14/04/2026
नयाँ वर्ष २०८३ सालको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण
नेपाली दाजुभाइ, दिदीबहिनी, बुवाआमा, इष्टमित्र तथा शुभेच्छुकहरूमा हार्दिक
मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
यस नयाँ वर्षले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गर्दछु। साथै, आपसी सद्भाव, एकता र सहकार्य
अझ मजबुत हुँदै राष्ट्र निर्माणमा सबैको सक्रिय सहभागिता रहोस् भन्ने अपेक्षा गर्दछु।
नयाँ वर्ष २०८३ ले नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा सहित जीवनलाई थप उज्यालो बनाओस्।
नयाँ वर्षको हार्दिक शुभकामना!