Jyotish Paramarsa Sewa

Jyotish Paramarsa Sewa ज्योतिश परामर्शको लागी सम्झनु होला । Remember us for Astrological consultancy. 9841763559.

To become an Astrologer is the hardest thing to become in life not because Astrological calculation or subject is very hard to learn and to understand ---------------but---------- to become an Astrologer means to accept that the life is not in your hand not by believing in it but by understanding it. Previously i used to think that Astrology is a fiction and fake but now Astrology looks so real an

d true that our life looks fiction and fake to me. Astrology is a subject that teaches you the movements of the planets, stars, moon etc. Just by studying the movement of that and understanding it's effect upon us, you realize that everything changes with the change in their movement etc.

21/03/2026
द​स दिसाका देव​ताह​रु।
03/12/2025

द​स दिसाका देव​ताह​रु।

09/09/2025

सोर​ श्राद्ध​ सुरु । पितृ पक्ष सुरु। य​हि २०८२ भाद्र २३ गतेदेखि
आश्विन ५ ग​ते स​म्म​ पितृ पक्ष हुने छ।

Jyotish Paramarsa Sewa
20/08/2025

Jyotish Paramarsa Sewa

न​व​ग्र​ह​ शान्ति म​न्त्र​ह​रु I
18/08/2025

न​व​ग्र​ह​ शान्ति म​न्त्र​ह​रु I

रामायण र तिहार पर्व । काग तिहारको दिनमा धेरै कागहरुले का-का गरिरहे जसको कारण पुरै अयोध्या राज्य त्रसित हुन पुग्यो र सुरक...
14/11/2023

रामायण र तिहार पर्व । काग तिहारको दिनमा धेरै कागहरुले का-का गरिरहे जसको कारण पुरै अयोध्या राज्य त्रसित हुन पुग्यो र सुरक्षाको लागी सैनिक प्रबंधन आदि गर्न ठाल्यो । कुकुर तिहारको दिनमा धेरै कुकुरहरुले रुन, भुक्न, कराउन थाले जसको कारण अयोध्या बासीहरुलाई लाग्यो कि कतै रावणले रामलाई मारिसक्यो, अब रावणले फेरी अयोध्यामा हमला गर्नेवाला छ । साथसाथै यो पनि सोच्यो कि रामले रावणलाई मारी सक्यो अब रामले फेरि भारतसँग बदला लिनको लागि ठूलो वानर सेना लिएर अयोध्यामा हमला गर्नेवाला छ । लक्ष्मीपूजाको दिनमा सबै नगरवासीले सीतारामको स्वागत गर्न गोबर ले लिपे, गाइको घिउको बत्ती बाले । साँझको समयमा सीतारामलाई देखे र सबै सितारामको समर्थनमा जय जयकार गर्न थाले । दुख पाएको सीताको विशेष पूजा भयो । गोरु (साढे) पूजाको दिनमा रामले आफ्नो बुवा दसरथको बियोगमा गोरुलाई आफ्नो बुवा मानेर पुजे । यसै दिन श्री रामलाई पुनर अयोध्याको राजाको रुपमा नियुक्त गरियो । भाई टिकाको दिनमा (कार्तिक शुक्ल प्रतिपदा) श्रीरामका दिदि, अङ्ग राज्यको महारानी शान्ताले श्रीरामको विशेष पुजा गरी भाइ टिका गर्नु भयो र मुरीमुरी आशीर्वाद र आशिष दिनुभयो ।
सीतारामको अ योद्द्यामा आगमन । शान्ता र श्री रामको भाइटिका हुँदै ।

नेपाल सम्बत ११४४ र रामायण । आज नेवारहरूको नयाँ वर्ष सुरु र रामराज्य सुरु भएको दिन । आजकै दिन कार्तिक शुक्ल प्रतिपदामा श्री रामचंद्र चौध वर्षको वनवास पछि पुन अयोध्याको राजा भए । आश्विन शुक्ल दशमीमा रावण माथि रामको पूर्णरूपले विजय भएपछि २१ दिन लगाएर कार्तिक कृष्ण औँसी लक्ष्मीपूजा सीता पुजाको राती तिर अयोध्या पुग्नुभयो । यही दिन पुगेको कारणले गर्दा सबैले सियारामलाई स्वागत गर्न आफ्नो घरमा बत्तीहरू बाले किनकि त्यो औशीको अध्यारो राति थियो । त्यसको ठिक भोलिपल्ट अर्थात् कार्तिक शुक्ल प्रतिपदाको दिनमा भरतले अयोध्याको श्रीपेज श्रीरामचन्द्रलाई लगाइदिए र यसरी रामराज्य पुन सुरुभयो । टिप्पनी: नेपाल राज्यमा शाषन गर्ने आभिर वंश, लिच्छवी वंश, मल्ल वंशहरु सबै श्रीरामका वंशजहरु थिए । त्यही भएर यी वंश कालमा कार्तिक शुक्ल प्रतिपदाको ठुलो महत्व थियो किनकी यो रामराज्यको सुरुवात थियो । शाहवंश आदि चन्द्र बंश सुरु भएपछि यसको महत्व घट्दै गएको देखिन्छ ।

