RCS & Associates - Chartered Accountants

RCS & Associates - Chartered Accountants A Chartered Accountant Practicing Audit & Consulting Firm

31/10/2024
16/10/2024

आयविवरण पेश गर्ने (कर तिर्ने म्याद थप होइन है) म्याद थपको लागि आज अन्तिम दिन:
१) १ करोड सम्म कारोबार भएका एकलौटी फर्मको र शून्य कारोबार भएको प्रा लि को म्याद थप हुँदैन अर्थात् *असोज मसान्त* सम्म आय विवरण पेश गरी सक्नु पर्छ।
२) २५ करोड सम्म कारोबार भएको संस्थामा *मंसिर मसान्त* सम्म मात्र म्याद थप हुन्छ।
३) २५ करोड भन्दा बढी कारोबार भएको हकमा बढीमा *पुस २० गते सम्म* म्याद थप हुन्छ।
*आफ्नो सम्पूर्ण लेखा अभिलेख तयार गरी यही म्याद भित्र विवरण पेश गर्नु होला वा म्याद थप गर्ने पर्ने भए यहाँ उल्लेखित अवस्था अनुसार म्याद थप गर्नु होला।* यस म्याद पछि जरिवाना लाग्नेछ।

06/10/2024

#कर्मचारी_तलब_अभिलेख_बारे
१)तलब तथा ज्याला भुक्तानी गर्ने मितिमा कर्मचारीको PAN हुनु अनिवार्य गरिएको छ।
२)PAN न लिएको कर्मचारीलाई तलब/ज्याला भुक्तानी गरिएको भए त्यसलाई आयकर ऐन, २०५८ बमोजिम खर्च दाबी गर्न पाइँदैन।
३) बिना PAN को तलब/ज्याला खर्च दाबी गरेको पाइए कर छली गरेको भनी खर्च अमान्य गरी कर, जरिवाना र ब्याज असुली गरिन्छ।
४)श्रम ऐन अनुसार सबै तलब र ज्याला अनिवार्य रुपमा बैंक खाता मार्फत भुक्तानी गर्नु पर्दछ ।
५)आयकर ऐन अनुसार २५,००० भन्दा बढी तलब/ज्याला बैंक खाता मार्फत भुक्तानी गर्नु पर्दछ।
६) कर्मचारी पुष्टि गर्न पारिश्रमिकमा काम गर्ने निजको जिम्मेवारी के थियो, कम्पनीलाई के कस्तो योगदान गरेका थिए भन्ने कुरा देखिने नियुक्ति पत्र, हाजिरी रजिष्टर, रोजगार सम्झौता, पारिश्रमिक बुझेको भरपाई, बैंकमा जम्मा गरेको भौचर, कर्मचारी परिचयपत्र लगायत कागजात अनिवार्य हुनु पर्छ। यी सब न भएको अवस्थामा केवल पारिश्रमिक भुक्तानी गरे भन्दैमा तलब खर्च दाबी गर्न मिल्दैन। :राजस्व न्यायाधिकरणबाट भएको निर्णय
७) मानौँ १ लाख को तलब दाबी गरिएको छ जसको पान छैन भने २५% कर लाग्ने रहेछ भने करिब ६० हजार जति कर, ब्याज र जरिवाना तिर्नु पर्छ ।
#

23/09/2024

आय बिबरण दाखिला गर्ने म्याद सम्बन्धमा :
१) कारोबार रकम १ करोड सम्म- असोज मसान्त मात्र
२) कारोबार रकम २५ करोड सम्म - मंसिर मसान्त सम्म मात्र
३) कारोबार रकम २५ करोड भन्दा बढी -पौष २० गते सम्म मात्र

पौष २१ देखि नै Relief हुने भयो त ??

आय विवरण पेश गर्ने म्याद पुस मसान्त सम्म नहुने
23/09/2024

आय विवरण पेश गर्ने म्याद पुस मसान्त सम्म नहुने

19/07/2024

HS कोडबारे जानौँ।

ोड_के_हो❓️
➡️ मालवस्तुको साङ्केतिक नाम हो ।

(जस्तै: कुनै फर्म चिन्नका लागि ९ अङ्कको पान भएजस्तै, व्यक्ति चिन्नका लागि नागरिकता नम्बर भएजस्तै विश्व बजार/भन्सारले चिन्ने वस्तुको पहिचान नम्बर, वस्तु वर्गीकरण नम्बर)

#कुन_कुन_बिलमा_उल्लेख_गर्नु_पर्छ❓️
➡️आफुले खरिद गर्दा HS कोड छ भने बिक्री गर्दा पनि राख्ने। खरिदमा छैन भने नराख्ने।

(आयात गरी खरिद गर्दा भन्सार प्रज्ञापन पत्रमा अनिवार्य हुन्छ सो आयातित मालसामान बिक्री गर्दा बिक्री बिलमा उल्लेख गर्नै पर्यो। अनि स्थानीय खरिद बिलमा HS कोड पनि छ भने बिक्री गर्दा पनि राख्ने नत्र परेन)

जनहीतमा जारी:
15/07/2024

जनहीतमा जारी:

नया कर बिजकको ढाँचा
09/07/2024

नया कर बिजकको ढाँचा

व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने सम्बन्धमा सार्वजनिक सूचनाः
25/06/2024

व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने सम्बन्धमा सार्वजनिक सूचनाः

To Whom it May Concern.
09/02/2024

To Whom it May Concern.

Third Instalment.
13/07/2023

Third Instalment.

Address

Lahan

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when RCS & Associates - Chartered Accountants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share