31/10/2024
लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना !
आज लक्ष्मी पुजाको पुण्य तिथि, माता लक्ष्मीको स्वागतका लागि साँझ विभिन्न रङ्गहरु प्रयोगगर्दै आँगनीमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने र रंगीबिरंगी बत्ति बाल्ने चलन छ । अर्कोतर्फ आजको राती लक्ष्मी भगवान पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसैकारणले आज घर अगाडीको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाईलारुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरुमा लगिन्छ, यीनै पाईलाका छाप अनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश पनि छ। बत्तिहरु हामी सबैको जीवनको आशाको बत्ति कहिल्यै ननिभोस्, अनि यो उल्लास वर्षभरि कायम रहोस् । रङ्गोलीका उमगंहरु हाम्रो आँगनीमा सगौरव रहिरहोस्।
लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना ।