25/07/2024
खसेको त हामी दुबै थियौ
तिमी जहाब बाट खस्यौ, म बस बाट।
मरेका त हामी दुबै थियौ,
तिमी जलेर मर्यौ, म डुबेर।
तिमी 10 मिनेटमा भेटियौ, मलाई सायदै नभेटाउलान।
तिम्रो परिवार लास पाएर रोएको छ, मेरो लास नपाएर।
फरक त यत्ती भयो कि,
तिम्ले 5000 को टिकट कटेको थियौ, मैले 500 को।
मृतक आत्माप्रती भाबपुर्ण श्रद्धाञ्जली 🙏🏻😢.
आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय•••
जहाज चढ्ने १८ जना धनी थिए ! बस चढ्ने ६५ जना गरिव थिए । नैतिकता हराएको मेरो देश भेदभाव गर्नु प्रधानमन्त्रीज्यू मृत्युमा पनि विभेद 😥
- Bijay Bhandari