10/02/2024
कविताबारेको टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ को औपचारिक घोषणा भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यो शो आगामी सोमबारदेखि प्रसारण हुने जानकारी दिइएको छ।
जसअनुसार हिमालय टिभीमा यो कार्यक्रम प्रत्येक सोमबार र मंगलबार राती ९ बजेदेखि प्रसारण हुनेछ । उक्त प्रेसमिटमा शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौता गरेका छन्।