Research Solutions Nepal (ReSoN)

Research Solutions Nepal (ReSoN) Research Solutions Nepal is multidisciplinary academic and development research service provider organization.

Multi disciplinary team of researchers are always available to provide quality research and analysis service, be it academic, developmental or any other.

13/09/2025

इतिहासमै पहिलो पटक नेपालले महिला प्रधानमन्त्री पाएकोमा प्रम सुशीला कार्की सहित हामि सम्पूर्ण नेपालीहरूलाई बधाई । जसरी आफ़ना बच्चाको चाहाना पुरा गर्न कुनै आमा हरसम्भव प्रयास गर्छिन, त्यसरी नै प्रम ले युबा म्यांन्डेट पुरा गर्न कुनै कम्प्रमाइज गर्नुहुने छैन, शुभकामना छ।

यो परिवर्तमा जागरुक, सचेत र निर्णायक भूमिकामा उत्रिएको GenZ पुस्ताको योगदान अतुलनीय छ । लोकतन्त्र भनेको केवल मतदान गर्ने प्रक्रिया होइन, त्यो त भविष्य बनाउने हिम्मत हो। यसको लागी उहाहरूलाई बधाई छ। यसक्रममा भएको धनजनको क्षति प्रति ग़हिरो दुःख छ। मृतआत्माको चीर शान्तिको कामना साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समबेदना छ।

देश बाहिर बसेर घटनाक्रम नियाल्दा सुरुमा होईंन कतै धमिलो पानिमा माछा मार्न खोज्ने तत्वले पो तातेको घन ठोक्ने हुन कि भन्ने डर लागेको थियो । आज सम्म आइपुग्दा केहि हद सम्म त्यो डर कम भएको छ। तर लगातार खबरदारिको आवश्यकता छ।

दुइ दिनमै शान्तिपूर्ण, भद्र र जनताको सहभागितामा सम्पन्न नेपालको यो राजनीतिक मुभ इतिहासमै एउटा उदाहरणीय मोड हो । सायद, यो transition विश्वको लागि एउटा सन्देश हो ।
पुराना राजनीतिक दलहरू, जनताको म्यान्डेटलाई इज्जत गर, आफ़नो अस्तित्व जोगाउने हो भने आफैँलाई पुनःसंरचना गर, नयाँ सोच र परिवर्तनलाई आत्मासात गर। बिभिन्न पार्टीका कार्यकर्ता साथीहरू, एक पटक आँखा बन्द गरेर अरु साधारण जनताको ठाऊँमा बसेर सोच्नुस त, के फेरिपनी उहि घोषणापत्रले मन जित्ला त? के तपाईहरूको माऊँहरूले तपाईहरूको मर्म अनुसार काम गरेकै थिए र अझै पनि गरेकै छन त?

नेपाली बुवा आमादाजु भाई दिदी बहिनी, यो र त्यो नाममा जुलूस विज्ञप्ती के के आउन सूरू भएका छन। हामि धेरै पछाडी पर्यॅौ, उनै टाउके हरूले पछाडी पूर्याए। फेरि पनी उनै टाउके हरूलाई आलो-पालो सत्ता ख़ान तातो आलु जस्तो खेल खेल्न पठाउने हो र? हामिले नचाखेको कुन जोगी छ? सबैको कान काटेकै छन।
आगामी चुनाबमा नयाँ हेरम न, केहि राम्रो त पक्कै हुनेछ ।

17/03/2024

बस्न त स्वोर्ग नेपाल छ यार।
-----

शनिबारको दिन, यसो फेसबुक स्क्रोल गरिबसेको, एकजना साथीले फोटो पोस्ट गर्नु भएछ। मेरो एकदम नजिकको साथि, संगै पढेको, स.....

03/03/2024

हाम्रा आमाहरुले पनि पढ्न पाएको भए?
---
सन् १९५५, मेरी आमा जन्मेको बर्ष।
नेपालको एक सामान्य परिवारमा,
घर सानो थियो, घरमा पानिको धारा थिएन, टिभि थिएन, फ्रिज थिएन,
उपाध्य बाहुनकि प्रथम कन्याको रुपमा।
छोरी त साक्षात लक्ष्मीको स्वरुप मानिन्छ र पुजिन्छ।
तर पुज्ने मात्रै, त्यतिबेला छोरी पढाउने चलन थिएन,
अझै पनि कति ठाउमा छैन।
मामाहरु स्कुल जानु भो,
आमा बाख्रा चराउन, मेला पात गर्न।

ठिक त्यहि बर्ष सन् १९५५ मा हंगेरीको सोल्नोक भन्ने ठाउमा,
एकजना मासु पसलेको घरमा,
एकजाना कन्याको जन्म भएको थियो, जसको नाम केट्लीन राखियो।
परिवार सामान्य थियो,
घर सानो थियो, घरमा पानिको धारा थिएन, टिभि थिएन, फ्रिज थिएन,
तर छोरी पढाउने चलन थियो।
केट्लीनले राम्रो पढिन,
जीव-रसायन बिज्ञानमा बिध्याबारिधि (PhD) गरिन।
बिध्याबारिधि पछि हंगेरिकै अनुसन्धान सस्थामा काम गरिन।
स्वदेशमा करिब ७ बर्षको जागिरे जिबन पश्चात,
अनुसन्धानमा बजेटको अभाबको कारण स्वदेशको जागिर गुम्यो।
कर्म थलो खोज्दै केट्लीन ३० बर्षको उमेरमा अमेरिका पुगिन,
दुइ बर्षकि छोरी र श्रीमान सहित।
बिदेशी भुमिमा, सजिलो पक्कै थिएन।
उनले काम गरेको बिश्वोबिध्यालयको समेत राम्रो सहयोग थिएन,
यति सम्म कि उनलाई जागिर मा घटुवा गरिएको थियो,
तलब कट्टा गरिएको थियो।
यी विभिन्न हण्डर ठक्करका बावजुत पनि,
कसरि mRNA लाइ औषधिको रुपमा प्रयोग गर्न सकिन्छ भनेर अनबरत अनुसन्धानमा लागिन, केट्लीन।

दुनिया परिचित छ, सन् २०१९ संग,
चिनको वुहान सहर बाट एउटा स्वासप्रस्वास सम्बन्धि भाइरस फैलियो,
सिभिएर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम कोरोनाभाइरस-२, अर्थात् कोभिड-१९।
सन् २०२० को सुरुवातीमा बिस्व स्वास्थ्य संगठनले महामारी घोषणा गर्यो,
र बिस्वब्यापी रुपमा राष्ट्रहरुले आपतकाल।
लाखौ मानिसले ज्यान गुमाए,
अरु लाखौ मानिसले दिर्घ रोगि भै बाच्नु पर्यो।
दुनियाले सास्ती भोग्यो, बिर्सन नसक्ने तर सम्झिन मन नपर्ने गरि।
बैज्ञानिक जगत कसरि भाइरस फैलिन कम गर्न सकिन्छ,
कसरि थप मानिसहरुको मृत्यु हुन बाट जोगाउन सकिन्छ,
र कसरि छिटो भन्दा छिटो खोप विकास गर्न सकिन्छ भनेर दिनरात खटिरहेको थियो।
यसै सन्धर्भमा केट्लीन र उनको टिमले गरेको अनुसन्धान संजीवनी बुटी बन्यो,
तुरुन्ता-तुरुन्ती खोप निर्माण भए, ९०% मानिसहरु मा काम गर्ने देखियो,
दुनियाका लाखौ मानिसको ज्यान बच्यो,
कति मानिसलाई दिर्घ रोगि हुन बाट बचायो।
फलस्वोरूप केट्लीनले सन् २०२३ को औषधि बिज्ञान अन्तर्गतको
बिस्वोको सबै भन्दा ठुलो पुरस्कार, नोबेल पुरस्कार पाइन्।

जब जब कोभिडको कुरा चल्छ,
जब जब महामारीको कुरा चल्छ,
जब जब खोपको कुरा चल्छ,
जब जब स्वोदेश र विदेशको कुरा चल्छ,
म केट्लीनलाइ सम्झिन्छु,
संघर्ष, मेहेनत र अवसर सम्झिन्छु,
सन् १९५५ सम्झिन्छु,
अनि मेरी आमा सम्झन्छु,
र बार बार आफैलाई सोध्छु,
हाम्रा आमाहरुले पनि पढ्न पाएको भए?

23/08/2017

A new tree-ring width chronology of Himalaya spruce (Picea smithiana) extending back to 1498 CE was developed from the central Himalaya, north-western Nepal.

29/04/2017

We do not compromise in any stages of research; be it a research design, data collection, analysis or research writing.
Please follow the link for detail
http://bit.ly/2qhbjJg

Consulting

22/04/2017

We are the Earth. Great care and good science is what we need. Happy Earth Day friends!

17/04/2017

There's a hope that's waiting for you in the dark!!
Come join us,
No better you than the you that you are !!!
You are talented..

( two lines from the song -You are beautiful)

ESRI is starting new online training course about using ArcGIS for imagery analysis aka Remote Sensing. Please take the ...
30/08/2016

ESRI is starting new online training course about using ArcGIS for imagery analysis aka Remote Sensing. Please take the full advantage.
http://learn.arcgis.com/en/arcgis-imagery-book/?utm_source=esri&utm_medium=email&utm_term=178411&utm_campaign=mooc_imagery_2016 -overview

Explore how imagery and remote sensing power modern GIS. Use this web site and the companion Learn GIS lessons to roll up your sleeves and quickly begin putting imagery to smarter, more skillful use with your GIS. Experienced GIS people and armchair geographers alike will appreciate the wealth of go...

Caught with Olympics fever? Our GIS analyst Janardan Mainali is heating it up. He prepared maps showing  participations ...
05/08/2016

Caught with Olympics fever? Our GIS analyst Janardan Mainali is heating it up. He prepared maps showing participations of the different countries in this Olympics game. Please check his latest blog post.
http://jmainali.blogspot.com/2016/08/you-me-and-rio-2016-olympics.html

This is going to be my place to share my thoughts with you, usually as a geography scholar. Sometimes, I don't even care, why I am here for.

Address

Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Research Solutions Nepal (ReSoN) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Research Solutions Nepal (ReSoN):

Share