19/05/2026
हालै समाचारमा आएजस्तो नेपालका सबै कन्सल्टेन्सीहरू दर्ता नभएका होइनन्। सामाजिक शिक्षा मन्त्रालयबाट विधिवत् दर्ता तथा प्रमाणित भएर विद्यार्थीहरूलाई सही मार्गदर्शन गरिरहेका धेरै जिम्मेवार कन्सल्टेन्सीहरू नेपालमा सञ्चालनमा छन्।
हामी पनि नेपाल सरकारको नियम तथा मापदण्डलाई पूर्ण रूपमा सम्मान गर्दै काम गरिरहेका छौं। हामीसँग शिक्षा मन्त्रालयको अनुमतिपत्र, नवीकरण, Tax Clearance तथा व्यवसाय दर्ता लगायत सम्पूर्ण आवश्यक कानुनी कागजातहरू उपलब्ध छन्।
विद्यार्थी तथा अभिभावकज्यूहरूलाई अनुरोध छ — विदेश अध्ययनको प्रक्रिया अघि बढाउनु अघि सम्बन्धित कन्सल्टेन्सी सामाजिक शिक्षा मन्त्रालयबाट प्रमाणित छ वा छैन भनेर अनिवार्य रूपमा बुझ्नुहोस्।
दर्ता नभएका तथा गलत काम गर्ने धेरै कन्सल्टेन्सीहरू माथि अहिले कारबाही प्रक्रिया समेत सुरु भइसकेको छ। त्यसैले अफवाहभन्दा तथ्यलाई विश्वास गरौं र सुरक्षित भविष्यको लागि प्रमाणित कन्सल्टेन्सी छनोट गरौं। 🇳🇵📚