24/06/2026
ARNA Foundation तर्फबाट सूचना
ARNA Foundation ले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपालका विभिन्न क्षेत्रमा आवश्यक सामाजिक गतिविधिहरूमा सहयोग गर्ने उद्देश्य राखेको छ।
हामी तपाईंहरू सबैबाट जान्न चाहन्छौं—तपाईंको क्षेत्र वा समुदायमा कुन–कुन सामाजिक कामहरू (जस्तै: शिक्षा, स्वास्थ्य, सरसफाइ, विपद् राहत, खानेपानी, वातावरण संरक्षण आदि) मा सहयोगको आवश्यकता छ?
कृपया आफ्नो क्षेत्रको आवश्यकता हामीलाई जानकारी गराउनुहोस्। हामी प्राप्त सूचनाहरूको आधारमा सम्बन्धित स्थानमा सम्पर्क गरी हाम्रो तर्फबाट भएसम्म सहयोग गर्ने प्रयास गर्नेछौं।
सामूहिक प्रयासमार्फत सकारात्मक परिवर्तन ल्याउन हामी सधैं प्रतिबद्ध छौं।
तपाईंको सहयोग र सुझावको अपेक्षामा।
ARNA Foundation 🙏