किन लक्ष्मीपूजा विजयादशमीको २१ दिनमा हुन्छ ? किनकि आमा सीतालाई लंकाबाट अयोध्यापुरी पुग्नलाई २१ दिन लागेको थियो । सीता लक्ष्मीकै अवतार थिइन् । श्री रामचन्द्रले विजयादशमीको दिनमा रावण मारेर भोलिपल्ट देखि श्री सिताराम लंकाबाट अयोध्या तर्फ फर्के । जसको लागि उनिहरुलाई २१ दिन लाज्ञो । हाल लंका देखि अयोध्याको दुरी लगभग ३१३२.६ किलोमिटर छ जसलाई हिँड्यो भने हामीलाई ४९२ घण्टा लाग्छ जुन २०.५ दिन हो । आमा सीता साझ पर्ने बेला पुगेकोले २०.५ दिन भएको हो । त्यै भएर लक्ष्मीलाई साँझको समयमा स्वागत गरी लक्ष्मीपूजा रात्रीको समयमा गर्दछौं । टिप्पनी: दिनको समयमा सीताराम हिँडेर आउनुभयो भने रातिको समयमा वानर सेनाहरुले उहाँहरुलाई बोकेर अयोध्यापुरी ल्याउनुभयो ।

भाइटिका कहिले गर्ने ? नेवारहरुले भाइटिका कहिले गर्ने ? मेरो बिचारमा । भाइटिका गर्नलाई द्वितीया तिथि चाहिन्छ र नेवारहरुले...
12/11/2023

भाइटिका कहिले गर्ने ? नेवारहरुले भाइटिका कहिले गर्ने ? मेरो बिचारमा । भाइटिका गर्नलाई द्वितीया तिथि चाहिन्छ र नेवारहरुले सक्दो रात्री गर्ने गर्छन्। द्वितीया तिथि कार्तिक २८ गते मंगलबार १४:३८ देखी २९ गते बुधवार १४:०५ सम्म छ । प्राय नेवार जातीहरुले आफ्नो भाइटीका रात्रीको समयमा गर्ने गरेको हुनाले कार्तिक २८ गते मंगलबार सुर्य अस्त पछी गर्नु पर्ने देखिन्छ र कार्तिक २९ गते बुधवार गर्नु परेमा दिउसो १४:०५ भित्र सकाइहाल्नु पर्ने देखिन्छ । कार्तिक २९ गते बुधवार १४:०५ भित्र सकाइहाल्नु नेवारहरुलाई मात्र होईन कि नेपालको सबैलाई यो कुरा लागु हुन्छ ।

म्ह पुजा कहिले गर्ने ? मेरो बिचारमा ।  नेवारहरुलाई विशेष सूचना । म्ह पुजा गर्नलाई प्रतिपदा तिथि चाहिन्छ र सक्दो रात्री ह...
10/11/2023

म्ह पुजा कहिले गर्ने ? मेरो बिचारमा । नेवारहरुलाई विशेष सूचना । म्ह पुजा गर्नलाई प्रतिपदा तिथि चाहिन्छ र सक्दो रात्री हुनु पर्छ । प्रतिपदा तिथि २७ सोमबार १४:४१ देखी २८ मंगलबार १४:३८ सम्म छ । त्यसैले मेरो बिचारमा म्ह पुजा २७ सोमबार राती गर्नु छ । पञ्चाङ्ग पात्रो आदिमा म्ह पुजा २८ गते मंगलबार लेखिएको छ तर त्यो तब मात्र मिल्छ यही हामीले म्ह पुजा २८ गते मंगलबारको दिउसोको १४:३८ भित्र गरे मात्र मिल्छ , त्यो पछी गर्ने हो भने मिल्दैन। प्रतिपदा तिथि पहिलो तिथी हो त्यसैले यस्लाई नयाँ जीवनको रुपमा लिइन्छ र नयाँ जीवन रुपी शरिरलाई पुजिन्छ ।

CHANDRA GRAHAN.  आज १६ः१९ देखि ग्र​ह​ण​को सुत​क भ​य​कोले स​क्नेले १६ः१९ देखि नै बाध्नु होला।
28/10/2023

CHANDRA GRAHAN. आज १६ः१९ देखि ग्र​ह​ण​को सुत​क भ​य​कोले स​क्नेले १६ः१९ देखि नै बाध्नु होला।

Address

Patan Durbar Square
Lalitpur
977

Telephone

+9779841763559

Website

Alerts

Be the first to know and let us send you an email when Jyotish Paramarsa Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jyotish Paramarsa Sewa:

Share