05/05/2020

– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
१. पोशाक : मास्क, पंजा, चस्मा, विन्ड चिटर, ट्राउजर, ह्याण्ड स्यानिटाइजर, साबुनपानीले धुन मिल्ने सेन्थेटिक जुत्ता |
२. बाटोमा : मान्छेलाई साइड दिने, ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने सतर्कता र धैर्यता |
३. काम गर्ने ठाउँमा : साबुनपानी, ह्याण्ड स्यानिटाइजर, ६ फिटको दुरीमा बस्ने, काम गर्ने ठाउँ र प्रणाली |
४. व्यक्तिगत अभ्यास : खोक्दा, हाच्छ्युं गर्दा, बोल्दा अरु मान्छेअघिं नगर्ने | आफ्नो कुहिनामा, मान्छे नभएको साइडतिर फर्केर, टिस्यु पेपर वा रुमाल प्रयोग गरेर मात्र हाच्छ्युं गर्ने / खोक्ने | त्यसपछि टिस्यु पेपर, मास्क सुरक्षित डिस्पोज गर्ने | कपडाको रुमाल प्रयोग गरेको भए साबुनपानीले धोएर सफा गर्ने | मास्क तथा अनुहारमा हात नलग्ने | सेवाग्राहीसंग दुरी कायम गर्ने | सेवाग्राहीलाई दुरी कायम गर्ने चित्रसहितको पोष्टर टाँस्ने, साबुनपानी / स्यानिटाइजरको ब्यबस्था गर्ने |
५. भिडभाड : आफु पनि भीडमा नजाने, आफ्नो कारणले भीड नगराउने |
६. किनमेल : सपिंग कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, तरकारी बजारबाट सामान नकिन्ने | घर नजिकको पसलबाट सामान किन्ने वा अनलाइन अर्डर गर्ने | किनमेल गर्दा व्यक्तिगत दुरीको ख्याल गर्ने |
७. अस्पताल : सानोतिनो समस्यामा अस्पताल नजाने, गाह्रो भएमा जहाँ भीड हुँदैन, त्यहाँ जाने | व्यक्तिगत दुरी कायम गर्ने, मास्क / चस्मा लगाउने |
८. सार्वजनिक यातायात : सकभर छोंटो दुरीको लागि बस नचढ्ने | लामो दुरी भएमा मास्क, चस्मा, पंजा लगाएर तथा व्यक्तिगत दुरी कायम गरेर मात्र बस चढ्ने | सार्वजनिक यातायातका साधनलाई नियमित संक्रमणरहित बनाउने / त्यसको अनुगमन गर्ने काम ट्राफिक प्रहरीले गर्ने |
९. औषधि तथा खाधान्न : न्युनतम १ महिनाको स्टक राख्ने | प्राथमिक उपचारका साधन / औषधि अलिअलि भएपनि घरमा राख्ने |
१०. मानसिक तयारी : कोरोना संक्रमण विश्वव्यापी भएकोले हाम्रो देश / स्थानमा पनि महामारी फैलिन सक्छ, आफुलाई पनि सर्न सक्छ, कोरोना नियन्त्रण हुन १-२ बर्ष लाग्न सक्छ, कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन, यसको मृत्युदर ३ % मात्र छ ..लगायत तथ्य मनन गर्ने र कोरोना भाइरससंगै बाँच्ने मानसिक तयारी गर्ने |
११. सहि सूचना : आफ्नो स्वार्थको लागि सनसनीपूर्ण तथा भ्रमात्मक समाचार पस्किने समचार नहेर्ने / नसुन्ने | असम्बन्धित क्षेत्रको व्यक्तिको कुरा विश्वास नगर्