09/11/2025
चितवन उद्योग वाणिज्य संघ व्यवसायीको हित, सुरक्षा र अधिकारको लागि बनेको संस्था हो।
वर्षभरि पूँजी लगाएर बसेका स्थायी व्यवसायीको हकहित जोगाउने यसको जिम्मा हो।
तर आज संघ
✅ वास्तविक समस्या सुन्दैन
✅ कर, निरीक्षण, बैंकिङ दबाब जस्ता मुद्दामा मौन छ
✅ बजारको अन्यायपूर्ण प्रतिस्पर्धाबाट व्यवसायीलाई बचाउन सक्दैन
✅ स्थानीय शुल्क र झन्झटमा कुनै आवाज उठाउँदैन
संघको क्रियाकलाप
👉 चुनाव आउँदा मात्र सक्रिय
👉 मेला–महोत्सवमै सीमित
👉 अस्थायी ‘दलाल ’ लाई सहज बनाउने
👉 स्थायी व्यवसायीको व्यापारमा प्रत्यक्ष क्षति पुर्याउने
जस्ता व्यवहारमा देखिन्छ।
वर्षभरि भाडा, गोदाम, कर्मचारी, जोखिम सबै उठाउने व्यवसायीको अधिकार संरक्षण गर्न बनेको संस्था
आज उही व्यवसायीको हितविपरीत बगिरहेको छ।
त्यसैले आज चितवनका व्यवसायीहरूको एक मात्र आवाज:
✅ “उद्योग वाणिज्य संघ चितवन – BOYCOTT”
BOYCOTTकुनै व्यक्तिवाद होइन—
✅ सुधार
✅ पारदर्शिता
✅ जवाफदेहिता
✅ न्यायपूर्ण व्यापार
✅ स्थायी व्यवसायीको सम्मान
यो पाँच आधारको अभियान हो।