाद, तपाईंको दिन सँगीतमय रहोस ।
Tamang Abee बाट साभार गरिएको ...