DES Initiative - social entrepreneurship -Yaakah Enterprise

DES Initiative - social entrepreneurship -Yaakah Enterprise Yaakah Enterpreneur Trainers is a social enterprenuership providing consultancy, training, mentor services. Consumer goods - DES Popcorn and DES Candles
4.

It also promotes handicraft, artworks and organizes events putting social issues ahead of 'profit' Corporate Social Responsibility (CSR) is titled to aid an organization's mission as well as a guide to what the company stands for and will uphold to its consumers. While in Nepal the term is not widely used, there are indeed some business corporate houses that promote various social interests such

as sports and health. Specifically, except the Nanglo bakery, where speech and hearing impaired are employed, there are no other entrepreneurship that focuses on disability employment. Although the best approach for social development, business organizations still faces doubts and prejudice on mixing up business and social development which needs to be reduced with examples of entrepreneurs with serious understanding of moral development and social psychology theories. Yaakah Entrepreneur Trainers is an approach of Social Entrepreneurship (SE) that focuses and commits to fill the gap by starting on small scale....Yaakah Enterprise is solely dedicated to disability employment as well as working on skill trainings and employment service training to people with disability! Run by a SE with experience and involvement in disability rehabilitation, Yaakah Entrepreneur Trainers currently focuses on initiating disability employment services (DES) by providing employment opportunities for differently able in Lalitpur district. It has joined hands with MB Handicrafts and created a platform with a communal hall that helped exhibit various artworks, handicraft representing skills of differently able as well as supportive like-minded people. It hopes to expand its services to marginalized and economically backward people by investing, organising events, and by providing our consultancy services -professionally working for businesses and NGOs and others. Additionally, it has joined hands with MB Handicraft to motivate, facilitate and promote youth artists with disability. It has envisioned, materialized and is building onto entrepreneurial skills of youth with disability through Trio's Dream - a dream gallery - of three emerging artists. Believing "Small is Precious", Yaakah operates, mentors and maintains its scale from its social business that provides:
1. Consultancy services including proposal writing and research assistance to various business and NGOs
2. Design and printing services and sales of artworks
2. Special Souvenirs and Gift Items made by differently able youth
3. Wooden Handicraft goods made by person with physical disability
5. Trio's Dream - a gallery of 3 emerging artists with disability (Art works (Pencil, pen & ink, acrylic colors in canvas..)

मदन पुरस्कार २०८३ का लागि छनौटमा परेको उत्कृष्ट १० मधये "नेवार समुदायको परम्परागत मुकुन्डोनाच (ख्वाःप्याखँः)   पुस्तकको ...
31/07/2026

मदन पुरस्कार २०८३ का लागि छनौटमा परेको उत्कृष्ट १० मधये "नेवार समुदायको परम्परागत मुकुन्डोनाच (ख्वाःप्याखँः)
पुस्तकको महत्व ः

मानव जीवनमा वयस्क हुदैं गएपछि आफ्नो कूल, सामाजिक सभ्यता, संस्कृति र नृत्यकलाको उदगम र बिकासबारे जो कोही अभिरूची राख्दछन। तर हालसम्म यसबारे सिकाउने बुझाउने धर्मग्रन् बाहेक अधिकांश श्रुति परम्पराबाट चलेको पाइन्छ ।

नेपाली ईतिहासको गाथा तथ्यगत भन्दा किवंदन्ती र मिथकमा आधारित उक्त खालको पुस्ता हस्तान्तरणलाइ अबका भावी सन्ततिकालागि भने ऐतिहासिक घटनाक्रम प्रमाणहरुको कसीमा बाँधेर बैज्ञानिक समाज बिज्ञान र जिवित अननुभुतिहरुको दस्तावेजीकरण अभिलेखकै रुपमा दिने महान कार्य यात्रामा लेखकले आफ्नो ४० वर्ष लामो पेशागत अध्ययन अनुसन्धानलाइ ८३ वर्षमा आएर पहिलो पुस्तक नेपाली समाजकालागि अर्पण गर्नुभएको छ ।

