09/09/2026
उद्योगीलाई पाता कस्नुपर्छ,
र पो बन्छ देश ।
प्रश्न सोध्नेलाई जाक्नु पर्छ,
र पो बन्छ देश ।
ठेकदारको खुट्टा भाँच्नु पर्छ
र पो बन्छ देश ।
कर्मचारीलाई डाँडा कटाउनु पर्छ
र पो बन्छ देश ।
ति बुढाहरुले सबै गरे,
भ्रष्टाचार गरे, मनपरी गरे, लुटपाट गरे, बलत्कार गरे, हत्या गरे
मात्र यती गर्न जानेनन्,
नत्र उहिल्यै बनिसक्थ्यो हाम्रो देश ।