bikasreport.com

bikasreport.com विकासलाई फरक दृष्टिकोणबाट हेर्ने जमर्को।
यो विकास सम्बन्धमा वैकल्पिक दृष्टिकोण, विश्लेषण र अभ्यासमा सम्वाद गर्ने प्लेटफर्म हो ।

30/08/2026
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको जनाइएको छ ।...
28/08/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको जनाइएको छ । कोषमा जम्मा भएको रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार ६७० रुपैयाँ पुगेको खबर छ ।

27/08/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्रका १३ कर्मचारी सम्पर्कविहीन रहेका प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यस्तै विभिन्न जलविद्युत आयोजनाका १०६ कर्मचारी, भन्सार र अध्यागमन कार्यालयका १९ कर्मचारी तथा स्वदेशी तथा विदेशी पर्यटक गरी ४८४ जना सम्पर्कविहीन छन् । व्यक्तिगत रूपमा गोसाईँकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन् ।

रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाडीका चालक–सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारीहरू पनि सम्पर्कमा छैनन् । टेलिफोन सेवा अवरुद्ध भएकाले पनि धेरैजनाको अवस्था थाहा हुन सकेको छैन ।

स्थानीय तहमा फोहर व्यवस्थापनको विषय ओझेलमा छ। दैनिक रूपमा उत्सर्जन हुने फोहरको बेलैमा वर्गीकरण र वैज्ञानिक व्यवस्थापन नग...
24/08/2026

स्थानीय तहमा फोहर व्यवस्थापनको विषय ओझेलमा छ। दैनिक रूपमा उत्सर्जन हुने फोहरको बेलैमा वर्गीकरण र वैज्ञानिक व्यवस्थापन नगर्दा गम्भीर वातावरणीय र जनस्वास्थ्य संकट बढ्दो छ । प्लाष्टिक, रासायनिक र जैविक फोहरलाई जथाभाबी फ्याँक्दा माटोको उर्वराशक्ति नासिने, नदीनाला प्रदूषण हुने र भूमिगत जलस्रोत विषाक्त बन्ने क्रम तीव्र छ। यसले गर्दा डेंगु, हैजा र श्वासप्रश्वाससम्बन्धी महामारी फैलिएर नगरबासीको जीवन जोखिममा परेको छ ।

21/08/2026

कतिपयले प्रधानमन्त्रीको मुस्ताङ यात्रालाई रास्वपाको ‘महत्त्वपूर्ण’ बैठक छल्ने रणनीतिका रुपमा व्याख्या गरेका छन ।

20/08/2026

सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरेको नियुक्ति बदर गर्ने फैसला सुनाएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले नियुक्ति बदर गरेको हो

नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच प्रदेश सभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने ३ बुँदे सहमति भएको छ। ...
25/07/2026

नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबिच प्रदेश सभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने ३ बुँदे सहमति भएको छ। राजनीतिक स्थिरता, सुशासन र प्रादेशिक विकासलाई तीव्रता दिन दुवै दल सहमत भएका हुन्।

सहमति अनुसार नेतृत्व बाँडफाँड:
नेकपा (एमाले): कोशी, बागमती र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व।
नेपाली कम्युनिस्ट पार्टी: कर्णाली र सुदूरपश्चिम प्रदेशको सरकारको नेतृत्व।

मधेश र गण्डकी प्रदेश: अन्य दलहरूसँग परामर्श गरी नेतृत्व र सहभागिताको स्वरूप तय गरिने।
उक्त सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले हस्ताक्षर गर्नुभएको छ

Address

Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when bikasreport.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to bikasreport.com:

Shortcuts

Share