Synergy Management and Consultants Private Limited

Synergy Management and Consultants Private Limited Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Synergy Management and Consultants Private Limited, Business consultant, Baluwatar, Near Nepal Investment Bank, Kathmandu.

Synergy Management and Consultants is a consulting company that provides accounting and financial consultancy, business advisory services, tax planning services, book keeping and other legal advisory services.

कम्पनी अध्याबधिक गर्नु भयो? चुस्त अनि भरपर्दो सेवाको लागि आजै हामिलाई सम्पर्क गर्नुहोस् ।9709047467
27/11/2024

कम्पनी अध्याबधिक गर्नु भयो?
चुस्त अनि भरपर्दो सेवाको लागि आजै हामिलाई सम्पर्क गर्नुहोस् ।
9709047467

16/07/2024

आज श्रावण १ गते आर्थिक वर्ष २०८१/८२ को पहिलो दिन,

🏃धेरैजना साना व्यवसायीहरू आयकर तिर्न हतार गर्दै कर कार्यालयतिर जाँदै गरेको देख्नुभएमा यति कुरा सम्झाइदिनुस् है:

✋ नआत्तिनुहोस्: २०८०/८१ को आयकर तिर्ने अन्तिम मिति भनेको २०८१ असोज मसान्तसम्म हो।

📈 कारोबार रकम एकिन: आर्थिक वर्ष २०८०/८१ को खरिद बिक्री रकम एकिन गरेर मात्र जानुहोस । स्पष्ट हिसाब राख्नुभएको छैन भने आफूले सामान खरिद गर्ने सम्पूर्ण पार्टीहरूलाई उहाँहरुले हजुरको नाममा कति बिक्री देखाउनुभएको छ त्यति पत्ता लगाउँदा पनि धेरै सहज हुन्छ ।

🌀 पूँजी रकम, गत वर्षको कारोबार, बैंक ऋण लगायतका कुराले तपाईँको कारोबार निर्धारण गर्ने होइन, अतः आफ्नो वास्तविक कारोबार जति भएको छ त्यति नै उल्लेख गर्नुहोस्।

🌀 सेवा व्यवसायको थ्रेसहोल्ड बढेर ३० लाख भइसकेकाले होटल, consultancy लगायतका व्यवसायहरूले यदि तपाईंको वास्तविक कारोबार हो भने ३० लाख सम्मको डे१ फारम दाखिला गर्न नडराउनुहोला ।

🏦 बैंकले मान्दैन भन्दै आफ्नो वास्तविक कारोबार भन्दा बढी कारोबार पनि नदेखाउनुहोला । वास्तविक भन्दा बढी कारोबार देखाएको हकमा भविष्यमा ठूलो समस्या हुनसक्छ।

🏦 यदि हजुरको बैंकको ऋण नवीकरण गर्ने समय श्रावण वा भदौ महिनामै पर्छ भने पनि कर चुक्ता निकाल्नका लागि आत्तिएर आफ्नो वास्तविक कारोबार रकम यकिन नै नगरी आय विवरण नहाल्नुहोस् । प्रोभिजनल रिपोर्टका आधारमा पनि ऋण नवीकरण हुन्छ (कर चुक्ता नै चाहिन्छ भन्ने हुँदैन)। (थप जानकारी आफ्नो लेखापरीक्षक वा वित्तीय परामर्शदाता सँग लिनुहोस )

🌀 अन्तशुल्क इजाजत पत्रको नवीकरण गर्ने र आयकर तिर्ने दुई फरक कुरा हुन् । त्यसैले आयकर नतिरी अन्तशुल्क इजाजतपत्र नवीकरण नहुने भन्ने हुँदैन। त्यसैले श्रावण मसान्तभित्र गर्नैपर्ने भनेको अन्तशुल्क इजाजत पत्र नवीकरण मात्र हो। आयकर तिर्नका लागि असोज मसान्तसम्मको समय भएकाले आफ्नो कारोबार रकम confirm गरेर मात्र आयकर तिर्नुहोस्।

🌀 तपाईँको वास्तविक कारोबार रकम बैंकर, अफिसर, अडिटर वा अन्य कुनै परामर्शदातालाई थाहा हुने कुरा हुँदैन, त्यो तपाईँलाई मात्र थाहा हुन्छ। त्यसैले अरुको सल्लाह बमोजिम वास्तविक कारोबार भन्दा फरक कारोबार रकम नहाल्नुहोस्।

