Basudev Bokati and Associates

Basudev Bokati and Associates Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Basudev Bokati and Associates, Consulting Agency, Mahendranagar.

18/07/2026

आ.व. २०८३/८४ मा ध्यान दिनु पर्ने महत्वपूर्ण कुराहरू :–

१। ज्याला र तलब पाउने सबै कर्मचारीहरूको PAN नं. अनिवार्यत: हुनुपर्नें।

२। प्रति व्यक्ति मासिक रु. २५,०००।०० भन्दा बढीको पारिश्रमिक रकम बैंक मार्फत भुक्तानी गर्नुपर्नें।

३। मालसामान बिक्री गर्दा प्रत्येकको अनिवार्यत: VCTS गर्नुपर्नें।

४। भ्याट रजिस्टरहरू आफैले प्रमाणित गर्नुपर्नें।

५। अन्त: शुल्कमा दर्ता भएका करदाताहरूले अन्त: शुल्क रजिस्टरहरू आ.रा. कार्यालयबाट प्रमाणित गराउनुपर्नें।

६। बिलहरूमा HS Code को महत्त्व हुनुपर्नें र बिक्री बिजक १ नम्बरबाट शुरू गर्नें।

७। बिक्री, खरिद तथा अन्त: शुल्क खातामा दैनिक कारोबार अनुसार प्रविष्टि गर्नुपर्नें।

८। व्यवसायिक कारोबार वापत प्राप्त नगद, चेक, QR Code तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने।

९। बिल बुकहरू Prenumbered भएको प्रयोग गर्नुपर्नें। Numbering मा करेक्सन, दोहोरो, इत्यादि जस्ता issue हरू नहुनुपर्नें।

१०। वस्तुको कारोबारमा मू.अ. कर दर्ता प्रयोजनको लागि Threshold Limit रु ५० लाख हो तथा सेवा वा वस्तु र सेवा को मिश्रित कारोबारमा मू.अ. कर दर्ता प्रयोजनको लागि Threshold Limit रु ३० लाख।

११। दस करोडभन्दा बढी कारोबार गर्नेले विद्युतीय बिजक जारी गरी केन्द्रीय बिजक अनुगमन प्रणाली (CBMS) मा आबद्ध हुनुपर्नें।

१२। रु. २५,०००।०० रुपैयाँभन्दा बढीको नगद भुक्तानी गर्न नपाइने।

१३। शाखा वा गोदाम प्रमाणित नगरी कारोबार गर्दा हरेक पटक १० हजार जरिवाना लाग्ने व्यवस्था गरिएको छ।

१४। आफ्नो Taxpayer Login को KYT Update गर्नुपर्नें।

१५। स्थायी लेखा नम्बर उल्लेख नभएको २ हजार भन्दा बढीको बिजक बापतको खर्च कट्टी गर्न नपाइने।

१६। वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (MRP) उल्लेख गर्नें।

१७। VAT तथा TDS विवरणहरू महिना सकेको २५ गते भित्र फाइल गर्नें।

Address

Mahendranagar

Opening Hours

Wednesday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00

Telephone

+9779846890985

Website

Alerts

Be the first to know and let us send you an email when Basudev Bokati and Associates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Basudev Bokati and Associates:

Shortcuts

Share