बिश्वभर फैलिन थालेका नेपालीहरुको Diaspora को सन्दर्भमा भन्ने हो भने आप्रवासी भएपनि आफ्नो गौरवशाली नेपाली संस्कृतिलाइ आजका सन्ततिमा सानैदखि परिचित र जीवन्त राख्न तर्कयुक्त यस्ता नवीन 'स्वस्थानी' हरू अपरिहार्य भइसकेको छ ।
यसै कुराको एक उदाहरणका रूपमा ओमान निवासी एक परिवार देखिएका छन, सामाजिक सञ्जालमा तीनले लेखेका छन। :

"नेवार समुदायको संस्कृति, परम्परा र मौलिक पहिचान बुझ्न चाहने सबैका लागि यो पुस्तक अमूल्य संग्रह हो। "नेवार समुदायका परम्परागत मुखुण्डो नाच" ले हाम्रो सांस्कृतिक सम्पदालाई जगेर्ना गर्ने महत्त्वपूर्ण प्रयास गरेको छ। यस्ता कृतिहरू पढौं, संरक्षण गरौं र नयाँ पुस्तासम्म पुर्‍याऔं। 🙏📚🎭 "

- राजेश बज्राचार्य ने.सं ११४६, श्रावण १५

मदन पुरस्कारकालागि सूचीकृत पुस्तक नेवार समुदायका परम्परागत मुकुन्डोनाच -राजेश बज्राचार्य  "नेवार समुदायका परम्परागत मुकु...
22/07/2026

मदन पुरस्कारकालागि सूचीकृत पुस्तक नेवार समुदायका परम्परागत मुकुन्डोनाच -राजेश बज्राचार्य

"नेवार समुदायका परम्परागत मुकुन्डोनाच" (नेवाः समुदायया परम्परागत ख्वापाः प्याखँ) पुस्तक नेपाल पुलिस क्लवको सभाहलमा लेखिका वीणा जोशी राजभण्डारीज्युले आफ्नी एकसय वर्ष पुगेकी आमा गङ्गादेवी राजभण्डारी सहित १५ जना गुरुहरुको हातबाट विमोचन गर्नुभएको थियो । यो पुस्तक नेपालको उत्कृष्ट सर्जकहरुको सम्मानमा दिइने मदन पुरस्कार २०८३मा सूचीकृत गरिनाले सिंगो नेवाः सभ्यताको अभिलेखीकरणमा लाग्नेहरुकालागि समेत उत्साहको विषय बनेको छ।

यो पुस्तक केवल नेवाः समुदायको नाचहरुको पुस्तक मात्र नभई यो सिङ्गो नेवाः सभ्यताको चित्रण गर्ने विश्वकोष नै बन्न पुगेको संस्कृत शिरोमणी हरिराम जोशी लगायत धेरै ईतिहासविदहरुले चर्चा गरेका छन ।
यस पुस्तकमा बिभिन्न परम्परागत ख्वापाः नाचहरुको मात्र चर्चा वा विश्लेषण गरिएको छैन । यस पुस्तकमा कुनै पनि नृत्य शुरु गर्नु अगाडि पूजा गरिने नास द्यः तथा पूजाको बारेमा पनि बिस्तृत रुपमा लेखिएको छ । प्रत्येक नृत्यको पनि पूर्ण विवरण राखिएको छ ।
यसका साथै यस पुस्तकमा नेवाः संस्कृतिका रूपमा स्थापित नृत्यकलाको गहिरो अर्थात केहि गुह्य ज्ञानलाइ सजिलो रुपमा बुझाउन उपत्यकाको सामाजिक, राजनैतिक बिकासक्रम र इतिहासको कालखण्डहरुमा melting pot बनि मौलिक रुप लिएका साँस्कृतिक समाजका बिभिन्न आयामहरुमा समेत प्रकाश पारिएको छ । नेवाः सभ्यतामा केन्द्रित गरि यहाँको जन्मदेखि मृत्युसम्मका संस्कारहरुको चर्चाहरुमा छोराको विहेमा चाहिने छब्बीस परिकार तथा छोरीको विहेमा चाहिने उन्नाइस परिकारका वारेमा लेख्नुकासाथै बिभिन्न थरका नेवारहरुले भोजमा प्रस्तुत गर्ने परिकारका वारेमा समेत लेखिएको छ ।