🌀 कार्यालयबाट कर चुक्ता पाउँदैमा सबै हिसाब मिलेको भन्ने हुँदैन । कार्यालयलाई तपाईँले पेश गरेको आय विवरण उपर शङ्का लागेमा जतिपटक पनि परीक्षण गरी पुनः कर रकम र जरिवाना निर्धारण गर्न सक्दछ । त्यसैले वास्तविक भन्दा फरक कारोबार रकम दाखिला गर्नुभएको छ भने कर चुक्ता पाउँदैमा ढुक्क हुने अवस्था हुँदैन ।

🌀 आयकर तिर्ने विषयलाई अन्य कुनै सामान्य नवीकरण गर्ने विषय जसरी नलिनुहोस्, यो अत्यन्तै संवेदनशील विषय हो। आयकर रकम आफ्नो वास्तविक दायित्व भन्दा कम या बढी तिर्न हुँदैन।

⚖️ कर सम्बन्धी परामर्शदाता छनौट गर्दा विशेष ध्यान पुर्‍याउनु होस । परामर्शदाता सही छनोट नगरेमा भविष्यमा पछुताउनुपर्ने हुनसक्छ ।

🌀 बिग्रिसकेपछि पछुताउनु भन्दा पहिले नै सबै कुरा बुझेर आय विवरण दाखिला गर्नुहोला।

📞 थप जानकारीका लागि हाम्रो कार्यालय वा नजिकैको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राख्नुहोला ।

प्राकृतिक व्यक्तीलाई लाग्ने करको दर।
21/12/2023

प्राकृतिक व्यक्तीलाई लाग्ने करको दर।

Zero fees for Company registration and Capital increments!
25/09/2023

Zero fees for Company registration and Capital increments!

अन्त:शुल्क नबिकरण गर्दा म्यादभित्र नबिकरण नगर्नु भएको वा छुटेकाहरूको हकमा, असोज मसान्तसम्म २५% जरिवाना तिरी नविकरण गर्नु...
25/09/2023

अन्त:शुल्क नबिकरण गर्दा
म्यादभित्र नबिकरण नगर्नु भएको वा छुटेकाहरूको हकमा, असोज मसान्तसम्म २५% जरिवाना तिरी नविकरण गर्नुहोला
अन्यथा कार्तिक लागेमा ५०% र एवं रितले माघ लागेपछि ७५% र बैशाख लागेपछि १००% जरिवाना लाग्नेछ!!
असोज मसान्तमै नविकरण गरि ढुक्क हुनुहोला!!
OneSolution
Business Registration
9800810101

Update from office of company registrar
05/09/2023

Update from office of company registrar

20/08/2023
17/07/2023

चालु आवदेखि सरकारले पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, १० लाख रुपियाँभन्दा बढी मूल्यका हीरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा दुई प्रतिशतका दरले विलासिता शुल्क लागु गरेको छ ।

त्यस्तै विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क पनि चालु आवदेखि लागु हुँदै छ । त्यस्तै आजदेखि लागु हुने गरी हवाई टिकटमा मूल्य अभिवृद्धि कर पनि लागु हुँदै छ ।

वैदेशिक रोजगार सेवा शुल्क अर्थात् वैदेशिक रोजगारीमा गएकाहरुले कम्पनीलाई तिरेको रकमको १ प्रतिशत शुल्कको व्यवस्था पनि आजैदेखि नै कार्यान्वयनमा आउनेछ ।

आयकर ऐन २०५८ मा भएको संशोधन साउन १ देखि लागु हुँदै छ। यसअघि २० लाखभन्दा माथिमा ३६ प्रतिशत कर लाग्थ्यो। तर, अब आजदेखि वार्षिक ५० लाखभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने भएको छ।

जेठ १५ मा बजेट सार्वजनिक भएलगत्तै भन्सार, अन्तः शुल्क र मूल्य अभिवृद्धि कर भने लागु भइसकेका छन्।

Important event with their threshold time!
16/07/2023

Important event with their threshold time!

In the road of prosperity.Financial indicators reflected by NRB
07/02/2023

In the road of prosperity.
Financial indicators reflected by NRB

Address

Baluwatar, Near Nepal Investment Bank
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:30 - 18:00
Thursday 09:30 - 18:00
Friday 09:30 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+9779861481319

Website

Alerts

Be the first to know and let us send you an email when Synergy Management and Consultants Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Synergy Management and Consultants Private Limited:

Share