27/08/2026
नेपालमा आएको विनाशकारी बाढीका कारण भएको अकल्पनीय जनधनको क्षति, मानवीय पीडा तथा भौतिक पूर्वाधारको विनाशको खबरले अत्यन्तै दुःखी बनाएको छ।
यस दुःखद् घडीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। साथै सम्पर्कविहीन तथा जोखिममा रहनुभएका सबैको सुरक्षित उद्धार होस् भन्ने हार्दिक प्रार्थना गर्दछु।
उद्धार, राहत तथा सहयोगमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीयवासी तथा सहयोगी हातहरूप्रति हार्दिक सम्मान।
प्रकृतिको यो कठिन परीक्षामा सम्पूर्ण प्रभावित परिवारमा धैर्य, साहस र शक्ति मिलोस्।
नेपाल सुरक्षित रहोस्।
सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सुरक्षित रहून्।