मुकुन्डो नाचमा मुकुन्डो बनाउने बिधि, रङ्गाउने बिधि, गहना, कपडा सबैका बारेमा पनि लेखिएको छ । यस बाहेक मुकुन्डो नलगाइ नाचिने चर्या नृत्यको बारेमा पनि बिस्तृत रुपमा लेखिएको छ । अनुहारमा भएको कुन रङले कुन भाव देखाउँछ भन्ने, अनुहारमा देखिने भावभंगिमाका बारेमा र कुन गहनाले के बुझाउँछ भन्ने पनि बिस्तृत रुपमा लेखिएको छ ।

नृत्यमा प्रयोग हुने बाजा र बाजाका ताल तथा रागका वारेमा पनि बिस्तृत जानकारी दिइएको छ । नृत्यगर्दा प्रयोग गरिने हस्तमुद्राका वारेमा लेखिएको छ । भने नृत्यका समय पाइलाले जमिनमा टेकेर बनाइने आकृतिका वारेमा पनि लेखिएको छ ।

ईतिहास अध्ययेता (म त फोटो आर्कियोलोजिष्ट भन्न रुचाउँछु उहाँलाइ) Sunil Kumar Ulak ज्युकै शब्दमा ः
" समग्रमा यो पुस्तक नेवार संस्कृति र संस्कार प्रति रुचि राख्ने हरेकका लागि निकै महत्वपूर्ण रहेको छ । करिव १४०० पृष्ठको यो पुस्तकको मुल्य ७ हजार राखिएको छ । झट्ट सुन्दा यो रकम निकै महंगो लागे पनि यसमा लागेको मेहनत र यसमा भएको सामग्रीहरुले गर्दा यो रकम खासै महंगो भएको अनुभुति नै हुदैन । २०२६ सालमा पुस्तक लेख्ने सोच बनाउनु भएका वीणा दिदीले पुस्तक तैयार भएर हामी सामु प्रस्तुत गर्नु हुँदा करिव ६ दशक हुन लागेको थियो । वहाँले पुस्तककै लागि पनि ४ दशक लगाउनु भएको थियो । बिच बिचमा वहाँले पुस्तक छाप्ने मोह त्यागिसक्नु पनि भएको थियो ।

८० वर्ष कटिसक्नुभएका दिदीको मेहनत र पुस्तक विमोचनको समय नृत्य सहित गुरुवन्दना हेर्दा वहाँको उमेर त्यति पुगिसकेको भनेर कसैले पनि अनुमान नै गर्न सक्दैनथ्यो । वहाँ कार्यक्रम समयमावधीमा खाली खुट्टा मञ्चमा दर्शक दिर्घामा तथा मञ्च पछाडि तैयारीमा दौडिरहनु भएको दृश्यले वहाँ भर्खर जवानीको उमेरमा लागिरहनु भएको जोशजाँगर देखिन्थ्यो ।

अन्तमा वीणा दिदीलाई धेरै धेरै शुभकामना । यो पुस्तक बिक्रीका हिसावले कति बिक्री होला भन्न नसकिए पनि यो पुस्तकले राष्ट्रिय पुरस्कार भने अवश्य प्राप्त गर्नेछ । यतिको मेहनत गरेर पुस्तक अवका पुस्ताले तैयार गर्न सक्दैन । सानो सानो थेसिस तैयार गर्दा नै पहाड फोडे झै अनुमव सुनाउने नयाँ पुस्ताका लागि भने यो पुस्तक प्रेरणाको श्रोत मात्र होइन, विषयवस्तुका श्रोत पनि हुनेछ । यो एउटै पुस्तकले सय भन्दा बढी विद्यावारिधी गर्न पुग्ने सामग्री प्राप्त हुनेछ ।"

