Anirudra Business & Tax Consultancy

Anirudra Business & Tax Consultancy We help our clients save money by making wise financial decisions about tax-related issues and fulf

आर्थिक विधेयक, २०८३ मा समेटिएका छुट तथा सुविधाहरु - सारंशमा
31/05/2026

आर्थिक विधेयक, २०८३ मा समेटिएका छुट तथा सुविधाहरु - सारंशमा


📢 करदाताका लागि सुनौलो अवसर!आर्थिक विधेयक, २०८३ द्वारा ब्याज, शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहाको विशेष व्यवस्थानेपाल ...
31/05/2026

📢 करदाताका लागि सुनौलो अवसर!
आर्थिक विधेयक, २०८३ द्वारा ब्याज, शुल्क, थप दस्तुर तथा जरिवाना मिनाहाको विशेष व्यवस्था
नेपाल सरकारले आर्थिक विधेयक, २०८३ मार्फत करदाताहरूलाई बक्यौता कर तथा अन्तःशुल्क दायित्व फर्छ्योट गर्न विशेष छुटको व्यवस्था गरेको छ।
✅ विवरण पेश गरिसकेका तर कर तथा अन्तःशुल्क बक्यौता रहेका करदाताका लागि
मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ तथा अन्तःशुल्क ऐन, २०५८ बमोजिम विवरण पेश गरिसकेका तर २०८३ साल जेठ १५ गतेसम्म बक्यौता रहेको कर तथा अन्तःशुल्क रकम र सोको १% थप रकम २०८३ साल पुष मसान्तभित्र बुझाएमा सो रकममा लागेका ब्याज, शुल्क, थप दस्तुर, जरिवाना तथा विलम्ब शुल्क पूर्ण रूपमा मिनाहा हुनेछ।
✅ कर निर्धारणबाट सिर्जित बक्यौता दायित्व भएका करदाताका लागि
आन्तरिक राजस्व विभाग वा मातहतका कार्यालयबाट २०८३ साल जेठ १५ गतेसम्म कर निर्धारण वा संशोधित कर निर्धारण भई दायित्व सिर्जना भएको अवस्थामा, निर्धारण भएको कर तथा अन्तःशुल्क रकम र सोको १% थप रकम २०८३ साल पुष मसान्तभित्र बुझाएमा सोमा लागेका शुल्क, थप दस्तुर, जरिवाना, ब्याज तथा विलम्ब शुल्क मिनाहा हुनेछ।
⚠️ ध्यान दिनुहोस्
दूरसञ्चार सेवा प्रदान गर्ने व्यवसायमा संलग्न करदाताले भने यो सुविधाको लाभ लिन पाउने छैनन्।
⏳ समयमै लाभ लिनुहोस्
वर्षौंदेखिको कर बक्यौता, ब्याज र जरिवानाको भारबाट मुक्त हुने यो विशेष अवसर सीमित अवधिका लागि मात्र उपलब्ध छ। आर्थिक विधेयक, २०८३ ले प्रदान गरेको यस सुविधाको अधिकतम लाभ लिन समयमै आवश्यक प्रक्रिया पूरा गर्नुहोस्।
📞 जानकारी तथा परामर्शका लागि सम्पर्क गर्नुहोस्:

30/05/2026

P to P Transcation (Person to Person) सम्बन्धी नयाँ व्यवस्था :

सरकारले अब एक व्यक्तिबाट अर्को व्यक्तिको बैंक वा डिजिटल वालेट खातामा हुने रकम ट्रान्सफरलाई नियमन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘पियर टु पियर’ (पीटुपी) लेनदेनलाई व्यवस्थित र नियमनसहित सञ्चालन गरिने घोषणा गरेका हुन् । यसअन्तर्गत सरकारले व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागु गर्नेछ ।

यो प्रणालीमार्फत व्यक्तिको आर्थिक कारोबार, ऋण भुक्तानीको अवस्था र वित्तीय व्यवहारका आधारमा उसको वित्तीय विश्वसनीयता मूल्यांकन गरिनेछ ।

सरकारले यस्तो व्यवस्था लागु भएपछि व्यक्तिबीच हुने डिजिटल कारोबार अझ सुरक्षित, पारदर्शी र व्यवस्थित हुने अपेक्षा गरेको छ । पछिल्लो समय मोबाइल बैंकिङ र डिजिटल वालेटमार्फत व्यक्तिबीच रकम पठाउने प्रचलन बढ्दै गएपछि सरकारले त्यसलाई नियमनको दायरामा ल्याउन लागेको जनाएको छ ।

Major Income Tax Changes – Budget Highlights✅ Revised Income Tax Slabs(Couple concept removed)• Up to NPR 10 Lakhs – 1% ...
30/05/2026

Major Income Tax Changes – Budget Highlights

✅ Revised Income Tax Slabs

(Couple concept removed)

• Up to NPR 10 Lakhs – 1% (except SSF contributors)
• NPR 10–15 Lakhs – 10%
• NPR 15–25 Lakhs – 20%
• NPR 25–40 Lakhs – 27%
• Above NPR 40 Lakhs – 29%

✅ Other Key Income Tax Reforms

• Donation deduction to exempt entities increased up to NPR 3 Lakhs.

