08/09/2026
सपना, संकल्प र कहिल्यै ननिभ्ने ज्योती
इतिहास केवल पानाहरूमा मात्र कोरिन्न; यो कोरिने गर्छ ती अदम्य युवाहरूको छातीमा, जसले आफ्ना व्यक्तिगत सपनाहरूभन्दा माथि देशको अस्मिता, भविष्य र स्वाभिमानलाई राखे।
आजको दिन केवल एक औपचारिक सम्झना मात्र होइन। यो आत्मसमीक्षाको घडी हो—ती उज्याला आँखाहरूको सम्झनामा, जसले समृद्ध, सुन्दर र न्यायपूर्ण नेपालको सपना देख्दादेख्दै आफ्नो जीवनको अन्तिम श्वास देशका लागि अर्पण गरे। उनीहरूको उमेर सपना फुल्ने थियो, संसार बदल्ने उमङ्ग बोक्ने थियो। तर राष्ट्रको भाग्य रेखा कोर्नका लागि उनीहरूले हाँसी–हाँसी दिएको बलिदान आज हाम्रा लागि मार्गदर्शक बनेको छ।
उहाँहरू जानुभयो, तर आफूसँगै छोडेर जानुभयो एउटा कहिल्यै ननिभ्ने ज्योति—चेतनाको ज्योति, आशाको ज्योति र कर्तव्यको ज्योति।
हामी उहाँहरूका अधुरा सपनाहरूलाई मर्न दिने छैनौं। आज, जेन–जी शहीद दिवसको यस पावन घडीमा, हामी सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरूप्रति शिर झुकाएर भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।
उहाँहरूको यो निःस्वार्थ त्याग र बलिदान हाम्रो स्मृतिमा मात्र होइन, हाम्रो प्रत्येक कार्य र संकल्पमा सधैं जीवित रहनेछ।
भावपूर्ण श्रद्धाञ्जली। 🕯️🇳🇵
Benry International Academy
New Baneshwor, Kathmandu