सुनिल सर लगायत थुप्रै संस्कृतिप्रेमीहरुकालागि यस कृतिको सम्मान भनेको नेपालमा रहेका अमूर्त संस्कृतिहरुको अध्ययन र दस्तावेजीकरणको महत्वलाइ बढावा दिंदै संस्कृतिभित्र बाच्ने मौलिक र दार्शनिक ज्ञानको पुस्तान्तरणमा प्रगतिशील कदम हुनेमा विश्वासकासाथ मदन पुरस्कार आयोजकमा साधुवाद नमन तथा आदरणीय लेखिका वीणा जोशी राजभण्डारीज्युलाइ शुभकामना ।

22/06/2026

https://app.filmora.io/ #/object/d8s8eelgd7mj6lqh3ov0?source=%7B%22product_id%22:%221901%22,%22product_page%22:%22share_url%22,%22product_version%22:%2215.5.3.19727%22%7D
Effort to consolidate the accumulated knowledge on our unique Newa: Culture, Youth and Potential Future ahead. The concept by Rajesh Bajracharya 'Nugah Sa:' is backed up with various AI tools including Glow, Wondershare....and the credit also goes to Pradip Khadgi and National Forum of Newa Journalists who recently organized refreshing capacity development workshop to use open AI sources to enhance storytelling and reporting.. Pls comment so that we could work better in days ahead.

".... सानो सानो थेसिस तैयार गर्दा नै पहाड फोडे झै अनुमव सुनाउने नयाँ पुस्ताका लागि भने यो पुस्तक प्रेरणाको श्रोत मात्र ह...
28/05/2026

".... सानो सानो थेसिस तैयार गर्दा नै पहाड फोडे झै अनुमव सुनाउने नयाँ पुस्ताका लागि भने यो पुस्तक प्रेरणाको श्रोत मात्र होइन, विषयवस्तुका श्रोत पनि हुनेछ । यो एउटै पुस्तकले सय भन्दा बढी विद्यावारिधी गर्न पुग्ने सामग्री प्राप्त हुनेछ ।"

यो भनाइ हालै बजारमा आएको 'नेवार समुदायका परम्परागत मुकुन्डोनाच'को लोकार्पणमा सहभागी हुनुभै यस पुस्तकको अध्ययनका क्रममा पोखरावासी ईतिहासविद सुनिल कुमार उलक सरले लेख्नुभएको review को एक अंश हो ।

उनै सुनिल सर अनि लेखिका आदरणीय नृत्यकलाविद वीणा जोशी (राजभण्डारी)ज्युसँग उहाँकै निवासमा उनको पुस्तकका विविध पक्ष र संस्कृति, सभ्यता सम्बन्धित ईतिहास खोजी तथा अध्ययनको महत्वबारे सत्संग गर्ने सुअवसर जुर्यो ।

साथमा संस्कृति बिटको रिपोर्टिङ्गमा चर्चित संवाददाता एवं ठेचो नवदुर्गा भवानी देवी गुथिका पूर्व अध्यक्ष प्रशान्त मालीज्यु र अर्थपूर्ण अन्तरक्रियाका संवाद Documentation कार्यमा साथ दिने culture photographyमा स्थापित कृतन मंगल जोशीसँगको सामूहिक तस्वीर - 'अनुहार पुस्तिका'को स्मृतिकालागि ।
संस्कृति सम्पदाको बढ्दो सचेतनासँगै सो सम्बन्धित किवंदन्ती, आस्था र इतिहासको तुलनात्मक अध्ययनमा युवापुस्ता आकर्षित भइरहे मात्र सभ्यताले नयाँ आयाम सहित निरन्तरता पाउने निस्कर्ष मनमा लिंदै 'नेवा समुदायको परम्परागत मकुन्डोनाच' (नृत्य संस्कृति) पुस्तको थप महत्वबोध गराइदिनु भएकोमा सबैमा साधुवाद ।

नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई खरिद र थप सम्मानित तुल्याउँदै घरमै मगाउनु भएका नेपाल हस्तकला महासंघका पूर...
21/05/2026

नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई खरिद र थप सम्मानित तुल्याउँदै घरमै मगाउनु भएका नेपाल हस्तकला महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष Sanam Deepa Shakya ज्युलाई धन्यवाद छ ।
स्मरणीय छ, बौद्ध विद्वान स्व. धर्मरत्न शाक्य 'त्रिशुली"का उहाँ आफ्नै भान्जा हुनुन्छ । त्यसमाथि पनि रमाइलो प्रसंग भनेको यस पुस्ततको ४थौं खण्डलाइ लेखिकाले उनै स्व. धर्मरत्न शाक्य 'त्रिशुली' प्रति पनि समर्पित गरिएको उल्लेख छ । यहाँहरुलाई यस पुस्तक चाहिएमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ । लेखिकासँग सम्भावित भेटघाट तथा पुस्तकलाई यहाँकै घरदैलामा पुर्याउने सुविधाको समन्वय गर्न सक्छौं ।

यसै सन्दर्भमा नेपालको ऐतिहासिकता, जनजीवन, संस्कृति लगायतका विषयलाई आफ्नो व्यवसायिक फोटोग्राफी मार्फत भिन्टेज नेपाललाई आजको युवासम्म तथ्य, कथ्य र सत्यका संकलित प्रमाणश्रोतका आधारमा बोल्ने बैज्ञानिक अनुसन्धानकर्ता, पोखराका संस्कृतिकर्मी Sunil Kumar Ulak ज्यूको केहि अंश यहाँ प्रस्तुत छः

"समग्रमा यो पुस्तक नेवार संस्कृति र संस्कार प्रति रुचि राख्ने हरेकका लागि निकै महत्वपूर्ण रहेको छ । करिव १४०० पृष्ठको यो पुस्तकको मुल्य ७ हजार राखिएको छ । झट्ट सुन्दा यो रकम निकै महंगो लागे पनि यसमा लागेको मेहनत र यसमा भएको सामग्रीहरुले गर्दा यो रकम खासै महंगो भएको अनुभुति नै हुदैन । २०२६ सालमा पुस्तक लेख्ने सोच बनाउनु भएका वीणा दिदीले पुस्तक तैयार भएर हामी सामु प्रस्तुत गर्नु हुँदा करिव ६ दशक हुन लागेको थियो । वहाँले पुस्तककै लागि पनि ४ दशक लगाउनु भएको थियो । बिच बिचमा वहाँले पुस्तक छाप्ने मोह त्यागिसक्नु पनि भएको थियो । .... यो पुस्तक बिक्रीका हिसावले कति बिक्री होला भन्न नसकिए पनि यो पुस्तकले राष्ट्रिय पुरस्कार भने अवश्य प्राप्त गर्नेछ । यतिको मेहनत गरेर पुस्तक अवका पुस्ताले तैयार गर्न सक्दैन । सानो सानो थेसिस तैयार गर्दा नै पहाड फोडे झै अनुमव सुनाउने नयाँ पुस्ताका लागि भने यो पुस्तक प्रेरणाको श्रोत मात्र होइन, विषयवस्तुका श्रोत पनि हुनेछ । यो एउटै पुस्तकले सय भन्दा बढी विद्यावारिधी गर्न पुग्ने सामग्री प्राप्त हुनेछ ।"

Address

Imadol
Lalitpur
977

Website

Alerts

Be the first to know and let us send you an email when DES Initiative - social entrepreneurship -Yaakah Enterprise posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DES Initiative - social entrepreneurship -Yaakah Enterprise:

Shortcuts

Share