25/09/2017
बचपनकि प्रेमिका....
एकदिनको कुरा थियोे !! म सधैं जस्तै खेल्नको लागि भनी,,. म त्यहि सधै खेलिरहने घरदेखि केही तलतिर को चौर तर्फ लागें म त्यँहा धेरै बेरसम्म
कसैलाई खोजिरहें र कुरिरहें तर उ आइन,,.. नरमाइलो लाग्यो अनि म उस्कै घरतिर लागें
उसको घर पुग्न नपाई मैले उसका घरमा वरै बाट
केही नयाँ मान्छेहरु देखें !! उनिहरुको सक्कल
जानपहिचान का थिएनन् ,,.. तर मैले हतार हतार गर्दै उहीँ मेरि सानूलाई हेरिरहें खोजिरहें अँह तर
उसलाई कतै देखिन... !! अनि म उसकै कोठा तिर लागें,,... !! कोठामा उ एक्लै रुँदै थिई अनि मैले उसलाई बोलाएँ सानू सानू उसले आफ्ना रुजेका परेली सुन्निएका आँखा र भिजिरहेका मलिन अनुहारले मलाई हेरि... !! अनि म आत्तिएँ र उसलाई हतार हतारमा सोधें के भयो सानु ?
उ एकछिन केही नबोली रोइरहयो !! मलाई झन
डर लाग्यो र फेरि आत्तिदैं सोधें सानू तिमिलाई
के भयो भनन ?? अनि ती बाहिरका मान्छेहरु को हुन् ?? अनि उसले रुँदा रुँदै भन्यो उनिहरु मलाई लिन आएका हुन् !! एउटा मेरो बाबा र अर्को मेरो दादा हुनुन्छ !! तर म जादिन कालू भन्दै उ झन रुन थाली मलाई त खै किन किन छागाँबाट खसे झैं भयो,,.. त्यो सुनेर साह्रै नरामाईलो लाग्यो किन कि उ मेरो सबैभन्दा मिल्ने साथी थिई..!! तर पनि मैले आफुलाई सम्हाल्दै,, रोईरहेकी मेरि सानू लाई सम्झाउन थाले... !! सानू जिन्दगी भनेको यस्तै हो समयले जता पुर्याउँछ उतै पुग्नुपर्छ !! हाम्रो जिन्दगी हाम्रै ईच्छा अनुसार जिउन र बाँच्न नपाइदो रहेछ !! कतै हाँसो, कतै आँसु , कतै मिलन त कतै बिछोड ... हाम्रो जिन्दगी पनि मौसम जस्तै रहेछ !! सानू कहिले घाम, कहिले छाँया त कहिले बर्षात !! उ म संग टाढिदै छ भन्ने कुरा जान्दाजान्दै पनि आफुलाई जसोतसो गरि सम्हाल्दै उसलाई सम्झाउन थाले,,
क्रमश:
नसोध मेरो बारेमा