• Cash expense payment limit reduced to NPR 25,000.

• No transfer pricing documentation required for taxpayers adopting the Safe Harbour Rule.

• Section 57 Relief: Change in control due to death or change in holding entity will not trigger Section 57 implications.

• Banks and Financial Institutions impacted due to the removal of Section 47(ka).

• Tax authorities may require specific billing systems beyond CBS integration.

• No TDS on retirement fund payments, resolving ambiguity relating to contributory and non-contributory funds.

📈 Capital Gains Tax (CGT)

🔹 Shares

• Holding Period > 365 Days → 7.5%
• Holding Period < 365 Days → 10%
(Final Tax)

🔹 Land & Buildings

• Holding Period > 5 Years → 7.5%
• Holding Period < 5 Years → 10%
• Government Compulsory Acquisition → 2.5%

🚕 Ride-Sharing Businesses

• VAT: 5%
• TDS: 1%

🧾 Audit Assessment

• Full audit assessment period reduced from previous provisions to 3 years only.

PAN तथा VAT विवरण नबुझाएकाहरूका लागि भारी छुट कम्पनी नवीकरण नगरेकालाई पनि राहत२०८३ असोज मसान्तभित्र: ✔ विवरण तथा शुल्क ब...
29/05/2026

PAN तथा VAT विवरण नबुझाएकाहरूका लागि भारी छुट कम्पनी नवीकरण नगरेकालाई पनि राहत
२०८३ असोज मसान्तभित्र: ✔ विवरण तथा शुल्क बुझाएमा
VAT विवरण नबुझाएकाहरूका लागि सुनौलो अवसर
विगतमा VAT विवरण नबुझाएका व्यवसायीले: ✔ VAT विवरण बुझाई
✔ कर तथा १% थप रकम तिरेमा
➡️ सम्पूर्ण:
ब्याज
थप दस्तुर
जरिवाना
पूर्ण रूपमा मिनाहा हुने।कम्पनी नवीकरण नगरेकालाई पनि राहत
२०८३ असोज मसान्तभित्र: ✔ विवरण तथा शुल्क बुझाएमा
➡️ जरिवाना मिनाहा।
✔ सञ्चालन नभएका कम्पनीले
➡️ खारेजी आवेदन दिन सक्ने।

24/05/2026

करचुक्ता प्रमाणपत्र लिन आउँदा पेश गर्नुपर्ने कागजातहरु :

1. कर चुक्ताको निवेदन

2. सम्बन्धित आ.व.को अडिट रिपोर्टको

3. सम्बन्धित आ.व.को आय विवरणको प्रिन्ट

4. आयकर, मू.अ.कर तिरेको राजस्व दाखिला भौचरको प्रिन्ट

5. टि.डि.एस. तिरेको भौचरहरु र अनिवार्य इटिडिएस गरेको हुनुपर्ने

6. घर भाडा कर वडामा तिरेको छ भने वडामा कर तिरेको भौचर

7. कर गणना समेत गणना भएको Salary Sheet

8. वार्षिक खर्च भुक्तानीमा गरेको टि.डि.एस. र सो राजस्व दाखिला गरेको विवरण सहितको TDS Summery Sheet

9. आधिकारिक व्यक्ति उपस्थित नभएको अवस्थामा अख्तियारनामा संलग्न गरी अख्तियार प्राप्त व्यक्ति उपस्थित हुने

10. गत विगत आ.व. को कर चुक्ता नलिएको भएमा उक्त सम्बन्धित आ.व. हरुको आय विवरण, अडिट रिपोर्ट, राजस्व दाखिला भौचरहरु लगायतका सम्पूर्ण कागजातहरु

अब दर्ताका लागि कर कार्यालय धाईरहनु नपर्ने ।
19/05/2026

अब दर्ताका लागि कर कार्यालय धाईरहनु नपर्ने ।

संचालक शेयरधनीको सनाखत- Verification for User ID Pwd & खारेजी को काम स्थानीय वडाले पनि गर्न पाउने l
08/04/2026

संचालक शेयरधनीको सनाखत- Verification for User ID Pwd & खारेजी को काम स्थानीय वडाले पनि गर्न पाउने l

आदरणीय करदाताहरुमा आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको अनुरोध।
06/04/2026

आदरणीय करदाताहरुमा आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको अनुरोध।

पूर्ण कर परीक्षण पूर्ण रुपमा भईरहेकोछ।
06/12/2025

पूर्ण कर परीक्षण पूर्ण रुपमा भईरहेकोछ।

Address

Mahendra Highway
Mahendranagar

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 15:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Anirudra Business & Tax Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share